प्रमुख समाचार

यी हुन् २०२१ का विश्वकै सर्वाधिक १० ठूला विमानस्थल

विमानस्थलहरु भनेको एक मुलुकबाट अर्को मुलुकमा जाने राम्रो द्वार हुन् । यो पनि हवाई यात्रामा जानेहरूका लागि । उड्डयन केन्द्रहरूले विमानका लागि पूर्वाधार उपलव्ध गराउछ । यसले आप्रवासन,कार्गो लगायतका सामग्री ओसार पसार गर्छ । कोभिड–१९ सुरु हुनु अगाडि यात्रुको संख्यामा भएको वृद्धिले धेरै विमानस्थलहरु बढी भीडभाडयुक्त भएका थिए । यसका लागि विमानस्थलको आकारमा पनि वृद्धि हुनु आवश्यक थियो । त्यसैले कतिपय विमानस्थल हरुले आफ्नो आकारलाई पनि बढाएका छन् । हामीले यहाँ क्षेत्रफलका आधारमा २०२१ मा विश्वकै ठूला १० विमानस्थल प्रस्तुत… पुरा पढौ

कोरोना संक्रमित भएपछि अमेरिकामा एक शिक्षिकाले विमानको शौचालयमा बिताइन् पाँच घण्टा

अमेरिकाको एक स्कूलकी शिक्षिकाले विमानमा यात्रा गरिरहेका बेला कोरोना संक्रमित भएको थाहा पाएपछि उनले आफूलाई हवाईजहाजको शौचालयमा सेल्फ आइसोलेशनमा राखेको बताइन् । उनले यो सबै आफ्नै मर्जीले गरेको पनि स्पष्ट पारिन् । मारिसा फोशियाले २० डिसेम्बरमा आफूलाई शिकागोबाट आइसल्याण्ड जाने क्रममा घाँटी दुखेको महसुस गरिन् । उनीसँग रेपिड टेस्ट किट थियो त्यसैले उनले त्यति बेला नै आफ्नो कोरोना परीक्षण गराइन् जुन पोजेटिभ आयो । त्यसपछि उनले आफूलाई सेल्फ आइसोलेशनमा राख्ने निर्णय गरिन् । बाँकीको यात्रा शौचालयमा बसेर पूरा गरिन् ।… पुरा पढौ

नयाँ दिल्लीमा समुदायस्तरमा फैलियो ओमिक्रोन भेरियन्ट

नयाँ दिल्ली (भारत) । दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमै पुगेको बताएका छन् । हालैका स्वास्थ्य वैज्ञानिकहरुका अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको अधिकारीहरुले जनाएका उनले बताए । अनुसन्धानबाट ओमिक्रोनको संक्रमण समुदायमा पुगेको पाइएको छ भन्दै उनले यहाँ पछिल्ला समयमा फैलिएको कोरोना संक्रमणका ४० प्रतिशतभन्दा बढी संक्रमितहरु त ओमिक्रोनकै भएको बताए । उनले भने ‘अनुसन्धानबाट यो देखिएको छ कि यहाँका संक्रमितहरुमा ओमिक्रोनको संक्रमण बढी देखिएको छ । त्यस्तो संक्रमण बाहिरबाट आएका मानिस… पुरा पढौ

कमल थापा र झ्याम्पा जोडी ५५ वर्ष माथिको च्याम्पियन

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी १८ औं माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा ५५ वर्ष माथिको डबल्स स्पर्धामा नेपालका भेट्रान्स च्याम्पियन कमल थापा र झ्याम्पा ढुण्डुपको जोडी प्रथम हुन सफल भयो । अत्यन्तै प्रतिस्प्रधात्मक खेलमा थापा जोडीले कृष्ण घले र राजु श्रेष्ठको जोडीमाथि २–६, ६–२ र ११–९ संघर्षपूर्ण जित दर्ता गरे । ६५ वर्ष माथिको फाइनलमा विदुर विष्टले विष्णु गुरुङ्गलाई ४–०, ४–१ को सोझो सेटमा पराजित गर्दै प्रथम स्थान हाँसिल गर्न सफल भए । नेपालकै… पुरा पढौ

पुटिन र वाइडेनबीच फोन वार्ता

युक्रेनसँगको बढ्दो तनावका बीच रुसी राष्ट्रपति भ्लादमिर पुटिन र अमेरिकी राष्ट्रपति जो वाइडेनबीच टेलिफोनमा कुराकानी भएको छ । दुई नेताबीच बिहीबार टेलिफोनमा कुराकानी भएको समाचार एज्न्सी एएफपीले जनाएको छ । राष्ट्रपति पुटिनले वाइडेनसँग दुई देशबीच सकारात्मक वार्तालापबारे आफू पूर्ण विश्वस्त रहेको बताए । यस महिनामा दोस्रोपटक पुटिन र वाइडेनबीच कुराकानी भएको हो । ​क्रेमलिनको तर्फबाट जारी गरिएको विज्ञप्तिमा कुराकानीको पहल पुटिनले गरेको उल्लेख गरिएको छ । यसअघि नै ह्वाइट हाउसका एक अधिकारीले दुई देशका बीचमा सुरक्षा र युरोपको स्थितिबारे छलफल… पुरा पढौ

