प्रमुख समाचार

प्रविधिमा समस्या देखिएपछि बजारबाट करीब ५ लाख थान ईभी फिर्ता ल्याउने तयारीमा टेस्ला

सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकले प्रविधिमा गडवडि रहेको गुनासो आएपछि विद्युतीय कार(ईभी) हरु बजारबाट फिर्ता ल्याउने तयारी गरिरहेको छ । कम्पनी अमेरिकी बजारबाट ४ लाख ७५ हजार थान इभी फिर्ता ल्याउने तयारीमा रहेको छ। कम्पनीले २०१७–२०२० मोडल ३ टेस्लाको ३ लाख ५६ हजार ३०९ थान कार बजारबाट फिर्ता ल्याउने तयारी गरेको छ । ती कारको रियर–भ्यू क्यामरामा गडबडिको आशंका गरिएको छ। कम्पनीले त्यस्तै समस्या आएपछि सन् २०१४ देखि २०२१ बीच बनेका मोडल एसका… पुरा पढौ

कोलोराडोमा डढेलोका कारण सयौं घरहरू प्रभावित

अमेरिकी राज्य कोलाराडोमा तीव्र गतिमा फैलिइरहेको डढेलोले सयौं घरहरू ध्वस्त पारेको स्थानीय अधिकारीले बताएका छन् । स्थानीय प्रशासनका अनुसार डढेलोका कारण कम्तीमा ३३ हजार व्यक्तिलाई उनीहरूको घर खाली गरी सुरक्षित स्थलतर्फ लगिएको छ लामो समयसम्मको खडेरीले गर्दा सुख्खा बनेको जङ्गली तथा घाँसे मैदानलाई आगोको ज्वालाले समातेपछि ती क्षेत्रमा रहेका घरहरू पनि डढेका हुन् । कोलोराडोको बोल्डर काउन्टीमा कम्तीमा एक हजार ६०० एकड (६५० हेक्टर) जमिनमा डढेलो लागेको छ । अधिकांश उपनगरीय क्षेत्रमा आगलागी हुँदा मृत्यु र घाइते हुनेका सम्भावना रहेको… पुरा पढौ

“हाम्रो टोपी हाम्रो शान“ नाराका साथ नवौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस सम्पन्न

पोखरा । नेपाली टोपी प्रतिष्ठान गण्डकीको आयोजनामा नवौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस शनिबार पोखरामा सम्पन्न भएको छ। “हाम्रो टोपी हाम्रो शान“ भन्ने उदेश्यका साथ सम्पन्न दिवसमा गण्डकी प्रदेशका मन्त्रीहरु तथा नेपाल घुम्न आएका पर्यटकहरुलाई नेपाली टोपी लगाएर मनाईएको प्रतिष्ठानका अध्यक्ष महेश्वर सिंह भण्डारीले जानकारी दिए। गत वर्ष लिपुलेक र कालापानीको विषय उठाएको प्रतिष्ठानले यस वर्ष नेपाली टोपिको पहिचान र सम्बर्द्धन गर्न राज्यले प्रमुख भुमिका खेल्नुपर्ने कुरामा जोड दिएको छ। गण्डकी प्रदेशका सुचना, संचार तथा प्रदेश मामिला मन्त्री मा। बिन्दुकुमार थापा,… पुरा पढौ

विश्व अर्थतन्त्र, सन् २०२२ मा पुनर्जीवन लेला ?

अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको पछिल्लो विवरणमा हामीबाट बिदा हुँदै गरेको सन् २०२१ मा अर्थतन्त्रको वृद्धि ५.९ प्रतिशत रहने उल्लेख छ । विश्वका सर्वाधिक ठूला अर्थतन्त्र रहेका संयुक्तराज्य अमेरिका, युरोप समेतका मुलुकको आर्थिक वृद्धि सन् २०२१ मा ५.२ प्रतिशत रहेको थियो भने उदीयमान अर्थतन्त्र रहेका चीन, भारत, आसियान मुलुकहरु, रसिया, ब्राजिल समेतका मुलुकको आर्थिक वृद्धि यस वर्ष ६.४ प्रतिशत छ । तर चिन्ताजनक कुरा के भने न्यून आय भएका विकासशील मुलुकको अर्थतन्त्र ३ प्रतिशतले मात्र वृद्धि भएको छ । आगामी… पुरा पढौ

यी हुन् २०२१ का विश्वकै सर्वाधिक १० ठूला विमानस्थल

विमानस्थलहरु भनेको एक मुलुकबाट अर्को मुलुकमा जाने राम्रो द्वार हुन् । यो पनि हवाई यात्रामा जानेहरूका लागि । उड्डयन केन्द्रहरूले विमानका लागि पूर्वाधार उपलव्ध गराउछ । यसले आप्रवासन,कार्गो लगायतका सामग्री ओसार पसार गर्छ । कोभिड–१९ सुरु हुनु अगाडि यात्रुको संख्यामा भएको वृद्धिले धेरै विमानस्थलहरु बढी भीडभाडयुक्त भएका थिए । यसका लागि विमानस्थलको आकारमा पनि वृद्धि हुनु आवश्यक थियो । त्यसैले कतिपय विमानस्थल हरुले आफ्नो आकारलाई पनि बढाएका छन् । हामीले यहाँ क्षेत्रफलका आधारमा २०२१ मा विश्वकै ठूला १० विमानस्थल प्रस्तुत… पुरा पढौ

