स्वास्थ्य

राष्ट्रिय स्वतन्त्र पार्टीका श्रेष्ठ स्वास्थ्य मन्त्रीका दावेदार, स्वास्थ्य मन्त्रालयका पदाधिकारीसँग भेटघाट

पोखरा । सरकारमा जाने नजाने अन्योलकाबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको सरकारमा सहभागी भएको छ । २० सिट जितेर प्रतिनिधि सभामा आफ्नो बलियो उपस्थिति देखाएको स्वतन्त्र पार्टीले कति वटा मन्त्रालय र कुन कुन पाउँछ भन्ने एकिन टुङ्गो लागेको छैन । अहिलेसम्म गृह मन्त्रालय उक्त पार्टीका सभापति रवी लामिछानेले सम्हालेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीसँग तीन जना चिकित्सक सांसद भएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय रास्वपाले पनि दाबी गरेको छ । उक्त पार्टीमा डा. चन्दा कार्की, डा. ढाका… पुरा पढौ

विश्वभर फेरि बढ्न थालेको हो कोभिड–१९ ?, जाडोयाममा संक्रमण बल्झिने चिन्ता

विश्वमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । कोभिडका कारण विश्वभर मर्नेको संख्या ९० प्रतिशतले घटेको भएपनि कोभिडको नयाँ नयाँ भ्यारिएन्ट देखा पर्दै गर्दा केही देशमा संक्रमण बढ्न थालेको छ । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) ले बताएअनुसार नौं महीना अघिको तुलनामा विश्वभर कोभिड सम्बद्ध मृत्यु झन्डै ९० प्रतिशतले घटेको छ । तर कोभिडका नयाँ नयाँ भ्याएिन्ट निरन्तर देखिरहेकोले सतर्क भने रहनु पर्ने चेतावनी विज्ञहरुले दिइरहेका छन् । गएको हप्ता कोभिडका कारण विश्वभर ९ हजार ४०० जनाको मृत्यु भएको छ ।… पुरा पढौ

अमेरिकामा एक करोड ४० लाख भन्दा बढी बालबालिकालाई कोरोना सङ्क्रमण

अमेरिकामा कोरोना भाइरसको प्रकोप सुरु भएदेखि यता एक करोड ४० भन्दा बढी बालबालिकालाई कोरोना सङ्क्रमण भएको पाइएको छ । यहाँको अमेरिकन एकेडमी अफ पेडियाट्रिक्स (एएपी) र बाल अस्पताल संस्थाले सो कुराको जानकारी दिएका हुन् । उक्त संस्थाहरुले गएको ४ हप्तामा मात्र यहाँ कम्तीमा पनि तीन लाख ११ हजार जना बालबालिकामा कोभिडको सङ्क्रमण भएको पाइएको छ । यहाँ सन् २०२२ मा मात्र अनुमानित ६१ लाख बालबालिकालाई कोभिडको सङ्क्रमण भएको देखिएको एएपीले जनाएको छ । यहाँ उमेर समूहअनुसार कसलाई कुन रुपमा कोभिडको… पुरा पढौ

नेपालमा कोरोना सङ्क्रमण निरन्तर उकालो,२४ घण्टामा ५६८ जना सङ्क्रमित, एकको मृत्यु

काठमाडौं, साउन ९ गते । पछिल्लो २४ घण्टामा ५६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार आठ कोरोना परीक्षण गर्दा ५६८ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा तीन हजार ८४ पीसीआर परीक्षण गर्दा ४५३ र एक हजार ७१६ एन्टीजेन परीक्षण गर्दा ११५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ९५ जना सङ्क्रमण मुक्त भएका छन् भने सोही समयमा एक जनाको मृत्यु भएको छ । अहिले… पुरा पढौ

नेपालमा कोरोना सङ्क्रमणको चौथाे लहरको सङ्केत,एकैदिन ४५७ जनामा संक्रमण

काठमाडौं । नेपालमा कोरोना सङक्रमणदर पुनः बढ्दो क्रममा रहेको छ । सङ्क्रमण बढेसँगै कोरोना सङ्क्रमणको चौथो लहर सुरु भएको अनुमान चिकित्सकहरूको छ । देशभर पछिल्लो २४ घण्टामा थप ४ सय ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ५१ जनाको नमूना परीक्षण गरिएको थियो । २ हजार ३ सय ४१ जनाको पीसीआर र २ हजार ३ सय १० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा… पुरा पढौ

