अन्तर्राष्ट्रिय

कमला ह्‌यारिसलाई गायिका टेलर स्विफ्टको समर्थन

वाशिङटन डीसी । अमेरिकामा यतिबेला आगामी राष्ट्रपतिको निर्वाचनको तयारी तीव्र रुपमा चलिरहेको छ । डेमोक्रेटिक पार्टीबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प चुनावी दौडमा होमिएका छन् । यो चुनावमा अमेरिकी गायिका टेलर स्वीफ्टले कसलाई समर्थन गर्लिन् भन्नेबारे लामो समयदेखि अड्कलबाजी चलिरहेको थियो । अब भने यसमा पूर्ण बिराम लागेको छ । गायिकाले कमला ह्यारिसलाई समर्थन गरेकी छिन् । बुधबार रात एबीसी न्यूजको राष्ट्रपति बहस हेरेपछि गायिकाले आफ्नो समर्थन सार्वजनिक गरेकी हुन् । बहसको निक्र्यौल सुनेपछि… पुरा पढौ

क्यानडामा जागिर पाउन सकस

ओट्टावा । क्यानडामा नवआगन्तुक विदेशीले जागिर पाउन सकस भइरहेको छ । आप्रवासनमा भएको वृद्धिसँगै जनसङ्ख्या बढेपछि क्यानडामा बाहिरबाट आउनेले काम पाउन छाडेका छन् । त्यहाँका व्यवसायहरूले कर्मचारी भर्ती सुस्त पारेका छन् । अगष्टमा मात्रै सो देशमा काम गर्ने उमेरको जनसङ्ख्या ९६ हजार ४०० ले बढेको तथ्यांक कार्यालय स्ट्याटिष्टिक्स क्यानडाले जारी गरेको तथ्यांकमा उल्लेख छ । गएको महिना ८२ हजार जनाले त्यहाँको श्रम बलमा सहभागिता जनाएका थिए । तर सो अवधिमा खुद रोजगारी भने २२ हजार १०० ले मात्रै बढ्यो ।… पुरा पढौ

थाइल्यान्डमा सेना निकट दललाई बाहिरै राखी नयाँ मन्त्रीमण्डल गठन

बैंकक । थाइल्यान्डका नयाँ प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्राले बुधबार आफ्नो मन्त्रिमण्डलको घोषणा गरेकी छन् । उनले सन् २०१९ पछि पहिलोपटक सेनासँग सम्बन्धित प्रभावशाली पार्टीलाई सरकारबाट हटाएकी छन् । थाई नरेश महा वजिरालोङकोर्नले फेउ थाई पार्टीका प्रधानमन्त्री पेतोङ्तार्नले पेस गरेका मन्त्रीमण्डलका सदस्यहरूको नयाँ टोलीलाई अनुमोदन गर्दै मन्त्रीमण्डललाई आधिकारिकता दिएका छन् । उनले अर्को हप्ता संसदमा आफ्नो ‘पोलिसी प्लेटफर्म’ प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। विवादास्पद अर्बपति पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी ३८ वर्षीया पेतोङतार्नलाई गत महिना थाइल्यान्डको सबैभन्दा कान्छो प्रधानमन्त्रीमा चयन गरिएको थियो ।… पुरा पढौ

पहिलो संयुक्त अन्तरवार्ताका लागि तयार भए ह्‌यारिस र वाल्ज

वाशिङटन डीसी । अमेरिकामा आगामी नोभेम्बर ५ मा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीको राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार कमला ह्यारिस र टिम वाल्जले संयुक्त अन्तरवार्ताका लागि सहमति जनाएका छन् । उप–राष्ट्रपति ह्यारिस र मिनेसोटाका गभर्नर टिम वाल्ज बिहीबार जर्जियामा सीएनएनसँग अन्तरवार्तामा बस्न लागेका हुन् । जो बाइडेन चुनावी दौडबाट बाहिरिएपछि पार्टीका उम्मेदवारका पत्रकारहरूसँग यो पहिलो रेकर्डेड अन्तरवार्ता हुनेछ । पाँच हप्ताअघि राष्ट्रपति बाइडेनले ह्यारिसलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी त्यागेका थिए । ह्यारिस उम्मेदवार बनेयता पत्रकारसामु आउन नचाहेको र राष्ट्रपति बने… पुरा पढौ

कमला ह्यारिसप्रति हिलारी क्लिन्टनको विश्वास, गरिन् प्रशंसा

अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले डेमोक्र्याटिक पार्टीको महाधिवेशनमा राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसको प्रशंसा गरेकी छन्। उनले वर्तमान उपराष्ट्रपति ह्यारिसले अमेरिकामा महिलाका लागि ‘सबैभन्दा उच्च र कठिन अवरोध’ तोडेर देशको पहिलो महिला राष्ट्रपति बन्ने विश्वास व्यक्त गरिन्। हिलारी क्लिन्टनले सन् २०१६ मा राष्ट्रपतिको उम्मेदवारका रूपमा उम्मेदवारी दिँदा आफूले पनि त्यो सीमा तोडेको बताइन्। उनले भनिन्, ‘एउटा महिलाका लागि अवरोध भत्किएपछि सबै महिलाका लागि बाटो खुला हुन्छ।’ हिलारी क्लिन्टन सन् २०१६ मा अमेरिकी राष्ट्रपतिका लागि डेमोक्र्याटिक पार्टीबाट चुनाव लडेकी थिइन् तर… पुरा पढौ

