समाचार

एमाले सचिवालय बैठक च्यासलमा सुरु
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक  सुरु भएको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ । बैठकमा पार्टीको विधान महाधिवेशनको एजेण्डामा आजदेखि औपचारिक छलफल सुरू हुँदेछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार साउन २ र ५ गते बस्ने पोलिटब्युरो र केन्द्रीय...
साउने संक्रान्ति पर्व आज मनाइँदै
आज साउन १ गते । साउने  सङ्क्रान्ति पर्व आज  मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । १ माघमा सुरु हुने उत्तरायण र १ साउनमा सुरु हुने दक्षिणायनका...
गण्डकीमा उद्योग, शिक्षालय र प्रशिक्षार्थी पुरस्कृत
पोखरा । गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोज. ना’ अन्तर्गत औद्योगिक प्रशिक्षार्थी तालिम (अपे्रन्टिशीप) कार्यक्रमका उत्कृष्ट शिक्षालय, उद्योग र प्रशिक्षार्थीलाई एक कार्यक्रममा सम्मान गरिएको छ । शिक्षालय तर्फ निर्मल मावि, व्यास तनहुँ प्रथम घोषित हुँदै रु ५० हजारसहित सम्मानित भयो भने धवलागिरी बहुप्राविधिक...
तीन लाख घुस सहित वडाध्यक्ष पक्राउ
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख घुस रकम सहित रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष जनार्दन यादवलाई पक्राउ गरेको छ । योजनाहरूको निर्माण कार्य सम्पन्न पश्चात् भुक्तानी सिफारिस गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग मोलमोलाइ गरी तीन लाख घुस लिने क्रममा उनलाई पक्राउ गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो । उनलाई थप...
कास्कीमा अनिवार्य तथा निशुल्क शिक्षाको कार्यान्वयनका लागि अन्तरक्रियाकास्कीमा अनिवार्य तथा निशुल्क शिक्षाको कार्यान्वयनका लागि अन्तरक्रिया
कास्कीमा अनिवार्य तथा निशुल्क शिक्षाको कार्यान्वयनका लागि अन्तरक्रिया
पोखरा । कास्की जिल्लामा अनिवार्य तथा निशुल्क शिक्षाको कार्यान्वयनका लागि सरोकारवालासँग सोमबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल सरकारले २०८५ साल वैशाख १ गतेबाट लागू हुने गरी अनिवार्य तथा निशुल्क शिक्षाको प्रावधान कार्यान्वयनको तयारी थालेको सन्दर्भमा कास्कीमा यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा जिल्ला शिक्षा समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर...
२५ वर्षअघि भएको हत्याका दुई फरार दोषी काठमाडौँबाट पक्राउ
पोखरा ।  गण्डकी प्रदेश प्रहरी कार्यालयबाट खटिएको  टोलीले  २५ वर्षअघि म्याग्दीको धौलागिरी गाउँपालिका–३ (म्याग्दी) मा भएको एक हत्याका दुई फरार अभियुक्तलाई काठमाडौँको तारकेश्वर नगरपालिका–१ बाट पक्राउ गरेको छ । वि.सं. २०५७ कात्तिक २८ गते (सन् २००० नोभेम्बर १४) राति, तत्कालीन २४ वर्षीय स्थानीय बासिन्दा गमपे पाइजालाई घरको मन्छेडी (ढिँडो कुट्ने काठे थाम) मा बाँधी घरेलु हतियार बन्चरोले प्रहार गरी हत्या गरिएको...
बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु
पश्चिम नवलपरासी । बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा ओभरटेक गर्ने क्रममा मोटरसाइकललाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । पाल्हीनन्दन गाउँपालिका–१, झरही खोलामा भएको दुर्घटनामा प्रतापपुर गाउँपालिका–४, पाचपेडा बस्ने वर्ष २१ का भोला राजभर र रामग्राम नगरपालिका–१५, डिगौल बस्ने वर्ष १८ को राहुल राजभरको मृत्यु...
सिंहदरबारभित्रै हरायो गाडी
काठमाडौ‌ं ।  श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको सवारीसाधन सिंहदरबार परिसरबाटै हराएको छ । मन्त्रालयको स्वामित्वमा रहेको महिन्द्रा स्कोर्पियो–एस फोर (प्रदेश ३–०१–००२ झ ५३६७) नम्बरको सरकारी गाडी सिंहदरबार परिसरबाट हराएको हो । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले हराइरहेको सो गाडी खोजी गरिदिनका लागि गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ काठमाडौँलाई समेत पत्राचार गरिसकेको...
दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु
इटहरी ।  सुनसरीको रामधुनी नगरपालिका–७ चतरा–कान्छी चोक सडकखण्डमा मोटरसाइकल दुर्घटनाहुँदा बाबुछोरासहित तीनको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । गए राति चतरा–कान्छी चोकबाट कालाबन्जारतर्फ जाँदै गरेको को३३प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश१–०२–०५६प ५८६४ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा बाबुछोरासहित तीन जनाको मृत्यु भएको हो । मृत्यु...
योगलाई दिनचर्या बनाउन प्रधानमन्त्रीको आग्रह
पाटन (ललितपुर) । प्रधानमन्त्री केपी शर्मा ओलीले योग मानव जीवनको बहुआयामिक पक्ष भएकाले यसलाई दिनचर्या बनाउने आग्रह गर्नुभएको छ । ‘सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग’ भन्ने नाराका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित ११औँ विश्व योग दिवसमा उहाँले योगको सम्बन्ध मानव जाति र शान्तिसँग रहेको भन्दै योग मानव जातिको कल्याण,...