डेंगीका बिरामीले अस्पतालका बेड भरिए
पोखरा ५ असोज । लामखुटेले टोक्दा लाग्ने डेंगी रोगबाट अहिले पोखरा र समग्र गण्डकी प्रदेश प्रभावित भएको छ । अस्पतालका बेडहरु संक्रमितले भरिएका छन् भने संक्रिमित हुनेको संख्या बढ्दै जाँदा जाँच गर्ने किटको समेत अभाव हुन थालेको छ । पछिल्लो तथ्यांक अनुसार गण्डकीका १० जिल्लामा ८ हजार ६ सय २० जनामा डेंगी देखिएको छ । यो संख्या भदौ पहिलो हप्तासम्म २ हजार ६ सय ९१ थियो । गण्डकीका ११ जिल्लामध्ये संक्रमितको संख्या कास्कीमा सबैभन्दा बढी छ । कास्कीमा ४ हजार…
पुरा पढौ
एमाले गण्डकी प्रदेश सदस्य अर्जुन अधिकारीलाई मातृशोक
पोखरा असोज ४ । नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य अर्जुन अधिकारीलाई मातृशोक परेको छ । पोखरा १९ घार्मी निवासी ६० वर्षीय उनकी आमा दुर्गादेवी अधिकारीको शुक्रबार बिहान निधन भएको हो । विसं २०२१ साल असोज ९ गते हालको पोखरा १८ मेथलाङमा जन्मिएकी अधिकारीले १० वर्ष अघि श्रीमान गुमाएकी थिइन् । सामान्य उपचारका लागि शुक्रबार बिहान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेकी अधिकारीको हृदयघातका कारण निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ । स्वर्गीय अधिकारीको आजै स्थानीय गोस्तेघाटमा अन्त्यष्टि गरिएको छ ।…
पुरा पढौ
रुपा गाउँपालिकामा ४७ करोडको सडक आयोजनाको शिलान्यास
पोखरा । कास्कीको रुपा गाउँपालिकामा ४७ करोडको सडक आयोेजनाको आज शिलान्यास गरिएको छ । गण्डकी प्रदेश सरकार र संघीय सरकारको ५०/५० प्रतिशत बजेट रहेको रुपा गाउँपालिकाको रिङ रोड(चक्रपथ) अन्तर्गतको दोस्रो खण्ड रामकोट, ठूलीवेशी,स्यास्त्री, देउपूर्वेशी, पोल्याङ सडक आयोजनाको आज शिलान्यास गरिएको हो । यो योजना रुपा वडा नम्बर १ र ७ मा पर्दछ । रुपा गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारी, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री प्रकाशबहादुर केसी र रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सडक…
पुरा पढौ
पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिलाई बुद्व विशाल बजारको बधाई
पोखरा । बुद्व विशाल बजार व्यापारिक एशोसियसन पोखराले पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष लगाएत कार्यसमितिहरुलाई बधाई तथा स्वागत गरेको छ । बिहीबार एक कार्यक्रम गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरिएको हो । नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिदैँ बुद्व विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य तथा सल्लाहकार केशव बहादुर खत्रीले पोखरा उद्योग वाणिज्य संघले गर्ने हरेक राम्रा कामको साथमा बुद्व विशाल बजार व्यापारिक एशोसियसन साथमा रहेको बताउदै उद्योग वाणिज्य संघले गर्ने नराम्रा कामको लागी एशोसियसनले खबरधारी गर्ने बताए ।…
पुरा पढौ
सामुदायिक वन समृद्धिको आधार : उद्योग मन्त्री वस्याल
पोखरा । गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल वस्यालले सामुदायिक वन समृद्धिको आधार बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको बदलिँदो परिस्थितिमा सामुदायिक वनको भूमिका विषयक कार्यशाला गोष्ठीमा उनले यस्तो बताएका हुन् । सामुदायिक वनको हक, अधिकार सुनिश्चित गर्दै प्राकृतिक स्रोतलाई उपयोग गर्ने खालको नीति निर्माणमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताउँदै उनले वनलाई पर्यापर्यटनसँग जोड्नु पर्ने आवश्यकता औल्याए । सम्भाव्यता अध्ययनका आधारमा गुरुयोजना वनाएर वनलाई रोगजारसंग जोड्नु पर्नेमा…