चुनावी अभियानको चन्दा संकलनमा ह्‌यारिसले ट्रम्पलाई उछिनिन्

वाशिङटन डीसी । अमेरिकामा यतिबेला राष्ट्रपति निर्वाचनको व्यापाक प्रचार प्रसार भइरहेको छ । रिपब्लिकन र डेमोक्रेट दुवै दल आ–आफ्नो उम्मेदवारको लागि धमाधम चन्दा संकलन गरिरहेका छन् । रिपब्लिकन उमेदवार तथा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानले जुलाई महिनामा १३ करोड ९० लाख डलर चन्दा संकलन गरेको छ । योसँगै उनको चुनावी अभियानको बैंक खातामा ३२ करोड ७० लाख डलर नगद जम्मा भएको बताइएको छ । ट्रम्पको लागि जुलाई चन्दा संकलनको मामिलामा अहिलेसम्मकै राम्रो महिना साबित भएको छ । ट्रम्पको… पुरा पढौ

कमला ह्यारिस औपचारिक रूपमा डेमोक्रेटिक उम्मेदवार चयन

वासिङ्टन । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेकी छन् । उनले पार्टीका प्रतिनिधिबाट सबैभन्दा बढी मत प्राप्त गरेकी हुन् । ह्यारिसले यही महिनाको अन्त्यमा सिकागोमा हुने डेमोक्रेटिक राष्ट्रिय महाधिवेशनअघि सम्भावित उम्मेदवारका रूपमा छनोट हुन पाउँदा आफूलाई सम्मानित भएको बताइन् । प्रमुख अमेरिकी पार्टीको राष्ट्रपतिको उम्मेदवारको रूपमा छनोट हुने ह्यारिस पहिलो अश्वेत महिला र दक्षिण एसियाली मूलकी पहिलो महिला हुन् । यदि उनले नोभेम्बरमा हुने चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गरे भने उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति… पुरा पढौ

सिङ्गापुर र अमेरिकाबिच गैरसैनिक परमाणु उर्जा सहयोग सम्झौतामा हस्ताक्षर

सिंगापुर । संयुक्तराज्य अमेरिका र सिङ्गापुरले बुधबार परमाणु ऊर्जाको शान्तिपूर्ण प्रयोगको सम्बन्धलाई प्रगाढ बनाउने उदेश्यले एउटा सम्झौतामा हस्ताक्षर गरेको छ । एसिया भ्रमणको क्रममा वासिङ्टनका शीर्ष कूटनीतिज्ञ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र उनको सिङ्गापुरका समकक्षी भिभियन बालाकृष्णनले गैर–सैनिक परमाणु उर्जासँग सम्बन्धित ‘१२३ सम्झौता’ मा हस्ताक्षर गरेका छन् । “यो सम्झौता संयुक्तराज्य अमेरिका र सिङ्गापुरबीच लामो समयदेखि रहेको सहकार्यमा आधारित छ । यसले आपसी प्रतिबद्धतामा आधारित शान्तिपूर्ण गैरसैनिक परमाणु उर्जा सहयोगका लागि गहिरो सम्बन्ध बनाउने विस्तृत ढाँचाको रूपरेखा बनाउँछ,” सम्झौतापछि दुवै… पुरा पढौ

अमेरिकामा १ अर्ब डलरभन्दा बढीको घोटालामा चिनियाँ टाइकुन दोषी भेटिए

वासिङ्टन डीसी । स्वघोषित निर्वासनमा अमेरिकामा रहेका चिनियाँ व्यवसायी क्वो वेङक्वेईमाथि कयौँ अभियोग चलाइएको छ । अनलाइनमा आफ्नो फलोअरहरूलाई एक अर्ब डलरभन्दा बढी ठगेको भन्दै अमेरिकाको एक अदालतमा उनीमाथि ती अभियोग चलाइएको थियो । १२ मध्ये ९ ओटा अभियोगमा क्वो दोषी भेटिएका छन् । यसमा ठगी, सम्पत्ति शुद्धीकरण जस्ता अभियोग छन् । नोभेम्बर १९ मा क्वोलाई सजाय सुनाइँदैछ । उनले दशकौँसम्मको जेल सजाय पाउनसक्ने अनुमान गरिएको छ । सन् २०२३ मा पक्राउ परेयता नै क्वो जेलमा थिए । उनी चिनियाँ… पुरा पढौ

मोदीको रुस भ्रमणबारे ह्वाइट हाउसले के भन्यो ?

वाशिङटन डीसी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको रुस भ्रमणले विश्वको राजनीति तरङ्गित भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मोदीको भेटघाटबारे अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले पनि आफ्नो प्रतिक्रिया दिएको छ । रुसलाई युद्ध अन्त्य गर्न आग्रह गर्ने क्षमता भारतसँग भएको ह्वाइट हाउसको भनाइ छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारिन जीन पियरेले भनेकी छिन्, ‘भारत र रुसबिच लामो र घनिष्ठ सम्बन्ध छ, यसले बिना कारणको अनि क्रूर युद्ध अन्त्य गर्न रुसलाई आग्रह गर्न सक्ने क्षमता भारतलाई दिएको छ… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com