मंकीपक्स प्रकोपको पूर्व तयारी, अमेरिकाले बढायो खोपको भण्डार

मंक्कीपक्स संक्रमित बढ्ने क्रम नरोकिएपछि अमेरिकी आपतकालीन भण्डारणमा फूड एण्ड ड्रग्स एड्मिनिस्ट्रेशन (एफडीए) द्वारा अनुमोदित दुईवटा खोप अध्यावधी गर्न सुरु गरिएको छ । अमेरिकाको खोप भण्डारणमा पहिलेदेखि विफरविरुद्ध प्रयोग भएको खोपको १० करोडभन्दा बढी डोजहरू छन् । तर यस खोपले मुटुको मासपेसी सुन्निने समस्या गराउँछ भने रोग प्रतिरोधात्मक समस्या भएका लगायत केही विरामीलाई यो खोप दिइनुहुँदैन । सन् २०१९ मा जीन्नेइयोस भनिने एउटा नयाँ खोप विफर र मंकीपक्स दुवैको रोकथाममा प्रयोग गर्न सकिने भनेर स्वीकृति भएको छ, जुन बढी विश्वसनीय… पुरा पढौ

चीनमा कोरोना संक्रमित बढ्न थालेपछि क्वारेन्टाइनका लागि ठाँउको अभाब

एजेन्सी । पछिल्लो १० हप्तामा चीनमा १४ हजार भन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । चीनमा कारोना संक्रमण फेरि फैलिन थालेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । चीनमा कोरोना संक्रमित बढ्दै जान थालेपछि क्वारेन्टाइनका लागि स्थान अभाव हुने थालेको छ ।चीनले धेरै शहरहरूमा लकडाउन गरेको छ ।अहिलेकै गतिमा चीनमा संक्रमण बढ्दै गएमा चीनको अर्थव्यवस्थामा पनि असर पर्न सक्ने अनुमान गरिएको छ । बढ्दो संक्रमितका कारण चीनको धेरै ठाँउमा स्वास्थ्य कर्मीको अभाव हुन थालेको संचारमाध्यमहरुको भनाई छ । स्वास्थ्य विज्ञहरूका अनुसार आगामी… पुरा पढौ

कोभिडपछि विश्वभरका १० करोड मानिसमा समस्या

एजेन्सी । विश्वका-१० करोड मानिस कोभिडपछिको समस्याबाट प्रभावित भएको एक अध्ययनले देखाएको छ । मिसिगन युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेको एक नयाँ अध्ययन अनुसार कोभिडबाट संक्रमितमध्ये ४० प्रतिशत मानिस कोभिडको दीर्घकालीन असरबाट प्रभावित भएका छन् । कोभिड-१९ बाट पार पाउन विश्वले संघर्ष गरिरहेका बेला कोभिडको दीर्धकालीन असरबाट विश्वको ठूलो जनसंख्या प्रभावित भएको सो अध्ययनले देखाएको हो । अनुसन्धानकर्ताहरुले १७ देशका विभिन्न ४० अध्ययनलाई विश्लेषण गरेका थिए । कोभिड भएर अस्पताल भर्ना भएका व्यक्तिमा दीर्घकालीन कोभिडको सम्भावना ५७ प्रतिशत देखिएको थियो । कोभिडबाट… पुरा पढौ

फाइजरले बनाएको कोरोनाविरुद्धको ट्याब्लेटले पायो स्वीकृति

न्यूयोर्क (अमेरिका) । अमेरिकी औषधी निर्माता कम्पनी फाइजरले विकास गरेको कोभिड विरुद्धको प्याक्सलोभिड नामक खानेचक्की(पिल) ले अमेरिकामा प्रयोगको अनुमति पाएको छ । अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले बुधवारउक्त कम्पनीले विकास गरेको कोभिड पिललाई अनुमति दिएको अन्तरराष्ट्रिय समाचार माध्यमले समाचार प्रकाशित गरेका छन् । एफडीएले कोभिड संक्रमित भएका वयस्क र १२ वर्षमाथिका बालबालिकाको हकमा फाइजरको पिल प्रयोग गर्न अनुमति दिएको हो । त्यस्तै शुरुमै अस्पताल जानु पर्ने लक्षण देखिने कोभिड संक्रमितले समेत घरमै पिल प्रयोग गर्न सक्ने छन् ।… पुरा पढौ

बेलायतमा झन् बढ्यो कोरोना, एकै दिन ५१ हजार जना सङ्क्रमित

बेलायतमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको छ । बेलायतका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले जनाएअनुसार यहाँ एकै दिन ५१ हजार भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित देखिएका छन् ।यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ धेरै लामो समयपछि यति धेरै सङ्क्रमित भएका पनि जनाएका छन् । बेलायतको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा यहाँ बुधबार मात्र ५१ हजार ३०० भन्दा बढी देखिएका हुन् । सो विज्ञप्तिमा उल्लेख गरिएअनुसार पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसबाट यहाँ ५१ हजार भन्दा बढी मानिस यहाँ सङ्क्रमित भएका छन् । अघिल्लो हप्ता यहाँ… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com