प्रमुख समाचार

मालीमा तैनाथ शान्ति सेना स्वदेश फिर्ता

काठमाडौं, कात्तिक ३० गते । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ मालीमा तैनाथ नेपाली शान्ति सेनाको नवौँ डफ्फा स्वदेश फर्केको छ । डफ्फामा ८१ जना नेपाली शान्ति सैनिक रहेको नेपाली सेना सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । प्रमुख सेनानी चित्रकुमार कार्कीको नेतृत्वमा हातहतियार तथा बन्दोबस्तीका सामग्रीसहित संयुक्त राष्ट्रसङ्घको चार्टर्ड विमानद्वारा आज ८१ जनाको डफ्फा स्वदेश फिर्ता भएको हो । मालीमा तैनाथ शान्ति मिसन बन्द गर्ने संयुक्त राष्ट्रसङ्घको निर्णयअनुरुप नेपाली सेनाको टोलीमा रहेका एक सय ५६ जना एवं स्टाफ तथा पर्यवेक्षक नियुक्तिमा… पुरा पढौ

अमेरिकाको ‘साझेदार र मित्र’ बन्न चीन तयार छ : सी

सान फ्रान्सिस्को, ३० कात्तिक (रासस/एएफपी)। चीनका राष्ट्रपति सी जिनफिङले बुधबार चीन अमेरिकाको साझेदार र मित्र बन्न तयार रहेको बताउनुभएको छ। चीनको सुस्त अर्थतन्त्रप्रति चिन्ता बढिरहेको बेला उहाँले अमेरिकी व्यापारिक नेतासमक्ष उक्त कुरा बताउनुभएको हो। “यदि एउटा मुलुकले अर्को मुलुकलाई प्रमुख प्रतिस्पर्धी र सबैभन्दा परिणाममुखी भू–राजनीतिक चुनौतीको रूपमा हेर्छ भने यसले गलत नीति निर्माण, भ्रमपूर्ण कार्य र अवाञ्छित परिणाम मात्र निम्त्याउने छ”, एसिया–प्रशान्त आर्थिक सहयोग (एपिइसी) शिखर सम्मेलनका क्रममा एक रात्रिभोजमा उहाँले भन्नुभयो। राष्ट्रपति सीको उक्त टिप्पणी अमेरिकी राष्ट्रपति जो बाइडेनसँग… पुरा पढौ

‘नेपालमा टिकटक नचल्ने मात्रै भएको हो, पूराना सामग्री भाग्दैन’

सोमबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेसँगै सामाजिक सञ्जाल अहिलेसम्म पनि तात्तिरहेको छ। सञ्जाल प्रयोगकर्ताहरू कतिपयले यसलाई सकारात्मक निर्णयको रुपमा प्रशंसा गरेका छन् भने कतिले सरकारले अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन्। त्यसोत, सरकारको यो निर्णयपछि इन्टरनेट सेवा प्रदायक कम्पनीहरू धमाधम टिकटक एप्समा भिडिओ नचल्नेगरी प्राविधिक पक्ष मिलाउन लागिपरेका छन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार मंगलबार साँझसम्म धेरैजसो इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले टिकटक नचल्ने बनाइसकेका छन्। ‘सरकारको उक्त निर्णयलगत्तै नेपाल टेलिकम र एनसेलले… पुरा पढौ

भोलि भाइटीका लगाइँदै, टीकाको उत्तम साइत १०ः५१ बजे

काठमाडौं, कात्तिक २८ गते । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन भोलि भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाउने गर्छन् । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन भोलि दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यस दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका… पुरा पढौ

राष्ट्रपतिले बहिनी शारदा र चन्दाबाट टीका लगाउने

काठमाडौं, कात्तिक २८ गते ।राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीद्वय शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाउनु हुने भएको छ । राष्ट्रपति पौडेलले भोलि बुधबार बिहान १० बजेर ५१ मिनेटको साइतमा बहिनीद्वय शारदा र चन्दाको हातबाट टीका र आशीर्वाद लिनुहुने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ । भाइटीकाको उत्तम साइत बुधबार बिहान १०ः५१ बजे भए पनि दिनभर नै… पुरा पढौ