पूर्वराष्ट्रपति गनीको बयान : अफगानिस्तान छाडेर यसरी भागेँ

अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ गनीले देश छाडेर भागेको दिनको विवरण सार्वजनिक गरेका छन्। बीबीसीको एक कार्यक्रममा कुरा गर्दै गनीले आफ्नो सो निर्णयको बचाउ पनि गरेका छन्।अगस्ट १५ का दिन गनी देश छाडेर भागेका थिए। सोही दिन राजधानी काबुल तालिबानको कब्जामा गएको थियो। गनी भागेपछि थुप्रैले उनको चर्को आलोचना गरेका थिए। तर, गनीले काबुललाई विनाशबाट बचाउन आफू भागेको तर्क गरेका छन्। १५ अगस्टको बिहान निद्राबाट ब्युँझिँदा त्यो अफगानिस्तानमा आफ्नो अन्तिम दिन हुनेछ भनेर आफूलाई अलिकति पनि नलागेको उनको भनाइ छ। तर, अपर्झट… पुरा पढौ

भारतमा कोरोना संक्रमण बढ्दै, मुम्बइमा सार्वजनिक कार्यक्रममा प्रतिबन्ध

एजेन्सी । भारतमा कोरोना संक्रमण बढ्दै गएको छ । एकैदिन १३ हजार बढी संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १३ हजार बढी संक्रमित थपिंदा झण्डै १ हजार ओमिक्रोन भेरिन्टका रहेको जनाइएको छ । केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयका अनुसार यस अवधिमा थप २६८ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैबीच, संक्रमण बढ्दै गएपछि मुम्बइमा सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । यहाँ कोरोना भाइरसको प्रकोप बढेपछि यहाँका सार्वजनिक स्थलहरुमा हुने विविध कार्यक्रमहरुमा प्रतिबन्ध लगाइएको बताइएको… पुरा पढौ

अमेरिकाको न्युयोर्कमा गायक राजेश पायल राईको उपस्थितिमा भव्य कार्यक्रम हुँदै

चर्चित गायक राजेश पायल राईलाई न्युर्योकमा भव्य स्वागत गरिएको छ ।हाल अमेरिकामा रहेका चर्चित गायक राजेश पायल राईको प्रस्तुति सहित न्युयोर्कको क्विन्समा भव्य कार्यक्रमको आयोजना गरिन लागिएको छ ।बुद्ध ट्याक्स एकाउन्टिङका संस्थापक पशुपति श्रेष्ठको आयोजनामा यहि ३१ डिसेम्बर (शुक्रवार) का दिन बेलुका ६ बजे क्विन्स प्लेस हल at-37-11 57 th street woodside New York मा भव्य सांगितीक कार्यक्रमको आयोजना गरिन लागिएको हो ।उक्त कार्यक्रममा गायक राईसँगै आदित्य लामा, प्रेम गुरुङ र संयुक्ता श्रेष्ठले पनि आफ्नो प्रस्तुति दिनेछन् । सुमन लिम्बु… पुरा पढौ

तेर्सापट्टीमा नेवारी परिकार उत्सब सम्पन्न

पोखरा । तेर्सापट्टी बुहारी समूहको आयोजनामा नेवारी परिकार उत्सव सम्पन्न भएको छ । समूहले नेवारी खानाको संस्कृति बचाउन नेवारी परिकार उत्सब गरेको हो । फेस्टिभलमा आयोजक बुहारी समुहले कार्यक्रम स्थलमै परिकार बनाउने तालिम पनि प्रदान गरेको थियो । उक्त कार्यक्रमको शुभारम्भ गर्दै नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले भाषा, संस्कार र संस्कृति नयाँ पुस्तालाई पनि हस्तान्तरण गर्दै लैजानुपर्ने बताउनुभयो । नेवाः खल कास्कीले नेवारी संस्कृति जगेर्नाका लागि जागरण अभियान चलाएको स्मरण गर्दै कास्कीका विभिन्न भेगमा अहिले नेवारी परम्परालाई जिवन्त राख्न… पुरा पढौ

महामन्त्रीको कार्यकारी भूमिकामा विश्वप्रकाश र गगनबीच ‘जेन्टलम्यान एग्रिमेन्ट’

केशव सावद । नेपाली कांग्रेसका सिनियर नेतामाथि नै प्रश्न गरेर स्थापित युवा नेताद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापा अहिले आफैँ जवाफ दिने ठाउँमा पुगेका छन्। पार्टीलाई विधि–विधानअनुसार सञ्चालन गर्नुपर्ने भन्दै नेतृत्वमाथि खबरदारी गर्दै आएका उनीहरू १४ औँ महाधिवेशनबाट महामन्त्री भएका हुन्। महामन्त्री बनेपछि शर्मा र थापाको भूमिकाले आगामी दिनमा कांग्रेस सशक्त पार्टीका रुपमा आउने युवा पुस्ताका नेता–कार्यकर्ताले अपेक्षा गरेका छन्। उनीहरुको अपेक्षा पूरा गर्नकै लागि शर्मा र थापाले विधानअनुसार निर्वाह गर्नुपर्ने कार्यकारी भूमिका ‘आलोपालो’ प्रणाली अपनाउने समझदारी गरेका छन्। पुस… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com