पुरा पढौ
नेपाल कारखाना श्रमिक संघको महासचिवमा पोखराका भट्टराई मनोनित
पोखरा / नेपाल कारखाना श्रमिक संघको महासचिवमा पोखराका केशवराज भट्टराई मनोनित भएका छन् । यही भाद्र २८ र २९ गते नवलपुरमा भएको संघको सम्मेलनबाट भट्टराइ महासचिवमा मनोनित भएका हुन् । गत वर्ष अधिवेशनबाट अमृतलाल जोशी नेतृत्वमा नयाँ समिति निर्वाचित भएको थियो । निर्वाचित समितिले विधान वमोजित भट्टराईलाई महासचिवमा मनोनित गरिएको संघले जनाएको छ । भट्टराई यस पहिलोको समितिमा उपमहासचिव थिए भने नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका पूर्वसचिव हुन् । उनि पोखराको सुजल डेरिमा कार्यरत छन् । संघ नेपाली कांग्रेस निकट…
पुरा पढौ
सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि आरम्भ
पोखरा असोज २ । सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि आरम्भ भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने गर्दछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्न द्यकालमा गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जानकारी दिएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवग्ंत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा…
पुरा पढौ
पोखराका प्रमुख प्रशासकीय अधिकृत थापाको सरुवा
पोखरा भदौ ३१ । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको सरुवा भएको छ । बिहीबार बसेको मन्त्री परिषद्को बैठकले थापाको सरुवा गृह मन्त्रालयमा गरेको हो । पोखरा महानगरको प्रमुख प्रशासकीय अधिकृतमा शिवराज चौलागाईं आउने भएका छन् । उनी राष्ट्रिय दलित आयोगका सचिव थिए । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४० जना सहसचिवको सरुवा गर्ने क्रममा काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरी उनको ठाउँमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोजप्रसाद गुरागाईंको सरुवा…
पुरा पढौ
पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण कार्की निर्वाचित
पोखरा ३० भदौ । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन् । कार्कीले १३ सय ८१ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी अर्जुन पोखरेलले ९सय २३ मत प्राप्त गरे । कार्कीले ४ सय ५८ मतले पोखरेललाई पराजित गरेका हुन् । पोखरेल प्यानल बनाएर चुनावी मैदानमा उत्रीएका थिए भने कार्की एक्लै चुनावी मैदानमा थिए । पोखरेल प्यानलबाट ५ जना पदाधिकारी निर्विरोध भएका थिए । उपमहासचिवमा पोखरेल प्यानलका बालकृष्ण कोइरालालाई पराजित गर्दै सुदीप प्रधानांग विजयी भएका छन्…
पुरा पढौ
पारा ओलम्पिकमा कांस्य विजेता पलेसालाई पोखरामा सम्मान
पोखरा ३० भदौ । पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी तेक्वान्दोकी पलेसा गोवर्धनलाई आज पोखरामा सम्मान गरिएको छ । तेक्वान्दो संघ गण्डकी र तेक्वान्दो संघ कास्कीको आयोजनामा पोखरा रंगशालामा भएको कार्यक्रममा उनलाई सम्मान गरिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई सम्मानपत्र र नगदसहित सम्मान गरेका हुन् । कार्यक्रममा उनलाई पोखरा महानगरपालिकाले २ लाख २ हजार २ सय २२, गण्डकी प्रदेश सरकारले १ लाख ५० हजार र कास्की जिल्ला तेक्वान्दो संघले ५० हजार ५ सय प्रदान…
पुरा पढौ