प्रमुख समाचार

भारद्वाज गोत्रीय सुवेदी खत्री कुल सेवा समाज पोखरा २५ हेम्जाको अधिवेशन सम्पन्न

पोखरा । भारद्वाज गोत्रीय सुवेदी खत्री कुल सेवा समाज पोखरा २५ हेम्जाको नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले यान बहादुर खत्रीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसर्मत चयन गरेको छ । समितको उपाध्यक्षमा प्रेम बहादुर खत्री, महासचिबमा विष्णु मायाँ खत्री सचिवमा मेजन बहादुर खत्री कोषाध्यक्षमा गणेश बहादुर खत्री त्यसैगरी सदस्यहरुमा नारन बहादुर खत्री,श्याम बहादुर खत्री,सरस्वती खत्री,कमल खत्री,महेन्द्र बहादुर खत्री र नवराज केसी रहेका छन् । कार्यक्रमको उद्दघाटन गद्र्रे भारद्वाज गोत्रीय सुवेदी खत्री कुल सेवा समाज पोखरा २५ हेम्जाका अध्यक्ष केशव… पुरा पढौ

अमेरिकाले युक्रेनलाई थप २५ करोड डलर बराबरको सैन्य सहयता दिने

वासिङ्टन । ह्वाइट हाउसले युक्रेनका लागि २५ करोड अमेरिकी डलर बराबारको सैन्य सहायतालाई मन्जुरी दिएको छ । यसमा हवाई सुरक्षा, आर्टिलरी र साना हतियारका गोलीगट्ठा र एन्टी–ट्याङ्क हतियारहरू रहेको अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन् । अमेरिकाको संसद्ले अनुमति दिनुअघिको यो अन्तिम सैन्य सहायता हो । हाल यस विषयमा छलफलमा गतिरोध देखिएको छ । यसअघि युक्रेनले थप सैन्य सहायता नपाए युद्धमा आफ्नो प्रयास जोखिममा रहेको बताउँदै आएको थियो । अमेरिका र युरोपबाट थप सैन्य सहायतामा ढिलाइ हुँदा पूर्वमा युक्रेनको जवाफी कारबाही… पुरा पढौ

ट्रम्पलाई सन् २०२४ को मतदानमा रोक लगाउने विपक्षीको प्रयास असफल

सन् २०२१ मा अमेरिकी संसद भवनमा भएको आक्रमणमा डोनाल्ड ट्रम्पको भूमिकालाई लिएर आगामी वर्ष हुने पहिलो चरणको मतदान डोनाल्ड ट्रम्पलाई सहभागी हुनबाट रोक्ने विपक्षीहरूको प्रयासलाई असफल भएको छ । सन् २०२० मा आफ्नो पराजय उल्टाउने ट्रम्पको प्रयास र वासिङ्टनमा भएको दङ्गाले उनलाई पुनः चुनाव लड्न अयोग्य बनाउने कि नबनाउने भन्ने निर्णय गर्न न्यायाधीशहरूले निर्वाचन अधिकारीहरूलाई बाध्य पार्नुपर्ने पूर्व राष्ट्रपति ट्रम्पका विरोधीहरूको माग थियो । तर उच्च अदालतको संक्षिप्त फैसला भनिएको छ, ‘मिचिगनमा फेब्रुअरी २७ मा हुने राष्ट्रपतीय प्राइमरीको पूर्वसन्ध्यामा प्रस्तुत… पुरा पढौ

बक्यौता नतिर्ने उद्योगको लाइन काट्दै जान्छौँ : कार्यकारी निर्देशक घिसिङ

काठमाडौं, पुस १२ गते । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ट्रंक र डेडिकेटेड लाइनको महसुल नतिर्ने उद्योगको लाइन सामूहिक निर्णयबाट काटिएको दाबी गर्नुभएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्नुहुँदै कार्यकारी निर्देशक घिसिङले सरकार, अदालत र संसदीय समितिको निर्णय र निर्देशनमा काटेको महसुल नतिर्नेहरूको लाइन काटेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘‘२०७७ चैत्र १७ मा निर्देशन दिइएको छ । लेखा समितिले दुई तीन वटा निर्देशन कडा रूपमा दिएको छ । नेविप्राबाट डेडिकेटेड लाइनको हकमा प्राधिकरणका सञ्चालक समितिको ७२–३–१२… पुरा पढौ

राहुल गान्धीले मणिपुरदेखि मुम्बईसम्म भारत न्याय यात्रा निकाल्ने

कांग्रेस आईका नेता राहुल गान्धीले मणिपुरदेखि मुम्बईसम्म भारत न्याय यात्रा निकाल्ने भएका छन् । यो यात्रा १४ जनवरीबाट सुरु हुनेछ र २० मार्चसम्म जारी रहनेछ। कांग्रेस महासचिव केसी वेणुगोपालले बुधबार पत्रकार सम्मेलन गरेर यो भ्रमणको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा उनले भने, ‘डिसेम्बर २१ मा, कांग्रेस कार्यकारिणी समितिले राहुल गान्धीले पूर्वदेखि पश्चिमसम्म यात्रा गर्नु पर्छ भन्ने राय दिएको थियो। राहुल गान्धीले पनि कांग्रेस कार्यसमितिको राय स्वीकार्दै यात्रा गर्न राजी भए। अखिल भारतीय कांग्रेस कमिटीले जनवरी १४ देखि मार्च २०… पुरा पढौ

