खेलकूद

विश्वकप खेल्न पाउनु भाग्यमानी ठान्छु : कप्तान रोहित

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सन् २०१४ को ट्वान्टी–२० विश्वकप देशले खेलेको हेर्दै हुर्किएकाले यस पटक विश्वकप यात्रा गर्न पाउँदा आफूलाई भाग्यमानी महशुस गरेको बताउनुभएको छ । शुक्रबार मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई आठ विकेटले हराउँदै जारी आइसिसी विश्वकप छनोट (एसिया क्वालिफायर) को फाइलनमा यात्रा तय गरेसँगै नेपाल सन् २०१४ पछि पहिलो पटक ट्वान्टी–२० विश्वकपमा स्थान बनाउन भयो । त्यो सफलतापछि कप्तान रोहितले सोमपाल कामी र विनोद भण्डारीबाहेक सबै सन् २०१४ कै विश्वकप हेरेर… पुरा पढौ

फिफा महिला विश्वकप-२०२३ को विजेताले कति पाउँछन् पुरस्कार ?

नवौं संस्करणको फिफा महिला विश्वकप भोलि (जुलाई २०) देखि शुरु हुँदैछ । अष्ट्रेलिया र न्युजिल्यान्डमा एक महिनासम्म सञ्चालन हुने उक्त प्रतियोगिता अगस्ट २० सम्म चल्नेछ । प्रतियोगिता यी दुई देशका ९ सहरका १० रंगशालामा सञ्चालन हुनेछ । प्रतियोगिता अष्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसबेन, एडिलेड र पर्थमा र न्यूजिल्याण्डको अकल्याण्ड, वेलिंगटन, डुनेडिन र ह्यामिल्टनमा हुनेछ । विजेताले कति पाउँछन् पुरस्कार ? महिला विश्वकप फुटबल विजेताले ११० मिलियन डलर (१४ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी) पाउनेछन् । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले २०२३ महिला… पुरा पढौ

प्रदेश खेलकुद गण्डकीले खेलकुद कार्यक्रममा खादा र दोसल्ला प्रयोग नर्गने

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले खेलकुद कार्यक्रम तथा प्रतियोगिताहरुमा खादा र दोसल्लाको प्रयोग नर्गने भएको छ । परिषदको पाँचौ पूर्ण बैठकले कुनै पनि खेलकुद प्रतियोगिता तथा कार्यक्रमहरुमा अनावश्यक रुपमा प्रयोग हुने खादा र दोसल्लालाई निरुत्साहित गर्ने भएको हो । परिषद तथा सो अन्तर्गत गठित जिल्ला खेलकुद विकास समितिले आयोजना गर्ने तथा परिषद तथा समितिले प्रतियोगिता आयोजना गर्दा आर्थिक सहयोग गर्ने कुनै पनि प्रतियोगिता तथा कार्यक्रमहरुमा खादा र दोसल्ला प्रयोग नर्गन परिषदले भनेको छ । सो बारे जानकारी दिंदै परिषदका… पुरा पढौ

ड्रागन बोट रेसको उपाधि चिनिया टिमलाई

पोखरा । पोखरामा आयोजना गरिएको नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’ प्रतियोगितामा नेपाली टोली उपविजेतामा सीमित भएको छ । फेवातालमा यही जेठ ८ देखि सुरु बोट रेसको आज सम्पन्न फाइनलमा चीनको सिचुवान ड्रागन बोर्ट टिमले दुई सय र पाँच सय मिटरको दुवै विधामा च्याम्पियन बन्न सफल भयो । नेपाली टिम ‘नारा ड्रागन बोट टिम’ले दुवै विधामा उपविजेता हुन सफल भएको छ । च्याम्पियन बनेको सिचुवान ड्रागन बोट टिमले दुवै इभेन्टमा गरी रु पाँच लाख ५० हजारका दरले रु ११ लाख नगद… पुरा पढौ

खेल्न नथाल्दै अमेरिकी फुटबलमा देखिन थाल्यो मेस्सीको प्रभाव

लियोनल मेस्सीले इन्टर मायामीबाट खेल्ने सम्झौतालाई अन्तिम रुप दिनै बाँकी छ। तर, मेजर लिग सकर (एमएलएस) मा उनको प्रभाव देखिन थालिसकेको छ। यसअघि पनि अमेरिकाको फुटबलले ठुल्ठूला नामहरुलाई स्वागत गरेकै थियो। डेविड बेक्ह्याम, ज्लाटन इब्राहिमोभिक, वायन रुनी र पेलेसम्मले अमेरिकामा खेलिसकेका छन्। तथापि, अमेरिकामा यी सबैको भन्दा ठूलो प्रभाव मेस्सीले पार्ने सम्भावना ज्यादा छ। फिलाडेल्फिया युनियनका प्रमुख प्रशिक्षक जिम कर्टिन भन्छन्, ‘यो एमएलएसको इतिहासमा सायद सबैभन्दा ठूलो दिन हो।’ मेस्सी आउने भएपछि सामाजिक सञ्जालमा फलोअर्सको संख्या ह्वात्तै बढ्दा इन्टर मायामीलाई… पुरा पढौ

