रोचक समाचार

पोखरामा गाईले नब्याउँदै दूध दिन थालेपछि सबै दङ्ग

पोखरा । पोखरा महानगरपालिका—२१ फेदीपाटनका मुक्ति पौडेल कात्तिकको अन्तिममा व्याउनुपर्ने गाईले छ महिनाअघि नब्याउँदै दूध दिन थालेपछि दङ्ग हुनुहुन्छ । विसं २०७७ माघ २ गते परम्परागत तवरले बहर लगाएर प्रजनन् गराइएको गाई आगामी कात्तिकमा व्याउने भन्दै ढुक्क बनेका पौडेललाई जेठको २६ गते राति एकाएक गाईको थुनबाट दूध गोठमा आपैmँ झरेको देख्दा अचम्भित बन्नुभयो । साढे दुई वर्षको मिनिजर्सी सो बाच्छीले त्यसयता प्रत्येक दिन बिहान बेलुका दुई/ दुई लिटरका दरले दूध दिन थालेपछि यतिखेर उहाँको घरमा गाई हेर्न छिमेकीहरु पुग्न थालेका… पुरा पढौ

एकैपटक १० वटा बच्चा जन्माएको खबरबारे यस्तो निस्कियो वास्तविकता

दक्षिण अफ्रिकामा खुसियामी सिटोले नामकी महिलाले एकैपटक १० वटा बच्चा जन्माएको भन्ने दाबी झुटो साबित भएको त्यहाँका अधिकारीले बताएका छन् । गौतेंग प्रान्तका अधिकारीले राज्यका कुनै पनि अस्पतालमा एकैपटक १० बच्चा जन्मिएको कुनै रेकर्ड नभएको जानकारी दिएका छन् । खुसियामी सिटोले हालै गर्भवती समेत नभएको अधिकारीले खुलासा गरेका छन् । हाल यी महिलाको ‘मेन्टल हेल्थ एक्ट’ अन्तर्गत हेरविचार गरिँदैछ र उनलाई हर सम्भव मद्दत प्रदान गरिएको छ । आधिकारिक बयानमा १० बच्चाको जन्मको झुटो कहानी बुन्नुको पछाडिको कारणबारे जानकारी दिइएको… पुरा पढौ

हरेक व्यक्तिको जीवनमा आमा समान हुन्छन् चार स्त्री, सधैँ गर्नुपर्छ सम्मान

आचार्य चाणक्य भन्छन् कुनै पनि महिलाको अपमान गर्नु वा महिलामाथि खराब नियत राख्नु घोर पाप हो । त्यस कारण प्रत्येक व्यक्तिले महिलालाई सम्मान गर्नुपर्दछ। एक महिलाबाट नै व्यक्तिको जन्म हुन्छ । हरेक व्यक्तिको जीवनमा जन्म दिने आमाको स्थान सबैभन्दा माथि हुन्छ । किनभने एक आमा आफ्नो सन्तानको खुसी र सुरक्षाको लागि सबै कुरा त्याग गर्न तयार हुन्छिन् । तर आमा बाहेक पनि व्यक्तिको जीवनमा चार यस्ता महिला हुन्छन् जो उसको आमा समान हुन्छन् । व्यक्तिले बिर्सिएर पनि उनीहरूलाई अपमान गर्नु… पुरा पढौ

सैतीस वर्षीया महिलाले जन्माइन् एकै पटक दश सन्तान !

एजेन्सी, जेठ २७ । दक्षिण अफ्रिकामा एक महिलाले एकै पटकमा १० वटा बच्चा जन्माएकी छन् । सम्भावतः एकै पटक यति धेरै बच्चा जन्मिएको यो नै नयाँ कीर्तिमान हुन सक्ने पनि जनाइएको छ । पहिला स्क्यान गर्दा गर्भमा आठ वटा मात्र बच्चा देखिए पनि १० वटा जन्मिँदा आफू छक्क परेको गोसियामे थमारा सिथोलेका पतिले जनाएका छन् । प्रिटोरीआ न्यूजमा टेबोहो सोतेत्सीले उधृत गर्दै बीबीसीले लेखेको छ, ‘सात छोरा र तीन छोरी छन् । म खुसी छु, म भावुक भएको छु ।… पुरा पढौ

कोरोनाले चलचित्र उद्योग धरासायी, पुनरुत्थान कार्यक्रम माग

काठमाडौँ । विसं २०७६ चैतदेखि कोरोना महामारी फैलिएसँगै नेपाली चलचित्र उद्योग धरासायी भएकाले यसको पुनरुत्थानका लागि आवश्यक कार्यक्रम बनाइनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउण्डेशनले जुम प्रविधिबाट आयोजना गरेको ‘कोरोना महामारी ः नेपाली चलचित्र’ क्षेत्र विषयक छलफल कार्यक्रममा चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले सन् २००८ देखि डिजिटल प्रविधिमा गएपछि चलचित्र उद्योग राम्रो चल्न थालेकामा भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता कारणले धरासायी अवस्थामा पुगेको बताउनुभयो । भूकम्पपछि गति लिँदै गएको चलचित्र उद्योगमा कोरोनाका कारण एक वर्षमा रु एक अर्बभन्दा… पुरा पढौ