प्रमुख समाचार

बाँदरको यो हुल जसले आफ्नो सन्तान मारेको बदलामा २५० कुकुर मारिदियाे

एजेन्सी । भारतमा आक्रोशित बाँदरहरुले दर्जनौं कुकुर मारिदिएका छन् । भवनको छत तथा रुखका टुप्पामा लगेर बाँदरहरुले कुकुरको हत्या गरिदिएका हुन् । महाराष्ट्रको विड जिल्लामा ककुरहरुको एउटा समूहले बाँदरको एउटा बच्चा मारिदिएपछि त्यसको बदलामा बाँदर उत्रिएको हो । जिल्लाको मजलगाओन र लभुल गाउँमा बाँदरहरुको एउटा हुलले कुकुर मारिदिएको थियो । बाँदरले वरपर भएका कुकुरलाई टोकेर घरको छत तथा रुखको टुप्पोबाट खसालेका थिए । आक्रोशित बाँदरहरुले बिद्यालयका बालबालिकालाई पनि खेदेका थिए । कुकुर देख्नेवित्तिकै बाँदरले अग्लो रुखको टुप्पो वा भवनको छतमा… पुरा पढौ

एमसीसीलाई लिएर माओवादी केन्द्रमा दुई धार

अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई लिएर सत्ता साझेदार नेकपा माओवादी केन्द्रमा दुई धार देखिएको छ। आइतबार बसेको सर्वदलीय बैठकमै तत्काल पास गरेर जाने र संशोधन गर्नुपर्ने दुई धार माओवादीमा देखिएको एक नेताले जानकारी दिए। अध्यक्ष प्रचण्ड संशोधन गरेर भए पनि एमसीसी पास गरेर जानुपर्ने तर्क गर्दा अर्का नेता नारायणकाजी श्रेष्ठले भने कुनै हालतमा पास गर्न नहुने अडान लिएका थिए। ‘सन २०१७ मा सम्झौता गर्दाका केही प्रावधान सन् २०१९मा परिमार्जन भएकोले मात्र समस्या भएको हो, पार्लियामेन्टको सहमति किन… पुरा पढौ

भारतमा थपिए ७ हजार १४५ संक्रमित, २८९ जनाको मृत्यु

नयाँँदिल्ली (भारत) । भारतमा पछिल्लो एक दिनमा सात हजार १४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाका कारण २८९ जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या ८४ लाख ५६५ रहेको पुगेको पनि जानकारी दिएको छ । यो संख्या पछिल्लो ५६९ दिन पछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीहरुले शनिवार जानकारी दिएका छन् । प्रतिशतको हिसाबले पनि सक्रिय संक्रमितहरुको संख्या गत मार्चपछिकै सबैभन्दा कम भएको उनीहरुको… पुरा पढौ

बेलायतमा एकैदिन ९३ हजार ४५ जनामा कोरोना संक्रमण

बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र रुपमा फैलिएको छ । पछिल्लो दिन बेलायतमा अहिलेसम्म कै उच्च दरमा संक्रमण देखिएको हो । एकैदिन ९३ हजार ४५ जनामा संक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या कोरोनाको प्रकोप सुरु भएयताकै उच्च भएको बताइएको छ । ६ करोड ७० लाख जनसंख्या रहेको बेलायतमा १ करोड १० लाख मानिस संक्रमित भइसकेका छन् । अहिलेसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४७ हजार भन्दा बढी छ । ओमिक्रोन भेरियन्टको संक्रमणसँगै प्रधानमन्त्री… पुरा पढौ

बुद्व विशाल बजार व्यापारिक एशोसियसनको नेतृत्व विकास तथा क्षमता अभिवृद्वि कार्यक्रम

पोखरा ३ पौष । बुद्व बिशाल वजार व्यापारिक एशोसियसन पोखराले आफ्नो संस्थाका कार्यसमिति तथा उप समिताका सदस्यहरूलाई एकदिने नेतृत्व विकास तथा क्षमता अभिवृद्वि तालिम सम्पन्न गरेको छ ।तालिममा बोल्दै बुद्व बिशाल वजार व्यापारिक एशोसियसनका अध्यक्ष केशव बहादुर खत्रीले आवश्यकता अनुसार कदम चाल्ने र बोल्न सक्ने व्यक्ति नेता हुने बताए ।उनले सामाजिक समस्या बुझेर ठिक समयमा ठिक निर्णय लिन सक्ने गुण नेतृत्वमा हुनुपर्ने बताए । अध्यक्ष खत्रीले सफल उद्घोषकका कारण कार्यक्रम सफल हुने भन्दै संस्थाका पदाधिकारीहरुले तालिमपछि व्यवहारमा परिवर्तन ल्याउने अपेक्षा… पुरा पढौ

