प्रमुख समाचार

एघारौ पोखरा महोत्सवको तयारी पुरा

पोखरा २५ पुष ।एघारौ पोखरा महोत्सवको तयारी पुरा भएको छ । युनाईटेड क्लवको आयोजनामा आगामी पुषको २८ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौ संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । पत्रकार सम्मेलनमा वोल्दै युनाईटेड क्लवका अध्यक्ष तथा एघारौ पोखरा महोत्सव मुल आयोजक समारोह समितिका संयोजक राजु श्रेष्ठले महोत्सवको तयारी पुरा भएको वताएका हुन । कोरोना महामारीको विषम परिस्थितीलाई मध्येनजर गरी स्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गरी महोत्सव सञ्चालन… पुरा पढौ

नेपालमा बढे कोरोना संक्रमित, एकैदिन ९ सय ४४ जनामा संक्रमण पुष्टि

पुस २४, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार उक्त अवधिमा ९ हजार ७६२ ओटा पीसीआर परीक्षणमा ६९६ र ३ हजार ५०२ ओटा एन्टिजेन परीक्षणमा २४८ जना गरी जम्मा ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा कोरोना संक्रमणका कारण कसैको मृत्यु भने भएको छैन । यसैगरी उक्त अवधिमा २९७ जना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये हालसम्म ८ लाख १८ हजार… पुरा पढौ

प्रचण्डलाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्रीसहित को को परे ‘कन्ट्याक्ट ट्रेसिङ’मा?

काठमाडौं, पुस २४ गते । प्रधानमन्त्री शेरबहादुर देउवा शनिबारदेखि आइसोलेशनमा बस्नु भएको छ । प्रधानमन्त्रीको सचिवालयका उपसचिव जनकराज भट्टका अनुसार शनिबारदेखि प्रधानमन्त्री आइसोलेशनमा बस्नु भएको हो । उहाँको कोरोना परीक्षण आइतबार हुने भट्टले जानकारी दिनुभयो शुक्रबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेशनमा बस्नु भएको हो । दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै बस्नु भएको थियो । आइसोलेशनमा बस्नु अघि शनिबार बिहान मात्र प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले)… पुरा पढौ

बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनको अन्तरक्रिया कार्यक्रम सम्पन्न

मनोहरि पौडेलपोखरा २४ पुष ।बुद्ध विशाल बजार ब्यापारिक एशोसियसन पोखराका अध्यक्ष केशवबहादुर खत्रीले ब्यवसायी साथीहरुको हकहितको लागी आफुले जस्तोसुकै मुल्य पनि चुकाउन तयार रहेको बताए ।बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनले आयोजना गरेको वनभोज तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष खत्रीले ब्यवसायीहरुको पिर मर्का बुझेको भन्दै आफुले ब्यवसायीको साथीहरुको सकेसम्म समस्या समाधन गर्ने बताए । उनले सबै ब्यवसायीको हकहितको लागी लड्न आफु सधै तयार रहेको बताए । अध्यक्ष खत्रीले बुद्व विशाल बजार लगाएत महेन्द्रपुल क्षेत्रमा ग्राहक बर्गलाई देखिएको पार्किङ समस्यालाई चाडैन समाधान… पुरा पढौ

अमेरिकी लोकतन्त्रको घाँटी निमोठ्ने ट्रम्पको षडयन्त्र सफल भएन : अमेरिकी राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गर्नुभएको छ । अमेरिकी संसद भवनमा आक्रमण भएको दिनको सम्झानामा भएको कार्यक्रममा राष्ट्रपति बाइडेनले ट्रम्पको कार्यशैलीको कडा आलोचना गर्नुभएको हो । गत वर्ष जनवरी ६ मा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक समारोह चलिरहेका बेला तत्कालीन राष्ट्रपति ट्रम्पका समर्थकले संसद भवनमा अक्रमण गरेका थिए । सो घटनापछि ट्रम्पको कडा आलोचना भएको थियो । उहाँले निर्वाचनमा धाँधली गराएर आफूलाई पराजित गरेको भन्दै समर्थकहरुलाई संसद भवनमा आक्रमण गर्न उक्साएको विपक्षीहरुको आरोप छ ।… पुरा पढौ

