प्रमुख समाचार

अमेरिकामा २४ घण्टामा करिब २ हजार उडान रद्द

अमेरिकामा २४ घण्टामा करिब २ हजार उडान रद्द भएका छन् । संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि स्थानीय समयानुसार आइतबार बिहानसम्म करिब २ हजार उडानहरू रद्द गरिएका छन्। आज बिहान ८ः ३० बजेसम्म अमेरिकाभित्र वा बाहिर जम्मा एक हजार ९५६ उडानहरू रद्द गरियो । जबकि अमेरिकाभित्र र बाहिर अन्य ८७० उडानहरू ढिलाइ भएको फ्लाइटअवेयरलाई उद्धृत गर्दै द हिलले जानकारी दिएको छ । द हिलका अनुसार, साउथवेस्टले आज २६४ उडान, जेटब्लुले १६९ उडान र डेल्टाले १६१ उडान रद्द गरेको… पुरा पढौ

युक्रेनलाई बाइडेनको आश्वासनः रुसले आक्रमण गरे ‘निर्णायक’ कदम चाल्छौँ

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमाथि आक्रमण गरे निर्णाय कदम चाल्ने आश्वासन दिएका छन्। आइतबार युक्रेनी राष्ट्रपति भ्लादिमिर जिलिन्स्कीसँग टेलिफोनमार्फत कुरा गर्दै बाइडेनले यस्तो बताएका हुन्। युक्रेन र रुसबीचको सीमामा तनाव बढिरहँदा बाइडेनले युक्रेनलाई आश्वस्त पार्ने प्रयास गरेका हुन्। ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीका अनुसार बाइडेनले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्न अमेरिका प्रतिबद्ध रहेको बताएका थिए। रुसले युक्रेनको सीमानजिक करिब एक लाख सैनिक तैनाथ गरेको छ। अर्को साता अमेरिका, रुस र नेटो सदस्य मुलुकबीच युरोपमा वार्ता हुने… पुरा पढौ

आर्वा विजय मा.विको ३८ वार्षिकउत्सव एव अभिभावक दिवस सम्पन्न

पोखरा ।पोखरा महानगरपालिका १३ ढाँडबेसीमा रहेको आर्वा विजय मा.विको ३८ वार्षिकउत्सव एव अभिभावक दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर बरालको सभापतित्वमा भएको उक्त कार्यक्रममा वोल्दै प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष एंव नेकपा समाजवादीका नेता श्रीनाथ बरालले भौतिक संरचनाले भरिपुर्ण यस विद्यालय निकट भविस्यमा विद्यार्थीहरु भरिभराउ भएको देख्न पाइने बताउदै आजको युगमा प्राविधिक शिक्षामा बढी जोड दिनुपर्ने बताउनुभयो । विद्यालयका प्रधानाध्यापक शिवराज पौडेलले प्र अ को प्रतिबेदन प्रस्तुत गर्दै विद्यालयक विविध भौतिक एवं… पुरा पढौ

प्रविधिमा समस्या देखिएपछि बजारबाट करीब ५ लाख थान ईभी फिर्ता ल्याउने तयारीमा टेस्ला

सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकले प्रविधिमा गडवडि रहेको गुनासो आएपछि विद्युतीय कार(ईभी) हरु बजारबाट फिर्ता ल्याउने तयारी गरिरहेको छ । कम्पनी अमेरिकी बजारबाट ४ लाख ७५ हजार थान इभी फिर्ता ल्याउने तयारीमा रहेको छ। कम्पनीले २०१७–२०२० मोडल ३ टेस्लाको ३ लाख ५६ हजार ३०९ थान कार बजारबाट फिर्ता ल्याउने तयारी गरेको छ । ती कारको रियर–भ्यू क्यामरामा गडबडिको आशंका गरिएको छ। कम्पनीले त्यस्तै समस्या आएपछि सन् २०१४ देखि २०२१ बीच बनेका मोडल एसका… पुरा पढौ

कोलोराडोमा डढेलोका कारण सयौं घरहरू प्रभावित

अमेरिकी राज्य कोलाराडोमा तीव्र गतिमा फैलिइरहेको डढेलोले सयौं घरहरू ध्वस्त पारेको स्थानीय अधिकारीले बताएका छन् । स्थानीय प्रशासनका अनुसार डढेलोका कारण कम्तीमा ३३ हजार व्यक्तिलाई उनीहरूको घर खाली गरी सुरक्षित स्थलतर्फ लगिएको छ लामो समयसम्मको खडेरीले गर्दा सुख्खा बनेको जङ्गली तथा घाँसे मैदानलाई आगोको ज्वालाले समातेपछि ती क्षेत्रमा रहेका घरहरू पनि डढेका हुन् । कोलोराडोको बोल्डर काउन्टीमा कम्तीमा एक हजार ६०० एकड (६५० हेक्टर) जमिनमा डढेलो लागेको छ । अधिकांश उपनगरीय क्षेत्रमा आगलागी हुँदा मृत्यु र घाइते हुनेका सम्भावना रहेको… पुरा पढौ

“हाम्रो टोपी हाम्रो शान“ नाराका साथ नवौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस सम्पन्न