काँग्रेसको प्रदेश २ अधिवेशन पुस ६ र ७ गते

राष्ट्रिय महाधिवेशन गरिसकेको नेपाली काँग्रेसले प्रदेश २ को प्रथम अधिवेशन यही पुस ६ र ७ गते गर्ने भएको छ । महाधिवेशन अघि नै ६ वटा प्रदेशको अधिवेशन गरिसकेको काँग्रेसले प्रदेश २ मा भने अधिवेशन स्थगित गरेको थियो । केही जिल्लामा विवादका कारण अधिवेशन हुन नसकेका कारण प्रदेश २ को अधिवेशन स्थगित गरिएको थियो । काँग्रेस केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले प्रदेश २ को अधिवेशन यही पुस ६ र ७ गते जनकपुरधाममा गर्ने निर्णय गरेको निर्वाचन समिति सदस्य सीताराम केसीले… पुरा पढौ

यस्तो बन्यो कांग्रेस हाँक्ने टिम, सहज छैन देउवालाई

उजिर कार्की, आगामी चार वर्षे कार्यकालका लागि नेपाली कांग्रेसको पदाधिकारीको शुक्रबार टुंगो लागेको छ।आठै जना सहमहामन्त्रीको मतपरिणाम शुक्रबार साँझ आएसँगै सभापतिसहित १३ पदाधिकारीको टुंगो लागेको हो। सभापति, उपसभापति र महामन्त्रीको मतगणना सकिएपछि बिहीबारबाटै सहमहामन्त्रीको मतगणना थालिएको थियो। सहज छैन देउवालाई१३ पदाधिकारीको टुंगो लाग्दा अघिल्लो कार्यकाल जस्तो शेरबहादुर देउवाको चार वर्षे यात्रा सहज हुने देखिएको छैन। १३ औं महाधिवेशनपछि दुवै उपसभापति देउवाकै समूहका थिए। तर यसपटक पूर्णबहादुर खड्का मात्रै उनको समूहबाट विजयी भए। अर्को उपसभापतिमा डा. शेखर कोइराला प्यानलबाट धनराज गुरुङ… पुरा पढौ

बाइडेनद्वारा २.५ ट्रिलियन अमेरिकी डलरले ऋण सीमा बढाउने विधेयकमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति जो बाइडेनले २०२३ सम्म डिफल्ट हुन नदिन अमेरिकी ऋण सीमा २.५ ट्रिलियन अमेरिकी डलरले बढाउने कानुनमा हस्ताक्षर गरेको ह्वाइट हाउसले बिहीबार जनाएको छ । ‘बिहीबार, १६ डिसेम्बर, २०२१ मा राष्ट्रपतिले कानूनमा हस्ताक्षर गरे । जसले ऋण सीमा $ २.५ ट्रिलियनले बढाउने अधिकार प्रदान गर्दछ,’ ह्वाइट हाउसले प्रेस विज्ञप्ति मार्फत जनाएको छ । यो उपायले २०२२ को मध्यावधि चुनाव नपुग्दासम्म सरकारलाई काम गर्नका लागि ऋणको सीमा बढाउँछ। नयाँ कानुन अन्तर्गत अमेरिकी संघीय ऋण ३१.४ ट्रिलियन अमेरिकी डलर पुग्नेछ।एजेन्सी पुरा पढौ

कांग्रेस महामन्त्रीको अधिकार : सदस्यता टुंग्याउनेदेखि पार्टीमा प्रस्ताव लग्नेसम्म

कृष्ण बहाब, नेपाली कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पन्न मतगणनामा अनुसार थापाले तीन हजार २३ र शर्माले एक हजार ९८४ मत प्राप्त गरेका हुन् ।  कांग्रेसमा दुई जना महामन्त्री हुने व्यवस्था छ। तत्कालीन विधानले एक जना महामन्त्री निर्वाचित हुने र एक जना सभापतिले मनोनीत गर्ने व्यवस्था गरेको थियो। त्यसैअनुरुप १३ औँ महाधिवेशनबाट महामन्त्रीमा शशांक कोइराला निर्वाचित भएका थिए भने सभापति शेरबहादुर देउवाले आफ्नो अधिकारको प्रयोग गर्दै पूर्णबहादुर खड्कालाई महामन्त्रीमा… पुरा पढौ

अफगानिस्तानमा अमेरिकी मुद्रा पनि चल्न नदिने

अमेरिकालाई पराजित गर्दै अफगानिस्तान कब्जामा लिएको तालिबानले अब त्यहाँ अमेरिकी डलर पनि चल्न नदिने भएको छ । अन्य देशको मुद्रा प्रयोग गर्दा अफगानी मुद्रा निकै कमजोर भएको तर्क गर्दै तालिबान सरकारले अमेरिकी डलरलगायत सबै विदेशी मुद्रा प्रयोगमा प्रतिबन्ध लगाएको हो । तालिबान शासकहरूले यस्तो निर्णय अफगानी मुद्रालाई स्थिर राख्न लिइएको दाबी गरेका छन् । अब त्यहाँ कसैले पनि विदेशी मुद्रा पारिश्रमिक लिनेगरी काम गर्न पनि पाउने छैनन् । विदेशी मुद्रा प्रयोगका कारण पनि देशको अर्थव्यवस्था खराब भएको तालिबानको दाबी छ… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com