हाम्रो पर्यटकीय स्थललाई विश्वबजारमा प्रवर्द्धन गर्नुपर्छ : राष्ट्रपति पौडेल

गलकोट, पुस ११ गते । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भएकाले त्यसमा लगानी गर्न उद्यमी-व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “विश्व पर्यटन बजारमा नेपालका पर्यटकीय स्थलको प्रवर्द्धन गरी यस क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारका रूपमा स्थापित गर्न सकिन्छ ।” बागलुङ उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको सातौँ बागलुङ महोत्सवको उद्घाटन समारोहमा राष्ट्रपति पौडेलले पर्याप्त भौतिक पूर्वाधार निर्माण गरी पर्यटक भित्र्याएर आयआर्जन गर्न सकिने प्रशस्त सम्भावना रहेको बताउनुभयो । राष्ट्रपति पौडेलले मध्यपहाडी लोकमार्गको काम… पुरा पढौ

एयर अरेबियाले काबुलमा दैनिक उडान सुरु गर्ने

दुबई । एयर अरेबियाले बुधबार काबुलका लागि दैनिक उडान गर्ने घोषणा गरेको छ र यो अफगानिस्तानको राजधानी काबुलमा सेवा प्रदान गर्ने संयुक्त अरब इमिरेट्स (युएई) को दोस्रो एयरलाइन बनेको छ । शारजाहस्थित बजेट क्यारियरले जनवरी १० देखि दिनको एक पटक काबुलबाट लगातार उडान भर्नेछ । समूहका प्रमुख कार्यकारी अधिकृत अदेल अल अलीले भने,'यो सेवाले यात्रुहरूलाई मूल्यमा आधारित र किफायती हवाई यात्राका साथै अन्वेषण गर्न नयाँ गन्तव्यहरू प्रदान गर्नको लागी हाम्रो निरन्तर समर्पणको प्रमाण हो ।' सन् २०२१ मा अमेरिकी सेना… पुरा पढौ

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन घट्यो

लमजुङ । जिल्लाको बेंसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाट क्षमताको मध्य–मर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटेको छ । मर्स्याङ्दी नदीमा पानीको मात्रा घटेपछि हाल आयोजनाबाट ४० मेगाावाट मात्र बिजुली उत्पादन भइरहेको छ । मध्य–मस्र्याङ्दी जलविद्युत् आयोजनाका प्रमुख पवन बस्नेतका अनुसार मर्स्याङ्दीमा आयोजनालाई आवश्यक पानी नहुँदा ३० मेगावाट बिजुली उत्पादन घटेको हो । गत मङ्सिरको शुरुआतदेखि नै विद्युत् उत्पादन घट्न थालेको उनले बताए । ‘आगामी फागुनसम्म नै बिजुली उत्पादन घट्दै जाने देखिन्छ,’ उनले भने । मध्य–मर्स्याङ्दी आयोजना सन् २००८ मा निर्माण सम्पन्न… पुरा पढौ

एउटै वडामा करीब तीन करोडको सुन्तला उत्पादन

दमौली (तनहुँ) । तनहुँको एक पालिकाको एउटै वडाबाट यो वर्ष करीब रु तीन करोड बराबरको सुन्तला उत्पादन भएको छ । देवघाट गाउँपालिका–३ का विभिन्न ठाउँबाट यस वर्ष उक्त मूल्य बराबरको सुन्तला उत्पादन भएको हो । उक्त वडाको नौ वटा टोलमा व्यावसायिकरूपले सुन्तला खेती भइरहेको छ । गत वर्ष पनि रु तीन करोड बराबरको सुन्तला विक्री गरेका यहाँका कृषकले अहिले पनि सोही हाराहारीमा सुन्तला विक्री गर्ने तयारी गरेको सुन्तला उत्पादक कृषक भीमबहादुर थापाले जानकारी दिए । यहाँका कृषकको मुख्य आम्दानीको स्रोत… पुरा पढौ

रास्वपाको नारायणगढ-बुटवल दबाब यात्रा

नवलपुर, पुस ९ गते । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नारायणगढ-बुटवल खण्ड विस्तारमा ढिलाइ भएको भन्दै ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा सुरु गरेको छ । पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा आज नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटस्थित भृकुटीचोकबाट दबाबमूलक पदयात्राको सुरुवात गरिएको हो । दबाब यात्रा सुरु हुनु अगाडि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले निर्धारित समयमा सडक विस्तार नहुँदा स्थानीयलाई समस्या परेको भन्दै सडक चाँडो निर्माण गराउन दबाब दिन यात्रा सुरु गरिएको बताउनुभयो । “यो बाटो बनेको छैन, विकास… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com