
पोखरा ।
कास्कीको मादी गाउँपालिकामा नेपाली काङ्ग्रेस , नेकपा एमाले , नेकपा माओबादी केन्द्र , नेकपा (एस) लगायत राजनैतिक पार्टीका नेताहरुले गाउँपालिका अध्यक्षमा आफ्ना उम्मेदवारी प्रस्तुत गरेका छन् ।
आकाङक्षी उम्मेदवारहरु मध्ये नेपाली काङ्ग्रेसका युवा नेता ओम प्रकाश गुरुङ बलियो उम्मेदवारको रुपमा रहेका छन् ।
मादी – ८ मिजुरे नागीधार घर भएका गुरुङ स्वच्छ सामाजिक छविका साथै युवाहरू माझ लोकप्रिय छन् भने बौद्धिक ब्यक्तिहरु संग समेत राम्ररी भिजेका छन् । नेपाली काङ्ग्रेस पार्टीको १३ औं महाधिवेशनमा कास्की क्षेत्र नम्बर १ बाट सर्वाधिक मत ल्याएर जिल्ला सदस्यमा गुरुङ निर्वाचित भएका थिए भने १४ औं महाधिवेशनमा लोकप्रिय मतका साथ क्षेत्रीय सचिवमा निर्वाचित भएका थिए ।
सानैदेखि सामाजिक चिन्तन साथै आफ्ना गाउँ ठाँउ एवं सस्कार संस्कृतिको प्रचारप्रसार एवं पर्यटन प्रवर्द्धन गर्न गहिरो रुचि भएका गुरुङले आफ्ना गाउँ मिजुरेमा मेला महोत्सव , खेलकुद लगायत विविध कार्यक्रमहरु गरि त्यस क्षेत्र लाई चिनाउन महत्वपूर्ण भुमिका खेलेका छन् । मिजुरेको गोर्जे , पाखुरीकोट , नागीधार रबैडाँडा लगायत गाउँहरुमा विधुतीकरण गर्न गुरुङको उल्लेखनीय भुमिका रहेको छ । गुरुङकै अगुवाइमा केन्द्रिय प्रसारण लाइन बाट त्यहा बिधुतीकरण भएको हो ।
लेखनाथ स्थित पोखरा विश्व विधालयबाट व्यवस्थापन मा स्नातक (बिबिए) गरेका गुरुङले कास्कीको सोही क्षेत्रमा ३ वर्ष सम्म एनजिओमा समेत काम गरेको अनुभव रहेको छ । गुरुङका बुबा स्व. रुद्र बहादुर गुरुङ तत्कालीन मिजुरे पाखुरीकोट गाउँ पन्चायतको उपप्रधानपन्च हुनुका साथै कृष्ण चलित्र, घाँटु , सेर्का नाच लगायत गुरुङ संस्कृतिका अगुवा समेत थिए ।
नेपाल विधार्थी संघको राजनीति बाट आएका गुरुङ आफुलाइ पार्टीले टिकट दिएमा सजिलै जित निकाल्न सकिने बताउछन् ।
गाउँपालिकाको पुर्वी भेक बाट आफुलाइ राम्रो मत आउने र पश्चिम भेकमा समेत राम्रो पहिचान बनाएका कारण आफुले सजिलै जित्ने बताउछन
गुरुङलाइ पार्टीले टिकट दिएमा पुर्वी भेक लाई पार्टी बाट न्याय समेत हुने मादी – १० भाचोकका सभापति लोक प्रसाद गुरुङले बताए । उनका अनुसार सैमराङ भाचोक मिजुरे लिप्यानी थुम्सीकोट लगायत पुर्वी भेक हिजैबाट पार्टी बाट टिकट नदिइ अवसर बाट बन्चित भएको अवस्था हो । मादी – ८ मिजुरे नागीधार निबासी नेपाली काङ्ग्रेसका नेता स्व. गन्जमान गुरुङले समेत पार्टीमा ठुलो योगदान दिएपनी पार्टीबाट टिकट बन्चित भएको सभापति गुरुङले बताए । काङ्ग्रेस नेता स्व. गन्जमान गुरुङ युवा नेता ओम प्रकाश गुरुङको नजिकैको काका समेत हो । तत्कालीन द्वन्द्व कालमा माओवादी बाट हात्य गरिएका सहिद स्व. सुवेदार रतनसिंह गुरुङ समेत त्यही वडाका काङ्ग्रेस नेता हुन् । तत्कालीन समयमा मिजुरेडाँडा -४ पाखुरीकोट बाट सहिद स्व. रतनसिंह गुरुङ गा.स.स समेत भएका थिए ।
उम्मेदवार भइ आफू गाउँपालिका अध्यक्ष भएमा गाउँपालिकाको कृषि , पर्यटन , यातायात , शिक्षा , स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गरि नमुना बनाउने उनले बताए । गाउँपालिकाको लगभाग सबै ठाँउमा आफु पुगेको र त्यहाको बस्तुस्थिती राम्रो संग बुझ्नुका साथै आफू संग राम्रो भिजन भएको उनले बताए ।
गाउँपालिकाको पुर्व र पश्चिम २ ठाँउमा १२ कक्षासम्म प्रायः सबै विसयका संकायहरु जस्तै शिक्षा , मानविकि, व्यवस्थापन , कृषि लगायत सन्चालन गर्नेगरी शिक्षालय स्थापना गरिने उनले बताए । त्यस्तै गाउँपालिकाको माथिल्लो गुरुङ गाउँहरुमा नेपाल पर्यटन बोर्ड , टान लगायत पर्यटन संस्थाहरुसंग समन्वय गरेर होमस्टे प्रवर्द्धन एवं ती गाउँहरु बाट माथी लेक खर्क डाँडा हुँदै लम्तरी , क्रपुडाँडा, कपुचे, गुरुङ समुदायको आदिम थलो क्व्होलासोंथर , धार्मिक स्थल दूध पोखरी साथै मनाङ र लमजुङ जिल्ला निस्कने ट्रेकिङ रुटको व्यापक विस्तार गरि पर्यटन प्रवर्द्धन गर्ने गुरुङले बताए ।
त्यसैगरी गाउँपालिकाको विशेष गरेर तल्लो भेकमा रहेको टारी खेतहरु र अन्य खेत जग्गाहरुमा स्थानीयलाई ब्यवसायिक रुपमा खेतीपाती गर्न प्रत्साहन गरि उत्पादित सबैको उचित मुख्यमा खरिद समेत गरि संकलन केन्द्र निर्माण गरि बजारीकरण गरिने आफ्ना योजना रहेको गुरुङले बताएका छन् ।
मादी गाउँपालिका अध्यक्ष पदका लागि नेपाली कांग्रेसवाट १२ जना आकाक्षी रहेका छन जसमा लेख वहादुर गुरुङ,वृजमान गुरुङ , देवीजंग गुरुङ, अर्जुन गुरुङ, सुर्यमोहन सापकोटा, यमनाथ सापकोटा, सरोज केसी, भानु ढकाल, ओम प्रकाश गुरुङ , सागर गुरुङ, प्रेम तामाङ र कृष्णचन्द्र वराल रहेका छन् ।