सीसीएमसी बैठकमा ‘स्मार्ट लकडाउन’ बारे छलफल

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण बढन नदिन स्मार्ट लकडाउन गर्नेबारे कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकमा छलफल भएको छ। शुक्रबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको सीसीएमसी बैठकमा स्मार्ट लकडाउनबारे छलफल भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए। बैठकमा कोभिड भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमणदर बढ्दै गएमा छिट्टै अर्को बैठक बोलाएर स्मार्ट लकडाउन गर्ने विषयमा छलफल भएको उनले बताए। संक्रमितहरुको संख्या बढेर गएमा भिडभाड हुने सिनेमा हल, हिउँदे विदालाई ध्यानमा दिएर विद्यालयहरु बन्द गर्ने जस्ता स्मार्ट लकडाउनका विषयमा पनि… पुरा पढौ

भारतमा एकैदिन १ लाख १७ हजार कोभिड संक्रमित, मुम्बईमा लकडाउनको तयारी

भारतमा कोभिड संक्रमितको संख्या तीव्र बढेको छ । पछिल्लो २४ घन्टामा एक लाख १७ हजार १०० जनामा संक्रमण देखिएको छ । यो अवधिमा ३०४ जनाको कोभिडका कारण मृत्यु भएको छ । भारतमा एक साताअघि दैनिक संक्रमण १० हजार थियो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या बढेको छ । भारतमा २६ राज्यमा ओमिक्रोन भेरियन्ट देखिएको छ । सात महिनापछि पहिलो पटक संक्रमितको संख्या एक लाख नाघेको हो । सन् २०२१ को ६ जुनमा भारतमा १ लाखभन्दा बढी नयाँ… पुरा पढौ

एनआरएनए आइसिसि बैठक जनवरी १५ मा, अध्यक्ष पन्तको अन्तिम प्रयास यसकारण असफल हुने

कृष्ण के सी, अमेरिका गैरआवासीय नेपाली संघ (एनआरएनए) को बिधान २००३ को संसोधित २०२१ को प्राबधान र परंपरागत प्राक्टिस अनुसार अक्टुवर २०२१ मा हुनुपर्ने १० औं अन्तराष्ट्रिय सम्मेलन तथा महाधिवेशन र निर्वाचन हुन सकेन। यसको कारण भनेको २०१९-२०२१ अवधिका लागि निर्वाचित तर असक्षम नै नेतृत्व हो। यो बिचमा थुप्रै आरोह अबरोह भए अन्तिममा अहिले आएर बिना एजेण्डा जनवरी १५, २०२२ मा संघको अन्तराष्ट्रिय परिषदको बैठक बोलाइएको छ। यो बैठक पनि कुनै ठोस छलफल र निर्णय गर्नको लागि होइन। केवल अर्को… पुरा पढौ

ओमीक्रोन पुष्टी भएपछि गण्डकी प्रदेशमा स्मार्ट लकडाउनको अबस्था

पोखरा।नेपालमा पनि कोरोना भाईरसको नयाँ भेरियन्ट पुष्टी भएपछि कास्की लगायत गण्डकी प्रदेशमा कडाई गर्ने तयारी गरिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,गण्डकी प्रदेशले सिमानाकामा चेकजाँचलाइ कडाई गर्न तयारी गरिएको छ । सघको स्वास्थ्य मन्त्रालयले पनि ओमीक्रोन नियन्त्रणका लागि आबस्यक तयारी तुरुन्त गर्न भनेपछि ओमीक्रोन भाईरस बढ्न सक्ने आकलन सहित तयारी तिब्र पारीएको हो ।गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ सहितको बैठकमा ओमीक्रोन नियन्त्रणका लागि प्रदेशका नाकाहरुमा जाँचलाई तिब्रता दिने, प्रदेशका स्वास्थ्य संरचनालाई आबस्यक अन्य तयारी गरि उपकरण, स्वास्थ्य… पुरा पढौ

रमेश खरेलको सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता

नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डिआईजी) रमेश खरेलको नेतृत्वमा गठन भएको सुशासन पार्टीलाई निर्वाचन आयोगले बुधबार प्रमाण पत्र दिएको हो । पार्टीका अध्यक्ष खरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा छिट्टै सिद्धान्त, विचार र उद्देश्यहरु सार्वजनिक गर्ने उल्लेख गरेका छन् । ‘नेपाल सुशासन पार्टी (नेसुपा)ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ। नेसुपा छिटै दल घोषणा सभामार्फत् आफ्ना सिद्धान्त, विचार र उद्देश्यहरु जनतामाझ राख्ने तयारीमा रहेको छ’ विज्ञप्तिमा भनिनएको छ । खरेलका अनुसार… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com