मिस्टर पोखराको उपाधि कास्कीका केसीलाई

पोखरा ११, चैत ।  दोश्रो संस्करणको मिस्टर पोखराको उपाधि कास्कीका निश्चल केसीले जितेका छन्। पोखरा सभागृह हलमा शुक्रबार बेलुका अबेर सम्पन्न भएको एनएफबीएफ सिटि जिम दोश्रो मिस्टर पोखरा शारीरिक सुगठनको उपाधि जितेका केसीले अन्य ५ जना प्रतियोगिहरुलाई फाइनल राउण्डमा पछि पार्दै ट्रफी सहित नगद एक लाख ५० हजार पुरस्कार प्राप्त गरे । उनी पोखरा विन्ध्यवासिनी स्थित मोन्स्टर जिमका खेलाडी हुन्। केसीले ७५ केजी तौल समुहमा समेत उपाधि हात पारे । ७५ केजी तौल समुहमा सुरज विके दोश्रो र कृष्ण भण्डारी… पुरा पढौ

तेश्रो शितल ज्योति कप अन्र्तगत आइतबार ६ खेल सम्पन्न

पोखरा २१, फागुन, तेश्रो शितल ज्योति कप सेभेन ए साइड फुटवल प्रतियोगितामा अन्र्तगत आइतबार पहिलो चरणका ६ खेलहरु सम्पन्न भएका छन्। शितल ज्योति युवा क्लवको आयोजनामा पोखराको अम्मरसिंह खेल मैदानमा आइतबार भएको खेलमा तिला फुटवल क्लव, दीप यूनाइटेड, इलाइट एफ.सी., भद्रकालि एफ.सी., बी थट्टीन र कमल पोखरी बीले जित हासिल गरेका छन्।   आइतबारको पहिलो खेलमा तिला एफ.सी.ले जेम्स एफ.सीलाई ४—० को एकतर्फी फराकिलो गोल अन्तरले पराजित गर्यो । तिलाको जितमा अविशेक थापा, बादल रानाभाट, सन्जु मगर र रविन तामाङले… पुरा पढौ

चैत १० र ११ गते मिस्टर पाेखरा हुने

पोखरा । कास्की बडिबिल्डिङ एण्ड फिटनेश एसोशिएसनले चैत १० र ११ गते दाेस्राे NFBF मिस्टर पाेखरा आयोजना गर्ने भएको छ । एसोशिएसनका अध्यक्ष राकेश जाेशीकाे अध्यक्षतामा बसेकाे बैठकले गण्डकी प्रदेश  लुम्बिनी प्रदेश कर्णली प्रदेश सुदूरपश्चिम प्रदेश स्तरीय दाेस्राे NFBF मिस्टर पाेखरा विशेष कारणवस पूर्व निर्धारित मिति परिवर्तन गरि २०७९ चैत १० र ११ गते सम्पन्न गर्ने निर्णय गरिएको कास्की बडिबिल्डिङ एण्ड फिटनेश एसोशिएसनका सह सचिव प्रकाश पौडेलले जानकारी दिए । पुरा पढौ

कतार विश्वकपमा कसले कति पुरस्कार राशी घर लगे ?

कतारमा आयोजित फिफा विश्वकप फुटबलको महाकुम्भ सकिएको छ । आइतवार राति भएको रोमाञ्चक खेलमा साबिक विजेता फ्रान्सलाई हराएर अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि चुमेको छ । कतारमा आयोजकको हैसियतमा कतार र छनोट भएर आएका ३१ राष्ट्रले विभिन्न ६४ खेल खेलेका थिए । विश्वकपमा विजेताले मात्रै होइन सहभागी हरेक टिमले धेरथोर नगद पुरस्कार पाउँछन् । विश्वविजेता अर्जेन्टिनाले फिफा विश्वकप ट्रफी पाएको छ । यो ट्रफीको मूल्य २ करोड डलर बराबर छ । १८ क्यारेटको सुन जडित उक्त ट्रफीको तौल ६.१ किलोग्राम… पुरा पढौ

विश्वकप जितेपछि सन्यास लिने मुडमा छैनन् मेसी

दोहा (कतार) । कतारमा चलिरहेको पुरुषतर्फको फिफा विश्वकप फुटबलमा लियोनल मेसीको टिमले उपाधि चुमेको छ । विश्वकप जारी रहँदा यो उनको अन्तिम अन्तरराष्ट्रिय प्रतियोगिता हुने अनि यही मञ्चमा उनले संन्यासको घोषणा गर्ने अनुमान गरिएकाे थियो । तर, आइतबार रातिको जितपछि मेसीले आफ्नो अन्तरराष्ट्रिय करियरलाई निरन्तरता दिने भएका छन् । मेसीको साहारामा अर्जेन्टिनाले कतारमा सन् १९८६ यता पहिलो पटक उपाधि चुमेको छ । योे जितको गर्वमा थप केही समय देशका लागि खेल्ने उनकाे भनाइ छ । लुसेल रंगशालामा कुनै-कुनै क्षणमा अन्तिम… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com