प्रमुख समाचार

अर्बपति जनसंख्यामा अमेरिकालाई उछिनेर चीन सबैभन्दा अगाडि

(अमेरिका) । अर्बपति जनसंख्यामा अमेरिकालाई उछिनेर चीन शीर्ष स्थानमा आएसँगै विश्वको सम्पत्ति विगत २ दशकमा तेब्बर भएको छ । परामर्शदाता कम्पनी म्याकिन्से एण्ड कम्पनीको अनुसन्धाताले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले यस्तो देखाएको हो । सन् २००० मा १ हजार ५६० खर्ब डलर रहेको विश्वव्यापी नेटवर्थ बढेर सन् २०२० मा ५ हजार १४० खर्ब डलरमा उक्लिएको छ । सो अवधिमा बढेको सम्पत्तिमा करीब एक तिहाई हिस्सा चीनको रहेको छ । सन् २००० मा ७० खर्ब डलरबाट सन् २०२० मा चीनको नेटवर्थ बढेर… पुरा पढौ

अमेरिका र चीनबीच सहमति : पत्रकार भिसामा लगाइएको प्रतिबन्ध खुकुलो

संयुक्त राज्य अमेरिका र चीन आफ्ना दुई नेताहरू बीचको लामो समयदेखि प्रतीक्षा गरिएको भर्चुअल शिखर सम्मेलनपछि पत्रकार भिसामा जारी प्रतिबन्धहरू खुकुलो पार्न सहमत भएका छन् । बेइजिङले बुधवार यो कदमलाई महत्त्वपूर्ण उपलब्धी भनेको छ। वासिङ्टनले अमेरिकी सञ्चारमाध्यमका सदस्यहरूमाथि चीनले गरेको व्यवहारको निरन्तर निन्दा गर्दै आएको छ र अमेरिकी भूमिमा चिनियाँ मिडियाविरुद्ध कारबाही पनि गरेको छ। सन् २०२० मा बेइजिङले दुई देशबीचको तनाव बढ्दै गएपछि न्यूयोर्क टाइम्स, वाशिंगटन पोस्ट र वाल स्ट्रिट जर्नलजस्ता थुप्रै प्रमुख समाचारपत्रहरूमा काम गर्ने अमेरिकीहरुलाई निष्कासन गरेको… पुरा पढौ

विप्लव नेतृत्वको नेकपाले भन्यो– नेपाल बन्द रहर नभई बाध्यता हो

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मंगलबारको नेपाल बन्द आफ्नो रहर नभएर बाध्यता भएको बताएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल बन्दको घोषणा पार्टीले सोमबार साँझ बाध्यताले नेपाल बन्द गर्नुपरेको बताएको हो । “सरकारको गैरजिम्मेवार, जनविरोधी र ज्यादतीपूर्ण नीति तथा कार्यका विरुद्ध आमजनताको आक्रोश र भावनाको प्रतिनिधित्व गर्दै विभिन्न आन्दोलनसहित यही कात्तिक ३० गते नेपाल बन्द आह्वान गरिएको छ,” विप्लव समूहले भनेको छ, “यो पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको आन्दोलन हाम्रो मात्र नभई आमजनसमुदायको साझा सरोकारको विषय हो… पुरा पढौ

युरोपेली मुलुकहरुमा फेरि धमाधम लकडाउन

विश्व स्वास्थ्य संगठनले युरोप कोरोना संक्रमणको केन्द्र बन्ने चेतावनी दिएको दुई साता नवित्दै युरोपेली मुलुकहरु धमाधम लकडाउनमा जान थालेका छन् । नेदरल्याण्डले देशब्यापी लकडाउन घोषणा गरेको भोलिपल्ट अष्ट्रियाले पनि लकडाउन घोषणा गरेको छ । तर यस पटकको लकडाउनको प्रकृति भने फरक देखिएको छ । नेदरल्याण्डले शैक्षिक क्षेत्र, रेष्टुराँ, होटलसहित बढी भीडभाड हुने क्षेत्रमा लकडाउन गरेको छ भने अष्ट्रियाले खोप नलगाएका मानिसहरुलाई लकडाउनमा राखेको छ । अष्ट्रियाले खोप नलगाएका मानिसहरुलाई खानेकुरा किनमेलका लागि भन्दा अन्य काममा घरबाट बाहिर निस्कनबाट रोक लगाएको… पुरा पढौ

म्यान्मारको हिरासतमा रहेका अमेरिकी पत्रकार रिहा, अमेरिका फर्काउने निर्णय

एजेन्सी । गत मे देखि म्यानमारमा हिरासतमा रहेका अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई रिहा गरिएको जुन्ता सरकारले बताएको छ । करिब एक वर्षदेखि स्थानीय ‘आउटलेट फ्रन्टियर म्यानमार’का लागि काम गरिरहेका ड्यानी आफ्नो परिवार भेट्न म्यान्मार छोड्न खोज्दा मे महिनामा पक्राउ परेका थिए । १ सय ७६ दिन हिरासतमा बिताएका ड्यानीलाई गत हप्ता सेना, गैरकानूनी संघसंस्थामा संलग्न रहेको र अध्यागमन कानूनको उल्लंघन गरेको आरोपमा ११ वर्षको जेल सजाय सुनाइएको थियो । जुन्ता सरकारका प्रवक्ता जाव मिन तुनले फेन्स्टरलाई रिहा गरिएको भन्दै उनलाई… पुरा पढौ

