केशव सावद । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिएसँगै नेकपा एमालेले प्रदेश सरकारहरु गुमाउने भएको छ। राष्ट्रपति निर्वाचनका लागि एक ठाउँमा उभिएका दलहरुले एमालेलाई प्रदेश सरकारबाट बाहिर पठाउने तयारी गरेका छन्। राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी एक ठाउँमा उभिएका थिए। उनीहरुले लुम्बिनी, गण्डकी र कोशी प्रदेशबाट एमालेलाई हटाएर नयाँ सरकार गठनको तयारी गरेका…
पुरा पढौ