कोरोना संक्रमित भएपछि अमेरिकामा एक शिक्षिकाले विमानको शौचालयमा बिताइन् पाँच घण्टा

-


     नेपालय न्युज    
     पौष १६ गते २०७८


अमेरिकाको एक स्कूलकी शिक्षिकाले विमानमा यात्रा गरिरहेका बेला कोरोना संक्रमित भएको थाहा पाएपछि उनले आफूलाई हवाईजहाजको शौचालयमा सेल्फ आइसोलेशनमा राखेको बताइन् । उनले यो सबै आफ्नै मर्जीले गरेको पनि स्पष्ट पारिन् ।

मारिसा फोशियाले २० डिसेम्बरमा आफूलाई शिकागोबाट आइसल्याण्ड जाने क्रममा घाँटी दुखेको महसुस गरिन् । उनीसँग रेपिड टेस्ट किट थियो त्यसैले उनले त्यति बेला नै आफ्नो कोरोना परीक्षण गराइन् जुन पोजेटिभ आयो ।

त्यसपछि उनले आफूलाई सेल्फ आइसोलेशनमा राख्ने निर्णय गरिन् । बाँकीको यात्रा शौचालयमा बसेर पूरा गरिन् । यतिबेला उनलाई विमानका कर्मचारीले खाना र ड्रिङ्क्स दिए ।

मारिसाले भनिन्, ‘त्यो पागल नै बनाइदिने अनुभव थियो । विमानभित्र १५० जना यात्री थिए र मेरो सबैभन्दा डर कतै उनीहरुलाई पनि संक्रमण हुने त होइन भन्ने थियो ।

मारिसाले आइसल्यान्डियरको विमानको शौचलयबाट टिकटकमा एउटा भिडियो पनि पोस्ट गरिन् । यतिबेला उनले आफूलाई मद्दत गर्ने विमान परिचारिकाको पनि प्रशंसा गरिन् ।

उनले एनबीसीसँग भनिन्, ‘पाँच घण्टाको यात्रामा मलाई के कुराको आवश्यक पर्छ, त्यसबारे उहाँहरुले एकदमै याद गर्नुभएको थियो । उनीहरुले मलाई बारम्बार मेरो हालखबर सोधिरहेका थिए ।

आइसल्याण्डबाट उत्रिएर उनी रेड क्रस होटलमा आइसोलेट भएको जानकारी दिइन् । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com