वैशाख १० देखि वैशाख १२ सम्म हिमालय माध्यमिक विद्यालयको स्वर्ण महोत्सव

-


     नेपालय न्युज    
     वैशाख ८ गते २०८१


कास्की । कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं.७ को उत्तरी भेगमा रहेको हिमालय माविले स्वर्ण महोत्सव मनाउने भएको छ । भिचुक, तोल्का र लान्द्रुक सेवा क्षेत्र भित्र प्राथमिक तह उत्तिर्ण विद्यार्थीहरुको अध्ययनको निम्ति स्थापित विद्यालयले यही वैशाख १०, ११ र १२ गते स्वर्ण महोत्सव मनाउन लागेको हो । यो विद्यालयको स्थापना वि.सं. २०३१ सालमा भएको थियो ।

यो विद्यालय हिमालय निमावि भिचुक तिर्लुंङ्ग नामले तत्कालिन समयमा लुम्ले गाविस वार्ड ८ तिर्लुङ्गमा स्थापना भएको थियो । शुरुमा कक्षा ४ देखि ७ सम्ममात्र सञ्चालित यस विद्यालय पछि तोल्का नागामा सञ्चालित ध्यामुदेउराली प्रावि यसै विद्यालयमा समायोजन गरि कक्षा १ देखि ७ सम्म सञ्चालन गरिएको थियो। स्थापनाको केही वर्षमै तिरलुङमा रहेको विद्यालय पहिरोमा परी क्षति भएपछि हाल मिदिगरा तोल्कामा स्थान्तरण गरियो।

यसरी निमावि तहमा कक्षा १ देखि ७ सम्म मात्र पढाई हुने र निमावि उत्तिर्ण विद्यार्थीहरु मावि अध्ययन गर्न करिब ३ देखी ४ घण्टा पैदल हिँडेर अन्यत्रै जानुपर्ने भएकाले २०४४ सालदेखि कक्षा ८ सञ्चालन गर्न थालियो । २०५१ सालदेखि कक्षा ९ र २०५२ सालदेखि कक्षा १० सञ्चालन गर्न सुरु गरियो।

वि.सं.२०४० सालदेखि २०७१ सालसम्म चन्दा सकंलन गरी विध्यालयको आर्थिक समस्या केहि मात्रामा समाधान भए पनि २०७० सालमा विध्यालयले देऊसी भैलो कार्यक्रम सहित अन्य रुपमा चन्दा सकंलन गरि अक्षयकोष स्थापना गरेर सो रकमबाट अहिले पनि शिक्षकलाई तलब दिनेलगायतको काम भैरहेको छ ।

अन्नपूर्ण गाउँपालिका वडा नं ७ को एकमात्र यस माध्यामिक विध्यालयले विभिन्न चुनौतिहरु सामना गर्दै र समाधान गर्दै २०८१ सालमा विध्यालय स्थापनाको ५०औँ बर्ष पूरा गर्दै गर्दा सो अवसरमा स्वर्ण जयन्ती महोत्सव भव्य तरिकाले मनाउने र सोही अवसरमा दिगो हुने तरिकाले आर्थिक चन्दा संकलन गरि विद्यालय सुधारका योजना सहित शैक्षिक सुधार, भौतिक सुधार, व्यवस्थापकिय मजबुति बनाउने उदेश्यका साथ २०८० साल मंसिर १३ गते बुधबारका दिन विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सघं, विद्यालय सल्लाकार समिति, विद्यालय अनुगमन समिति , बाल क्लब, आमा समुह, युवा सञ्जाल, शिक्षक एवं अभिभावकहरुको संयुक्त भेलाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवराज दुराको संयोजकत्वमा स्वर्ण जयन्ती महोत्सव आयोजक मुल समिती, वडा सदस्य गौ साद गुरुङ्गको संयोजकत्वमा आर्थिक संकलन उप–समिति, भगवान् पौडेलको संयोजकत्वमा प्रचार प्रसार उपसमिति र प्रेमबहादुर गुरुङ्गको संयोजकत्वमा स्वर्ण जयन्ती स्मारिका प्रकासन उप समिति गठन गरि बैसाख १०, ११ र १२ गते त्रिदिवसीय स्वर्ण महोत्सव मनाउन लागेको हो ।

स्वर्ण महोत्सवको अवसरमा विद्यालय स्थापना गर्ने संस्थापकहरु, विद्यालय निर्माणका निम्ती जग्गा दान दिने जग्गादातालगायत १६ जना व्यक्तिहरुलाई मरणोपरांत सम्मान, भूतपूर्ब विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, भूतपूर्ब शिक्षक एवं प्रधानाध्यापक, अक्षयकोष दाता र स्वर्ण जयन्ती कोषमा चन्दा दिने चन्दा दाताहरुलाई सम्मान कार्यक्रम रहेको कुरा प्रचार प्रसार संयोजक भगवान पौडेल र सदस्य राजकुमार
गुरुङ्गले संयुक्त रुपमा जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक शरद सुवेदीका अनुसार स्वर्ण महोत्सवको अवसरमा विद्यालयले अन्नपूर्ण गाउँपालिका मावि स्तरिय छात्र भलिबल प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, वक्तित्वकला र हिसाब दौड लगायतका अतिरिक्त क्रियाकलाप र विविध सांस्कृतिक कार्यक्रमहरुको पनि आयोजना गर्ने भएको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com