पुटिन र वाइडेनबीच फोन वार्ता

-


     नेपालय न्युज    
     पौष १५ गते २०७८


युक्रेनसँगको बढ्दो तनावका बीच रुसी राष्ट्रपति भ्लादमिर पुटिन र अमेरिकी राष्ट्रपति जो वाइडेनबीच टेलिफोनमा कुराकानी भएको छ । दुई नेताबीच बिहीबार टेलिफोनमा कुराकानी भएको समाचार एज्न्सी एएफपीले जनाएको छ ।

राष्ट्रपति पुटिनले वाइडेनसँग दुई देशबीच सकारात्मक वार्तालापबारे आफू पूर्ण विश्वस्त रहेको बताए । यस महिनामा दोस्रोपटक पुटिन र वाइडेनबीच कुराकानी भएको हो । ​क्रेमलिनको तर्फबाट जारी गरिएको विज्ञप्तिमा कुराकानीको पहल पुटिनले गरेको उल्लेख गरिएको छ । यसअघि नै ह्वाइट हाउसका एक अधिकारीले दुई देशका बीचमा सुरक्षा र युरोपको स्थितिबारे छलफल हुने जनाएको बीबीसीले जनाएको छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com