चीनका राष्ट्रपति सी अमेरिका प्रस्थान

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ मङ्गलबार भ्रमणका लागि अमेरिका प्रस्थान गरेका छन् । चीन र अमेरिकाका नेता बीचको बैठक र ३० औं एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिन सी अमेरिका प्रस्थान गरेका हुन् ।-(रासस/सिन्ह्वा) पुरा पढौ

राष्ट्रपति पौडेललाई ६ राष्ट्रप्रमुखको समवेदना सन्देश

काठमाडौं, कात्तिक २५ गते । राष्ट्रपति रामचन्द्र पौडेललाई जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पमा परी भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विभिन्न देशका राष्ट्रप्रमुखहरुले समवेदना सन्देश पठाउनुभएको छ । जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टेनमेइर, चेक गणतन्त्रका राष्ट्रपति पिटर पावेल, अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान डेर बेलेन, निकारागुआका राष्ट्र ड्यानीयल ओर्टेगा साभेद्रा, कतारका अमिर शेख तमिम विन हमाद अल थानी र स्पेनका पेद्रो सान्चेजले बेग्लाबेग्लै समवेदना सन्देशको पठाउनुभएको हो । उहाँहरुले भूकम्पपीडित परिवारप्रति समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ… पुरा पढौ

मंसिर मसान्तभित्र भूकम्प प्रभावितका लागि आवास निर्माण गरिसक्नुपर्छः कांग्रेस

काठमाडौं, कात्तिक २५ गते। नेपाली कांग्रेसले जाजरकोटसहितको भूकम्प प्रभावित क्षेत्रमा मंसिर मसान्तभित्र अस्थायी आवास निर्माणको काम सम्पन्न गरिसक्न सरकारलाई सुझाव दिएको छ। भूकम्प प्रभावित क्षेत्रको स्थलगत गत अवलोकन गरी फर्केको कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको टोलीले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेर ११ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै सो सुझाव दिएको हो। पुसको जाडोमा पीडितको अवस्था भयावह हुने भएकाले अस्थायी आवास निर्माणको काम मंसिर भित्र सम्पन्न गरिसक्न प्रधानमन्त्रीलाई सुझाव दिएको कांग्रेस महामन्त्री थापाले बताउनुभयो। उहाँले स्थायी रुपमा सिकाई… पुरा पढौ

खुला र सुरक्षित इन्डो–प्यासिफिक भविष्यका लागि अमेरिका र भारतबीच छलफल

वासिङ्टन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भारत–अमेरिका सम्बन्ध र खुला र सुरक्षित हिन्द–प्रशान्त क्षेत्रलाई प्रबद्र्धन गर्ने प्रयासबारे छलफल भएको छ । ब्लिन्केनले उज्ज्वल भविष्यका लागि प्रविधि, स्वच्छ ऊर्जा र अन्तरिक्षसम्बन्धी नयाँ आविस्कारलाई निरन्तरता दिन आफूहरु तत्पर रहेको पनि दोहोरयाए । अमेरिकी विदेशमन्त्री ब्लिन्केनले भने, “नयाँ दिल्लीमा मैले भारतीय प्रधानमन्त्रीसँग अमेरिका र भारत कसरी खुला र सुरक्षित हिन्द–प्रशान्त क्षेत्रको प्रवद्र्धनका लागि काम गर्ने भन्ने बिषयमा छलफल गरेको छु । म उज्ज्वल भविष्यका लागि प्रविधि, स्वच्छ ऊर्जा… पुरा पढौ

अध्यक्ष नेपाल चीन प्रस्थान

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीन प्रस्थान गर्नुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा चीन भ्रमणमा गएको नेपाली प्रतिनिधिमण्डलले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनाबाट प्राप्त उपलब्धि साझेदारीसम्बन्धी कार्यक्रममा सहभागिता जनाउने छ । भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँग नेपाल र चीन तथा दुई पार्टीबिचको सम्बन्धका बारेमा छलफल हुने अध्यक्ष नेपालले जानकारी दिनुभयो । नेपाली प्रतिनिधिमण्डल यही कात्तिक २८ गते स्वदेश फर्कने छ । रासस पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com