पोखरा । नेपाली टोपी प्रतिष्ठान गण्डकीको आयोजनामा नवौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस शनिबार पोखरामा सम्पन्न भएको छ। “हाम्रो टोपी हाम्रो शान“ भन्ने उदेश्यका साथ सम्पन्न दिवसमा गण्डकी प्रदेशका मन्त्रीहरु तथा नेपाल घुम्न आएका पर्यटकहरुलाई नेपाली टोपी लगाएर मनाईएको प्रतिष्ठानका अध्यक्ष महेश्वर सिंह भण्डारीले जानकारी दिए। गत वर्ष लिपुलेक र कालापानीको विषय उठाएको प्रतिष्ठानले यस वर्ष नेपाली टोपिको पहिचान र सम्बर्द्धन गर्न राज्यले प्रमुख भुमिका खेल्नुपर्ने कुरामा जोड दिएको छ। गण्डकी प्रदेशका सुचना, संचार तथा प्रदेश मामिला मन्त्री मा। बिन्दुकुमार थापा,… पुरा पढौ

विश्व अर्थतन्त्र, सन् २०२२ मा पुनर्जीवन लेला ?

अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको पछिल्लो विवरणमा हामीबाट बिदा हुँदै गरेको सन् २०२१ मा अर्थतन्त्रको वृद्धि ५.९ प्रतिशत रहने उल्लेख छ । विश्वका सर्वाधिक ठूला अर्थतन्त्र रहेका संयुक्तराज्य अमेरिका, युरोप समेतका मुलुकको आर्थिक वृद्धि सन् २०२१ मा ५.२ प्रतिशत रहेको थियो भने उदीयमान अर्थतन्त्र रहेका चीन, भारत, आसियान मुलुकहरु, रसिया, ब्राजिल समेतका मुलुकको आर्थिक वृद्धि यस वर्ष ६.४ प्रतिशत छ । तर चिन्ताजनक कुरा के भने न्यून आय भएका विकासशील मुलुकको अर्थतन्त्र ३ प्रतिशतले मात्र वृद्धि भएको छ । आगामी… पुरा पढौ

यी हुन् २०२१ का विश्वकै सर्वाधिक १० ठूला विमानस्थल

विमानस्थलहरु भनेको एक मुलुकबाट अर्को मुलुकमा जाने राम्रो द्वार हुन् । यो पनि हवाई यात्रामा जानेहरूका लागि । उड्डयन केन्द्रहरूले विमानका लागि पूर्वाधार उपलव्ध गराउछ । यसले आप्रवासन,कार्गो लगायतका सामग्री ओसार पसार गर्छ । कोभिड–१९ सुरु हुनु अगाडि यात्रुको संख्यामा भएको वृद्धिले धेरै विमानस्थलहरु बढी भीडभाडयुक्त भएका थिए । यसका लागि विमानस्थलको आकारमा पनि वृद्धि हुनु आवश्यक थियो । त्यसैले कतिपय विमानस्थल हरुले आफ्नो आकारलाई पनि बढाएका छन् । हामीले यहाँ क्षेत्रफलका आधारमा २०२१ मा विश्वकै ठूला १० विमानस्थल प्रस्तुत… पुरा पढौ

कोरोना संक्रमित भएपछि अमेरिकामा एक शिक्षिकाले विमानको शौचालयमा बिताइन् पाँच घण्टा

अमेरिकाको एक स्कूलकी शिक्षिकाले विमानमा यात्रा गरिरहेका बेला कोरोना संक्रमित भएको थाहा पाएपछि उनले आफूलाई हवाईजहाजको शौचालयमा सेल्फ आइसोलेशनमा राखेको बताइन् । उनले यो सबै आफ्नै मर्जीले गरेको पनि स्पष्ट पारिन् । मारिसा फोशियाले २० डिसेम्बरमा आफूलाई शिकागोबाट आइसल्याण्ड जाने क्रममा घाँटी दुखेको महसुस गरिन् । उनीसँग रेपिड टेस्ट किट थियो त्यसैले उनले त्यति बेला नै आफ्नो कोरोना परीक्षण गराइन् जुन पोजेटिभ आयो । त्यसपछि उनले आफूलाई सेल्फ आइसोलेशनमा राख्ने निर्णय गरिन् । बाँकीको यात्रा शौचालयमा बसेर पूरा गरिन् ।… पुरा पढौ

नयाँ दिल्लीमा समुदायस्तरमा फैलियो ओमिक्रोन भेरियन्ट

नयाँ दिल्ली (भारत) । दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमै पुगेको बताएका छन् । हालैका स्वास्थ्य वैज्ञानिकहरुका अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको अधिकारीहरुले जनाएका उनले बताए । अनुसन्धानबाट ओमिक्रोनको संक्रमण समुदायमा पुगेको पाइएको छ भन्दै उनले यहाँ पछिल्ला समयमा फैलिएको कोरोना संक्रमणका ४० प्रतिशतभन्दा बढी संक्रमितहरु त ओमिक्रोनकै भएको बताए । उनले भने ‘अनुसन्धानबाट यो देखिएको छ कि यहाँका संक्रमितहरुमा ओमिक्रोनको संक्रमण बढी देखिएको छ । त्यस्तो संक्रमण बाहिरबाट आएका मानिस… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com