मस्कले यही हप्ता बेचे ७ अर्ब डलरको शेयर

सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्ला इंकका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले यही हप्ता कुल ६ अर्ब ९० करोड डलर बराबरको शेयर बेचेका छन् । मस्कले आफ्नो ट्रष्टको नाममा रहेकोे १२ लाख कित्ता शेयर १ अर्ब २० करोड डलरभन्दा धेरेमा बेचेका अमेरिकी शेयर नियामकमा बुझाइएको फाइलिङमा भनिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले अनुमोदन गरे आफूले आफ्नो १० प्रतिशत शेयर बेचिदिने भन्दै गत शनिबार मस्कले ट्विट गरेका थिए । ट्विटको समयमा १० प्रतिशत शेयर १ करोड ७०… पुरा पढौ

कांग्रेसले सातै प्रदेशमा तोक्यो संयोजक, सभापति देउवाको संयोजकत्वमा केन्द्रीय महाधिवेशन तयारी समिति गठन

काठमाडौं। सत्तारुढ दल नेपाली काँग्रेसको आइतबारको केन्द्रीय कार्य समितिको बैठकले चौधौं केन्द्रीय महाधिवेशनका लागि प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको संयोकत्वमा मूल तयारी समिति गठन गरेको छ । काँग्रेसका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य, संघीय संसदका सदस्य र सात प्रदेशका संसदीय दलका नेताहरु मूल तयारी समितिमा रहने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । काँग्रेसको आजको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले विविध प्रस्ताव राख्नुभएको उहाँले बताउनुभयो । काँग्रेसको नीति र नेतृत्व चयनको अधिवेशन पनि छुट्टै गर्ने प्रस्ताव राखिएको छ… पुरा पढौ

चीनमा अमेरिकी गुप्तचरहरु असफल हुँदा ह्वाइट हाउस चिन्तित

चिनियाँ राष्ट्रपति सी चिनफिङका निकटस्थबारे गुप्तचर सूचना नपाउँदा अमेरिकी अधिकारीहरु निराश हुन थालेका छन्। वर्तमान तथा पूर्व अमेरिकी अधिकारीहरुले बेइजिङले चाल्ने कदमबारे बाइडेन प्रशासनका उच्च अधिकारीहरुले जासुसी सूचना पाउन नसकेको बताएका छन्। राष्ट्रपति सीको निर्णयप्रक्रियाबारे सूचनाको माग बढिरहेको छ। तर, ताइवानदेखि प्रविधिसम्मका मुद्दामा तनाव बढिरहँदा चीन अमेरिकाका लागि झनझन् कठिन निसाना बन्दै गएको उनीहरुले बताए। हङकङमा नियन्त्रण कायम गर्न, दक्षिण चीन सागरमा सैन्य परियोजना लागू गर्न, कोभिड १९ को उत्पत्तिबारे छानबिन रोक्न, अमेरिकामा चिनियाँ कम्पनीको आईपीओ जारी हुन नदिन र… पुरा पढौ

अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउँदै

दक्षिण तथा मध्य–एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आगामी बुधबार नेपाल आउने भएका छन्। अमेरिकी स्टेट डिपार्टमेन्टले शनिबार विज्ञप्ति जारी गरी उनी नोभेम्बर १७ मा काठमाडौं आउने जानकारी दिएको हो। नोभेम्बर १५ मा माल्दिभ्स पुग्ने उनी त्यहाँ विदेशमन्त्री अहमद खलिललाई भेटेर त्यतैबाट नेपाल आउने भएका हुन्। विज्ञप्तिअनुसार नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम छ। सहायक मन्त्री लुको भ्रमणका क्रममा नेपालमा सञ्चालित अमेरिकी परियोजनाहरूबारे द्विपक्षीय छलफल हुने विज्ञप्तिमा उल्लेख छ। दलहरूबीच संसदबाट… पुरा पढौ

नेपाली समुदायमा फैलँदो रक्तदान जागरण

विष्णुप्रसाद पौडेल । न्युयोर्क  आउँदो नोभेम्बरको २८ मा जनजाति महासंघले रक्तदान गर्ने कार्यक्रम छ । महासंघले वर्षेनी रक्तदान गर्दै आएको छ । महासंघका अध्यक्ष लोक चेम्जोङ वर्षेनी डिसेम्बरमा रक्तदान गर्दै आएको बताउँछन् । भन्छन्, ‘यसपालिचाहिँ नोभेम्बर २८ मा गर्ने गरी हल बुक गरिसक्यौं ।’ चाम्लिङ आफैं पनि वर्षमा ३/४ चोटि रक्तदान गर्छन् । अहिलेसम्म कतिपटक रक्तदान गरें भन्ने हिसाब भने उनले राखेका छैनन् ।  जीवनमा पहिलोपटक भने धनकुटामा पढ्दा त्यहाँको क्याम्पसमा स्ववियुले आयोजना गरेको कार्यक्रममा रक्तदान गरेका थिए । सन्… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com