कोरोना संक्रमित भएपछि अमेरिकामा एक शिक्षिकाले विमानको शौचालयमा बिताइन् पाँच घण्टा

अमेरिकाको एक स्कूलकी शिक्षिकाले विमानमा यात्रा गरिरहेका बेला कोरोना संक्रमित भएको थाहा पाएपछि उनले आफूलाई हवाईजहाजको शौचालयमा सेल्फ आइसोलेशनमा राखेको बताइन् । उनले यो सबै आफ्नै मर्जीले गरेको पनि स्पष्ट पारिन् । मारिसा फोशियाले २० डिसेम्बरमा आफूलाई शिकागोबाट आइसल्याण्ड जाने क्रममा घाँटी दुखेको महसुस गरिन् । उनीसँग रेपिड टेस्ट किट थियो त्यसैले उनले त्यति बेला नै आफ्नो कोरोना परीक्षण गराइन् जुन पोजेटिभ आयो । त्यसपछि उनले आफूलाई सेल्फ आइसोलेशनमा राख्ने निर्णय गरिन् । बाँकीको यात्रा शौचालयमा बसेर पूरा गरिन् ।… पुरा पढौ

नयाँ दिल्लीमा समुदायस्तरमा फैलियो ओमिक्रोन भेरियन्ट

नयाँ दिल्ली (भारत) । दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमै पुगेको बताएका छन् । हालैका स्वास्थ्य वैज्ञानिकहरुका अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको अधिकारीहरुले जनाएका उनले बताए । अनुसन्धानबाट ओमिक्रोनको संक्रमण समुदायमा पुगेको पाइएको छ भन्दै उनले यहाँ पछिल्ला समयमा फैलिएको कोरोना संक्रमणका ४० प्रतिशतभन्दा बढी संक्रमितहरु त ओमिक्रोनकै भएको बताए । उनले भने ‘अनुसन्धानबाट यो देखिएको छ कि यहाँका संक्रमितहरुमा ओमिक्रोनको संक्रमण बढी देखिएको छ । त्यस्तो संक्रमण बाहिरबाट आएका मानिस… पुरा पढौ

कमल थापा र झ्याम्पा जोडी ५५ वर्ष माथिको च्याम्पियन

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी १८ औं माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा ५५ वर्ष माथिको डबल्स स्पर्धामा नेपालका भेट्रान्स च्याम्पियन कमल थापा र झ्याम्पा ढुण्डुपको जोडी प्रथम हुन सफल भयो । अत्यन्तै प्रतिस्प्रधात्मक खेलमा थापा जोडीले कृष्ण घले र राजु श्रेष्ठको जोडीमाथि २–६, ६–२ र ११–९ संघर्षपूर्ण जित दर्ता गरे । ६५ वर्ष माथिको फाइनलमा विदुर विष्टले विष्णु गुरुङ्गलाई ४–०, ४–१ को सोझो सेटमा पराजित गर्दै प्रथम स्थान हाँसिल गर्न सफल भए । नेपालकै… पुरा पढौ

पुटिन र वाइडेनबीच फोन वार्ता

युक्रेनसँगको बढ्दो तनावका बीच रुसी राष्ट्रपति भ्लादमिर पुटिन र अमेरिकी राष्ट्रपति जो वाइडेनबीच टेलिफोनमा कुराकानी भएको छ । दुई नेताबीच बिहीबार टेलिफोनमा कुराकानी भएको समाचार एज्न्सी एएफपीले जनाएको छ । राष्ट्रपति पुटिनले वाइडेनसँग दुई देशबीच सकारात्मक वार्तालापबारे आफू पूर्ण विश्वस्त रहेको बताए । यस महिनामा दोस्रोपटक पुटिन र वाइडेनबीच कुराकानी भएको हो । ​क्रेमलिनको तर्फबाट जारी गरिएको विज्ञप्तिमा कुराकानीको पहल पुटिनले गरेको उल्लेख गरिएको छ । यसअघि नै ह्वाइट हाउसका एक अधिकारीले दुई देशका बीचमा सुरक्षा र युरोपको स्थितिबारे छलफल… पुरा पढौ

पूर्वराष्ट्रपति गनीको बयान : अफगानिस्तान छाडेर यसरी भागेँ

अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ गनीले देश छाडेर भागेको दिनको विवरण सार्वजनिक गरेका छन्। बीबीसीको एक कार्यक्रममा कुरा गर्दै गनीले आफ्नो सो निर्णयको बचाउ पनि गरेका छन्।अगस्ट १५ का दिन गनी देश छाडेर भागेका थिए। सोही दिन राजधानी काबुल तालिबानको कब्जामा गएको थियो। गनी भागेपछि थुप्रैले उनको चर्को आलोचना गरेका थिए। तर, गनीले काबुललाई विनाशबाट बचाउन आफू भागेको तर्क गरेका छन्। १५ अगस्टको बिहान निद्राबाट ब्युँझिँदा त्यो अफगानिस्तानमा आफ्नो अन्तिम दिन हुनेछ भनेर आफूलाई अलिकति पनि नलागेको उनको भनाइ छ। तर, अपर्झट… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com