३ ओटा बच्चा जन्माउन अभिभावकलाई प्रोत्साहन भत्ता ल्याउँदै चीन
पेचिङ । चीनले जनसंख्या बढाउन र श्रमशक्तिमा योगदान गर्न विवाहित महिलाहरूलाई थप बच्चा जन्माउन प्रोत्साहन भत्ता ल्याउने भएको छ । सरकारले दम्पतीलाई तेस्रो सन्तान जन्माउन प्रोत्साहन गर्ने नीति ल्याउने तयारी स्वरुप प्रोत्साहन भत्ता ल्याएको हो । विश्वको सबैभन्दा बढी जनसंख्या भएको चीनमा पछिल्लो वर्षमा एकाएक जनसंख्या घट्दै गएपछि सरकारले यस्तो नीति कार्यान्वयनमा ल्याएको हो । उक्त नीति अन्तरगत रिटार्यड हुने समय थप गर्ने, युवाहरूलाई विवाह र परिवारबारे शिक्षा दिने, चाइल्डकेयर सेवा सुधार्ने, सुत्केरी विदा बढाउने र चाइल्ड बर्थ इन्स्योरेन्सलगायतका सुुविधाहरु…
पुरा पढौ
पोखराले कोल्टो फेर्ने योजनाका साथ काम गर्छौँ : प्रमुख आचार्य
वासुदेव पौडेल र कृष्ण दवाडी गण्डकी, १६ जेठ (रासस) : वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा(एकीकृत समाजवादी)का धनराज आचार्य निर्वाचित हुनुभयो । सो पार्टीका केन्द्रीय सदस्य एवं कास्की जिल्ला अध्यक्षसमेत रहनुभएका आचार्यले भौगोलिक रुपमा देशकै ठूलो महानगरको नेतृत्वको जिम्मेवारी सम्हाल्नुभएको छ । राजनीतिसँगै व्यावसायिक र सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहनुभएका आचार्यको काँधमा अब पाँच वर्ष गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखराको नेतृत्व रहनेछ । निर्वाचित भएपछिका उहाँका कार्ययोजनालगायतमा केन्द्रित रहेर राष्ट्रिय समाचार समितिले…
पुरा पढौ
दुई वर्षयता बन्द नेपाल–चीन नियमित उडान अप्रिलबाट खुल्दै
२ वर्षदेखि बन्द रहेको नेपाल–चीन नियमित उडान अप्रिलबाट फेरि सुरु हुने भएको छ। कोभिड महामारी सुरु भएसँगै २०२० को सुरुबाटै बन्द भएका उडान खुल्न लागेका हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल–चीन सिधा उडानको लागि नेपालमा कुनै समस्या नभए पनि चीनको कारण उडान हुन नसकेको जनाएको छ। चिनियाँ एयरलाइन्सका प्रतिनिधिलाई उद्धृत गर्दै प्राधिकरणको उडान अनुमति शाखाका डेपुटी म्यानेजर ज्ञानेन्द्र भुलले अप्रिल पहिलो हप्ताबाट नेपाल–चीन उडान अनुमति दिइने जानकारी पाएको नेपालखबरलाई बताए। उनका अनुसार सिभिल एभिएसन एडमिनिस्ट्रेसन अफ चाइना (सीएएसी)ले त्यहाँका नेपाल…
पुरा पढौ
पहिले जिउज्यान लगाएर पौडेललाई जिताउन खोजेकै हो, अब त मै हुँ साझा उम्मेदवार : प्रकाशमान सिंह (अन्तर्वार्ता)
केशव सावद । नेपाली कांग्रेसले १४ औं महाधिवेशन आगामी मंसिर २४–२६ सम्म काठमाडौंमा गर्ने कार्यतालिका बनाएको छ। यद्यपि, उक्त मितिमा महाधिवेशन सम्पन्न हुने सम्भावना भने न्यून देखिन्छ। कार्यतालिका संशोधनका लागि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले मंगलबार मात्रै पदाधिकारी बैठक बोलाएर केन्द्रीय निर्वाचन समितिलाई निर्देशन दिइसकेका छन्। पूर्वनिर्धारित मितिमा महाधिवेशन सम्पन्न नगरे कांग्रेसको वैधानिकतामाथि नै प्रश्न उब्जिने आवाज पनि कांग्रेसमा उठ्दै आएको छ। महाधिवेशन र सरकारको कामकारवाहीमा केन्द्रित रहेर कांग्रेसका पूर्वमहामन्त्री एवम् सभापतिका आकांक्षी प्रकाशमान सिंहसँग नेपालखबरले गरेको कुराकानीः नेपाली कांग्रेसको…
पुरा पढौ
चुनावी सरकारबाट धेरै अपेक्षा गर्ने होइन्, एमसीसी पास गर्नुपर्छ— बाबुराम भट्टराई (अन्तरवार्ता)
जसपाका संघिय परिषद अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईराजनीतिक शक्ति र परिचर्चाको केन्द्रका पात्र हुन्। जनचोर्माबाट राजनितीक यात्रा शुरु गरेका भट्टराई माओवादी, नयाँशक्ति, संघीय समाजवादी हुँदै अहिले जसपामा रहेर राजनिती गरिरहेका छन् ।कुनै समय थियो, उनलाई नेपाली राजनितीका दुरदर्शी, पढेका, बुझेकानेता मान्नेहरुको जमात बाक्लै थियो । तर, पछिल्लो समय माओवादीबाट छुट्टीएरछोटो समयमा नै दलवदल गरिरहेपछिधेरैले लख काट्छन्, —‘भट्टराईको राजनीतिक भविष्य संकटमा र्पयो। उनले अस्थिर राजनिती गरे ।’तर, भट्टराई भनेआम नागरिकको बुझाई जस्तो दलवदल नभई आफुुले बिकास, शुसाशन, समृद्धिका निम्ती खुड्किलोहरु…
पुरा पढौ
महामारीका विरुद्ध लड्न विश्व समुदायलाई सहयोग गर्न अमेरिकालाई चीनको आग्रह
कोभिड–१९ को महामारीका विरुद्धमा लड्न विश्व समुदायलाई सहयोग गर्न अमेरिकालाई चीनले आग्रह गरेको छ । चीनले अमेरिकालाई भाइरसको महामारीका विरुद्धमा लड्न तथा यो भाइरस पत्ता लगाउने कार्यमा पनि समन्वय र सहयोग गर्न आग्रह गरेको हो । चीनको विदेश मन्त्रालयका प्रवक्ताले सो आग्रह गरेका हुन् । विदेश मन्त्रालयका प्रवक्ता वाङ यनविनले सोमबार उक्त मन्त्रालयलको नियमित प्रेस ब्रिफिङका क्रममा सो धारणा राखेका हुन् । उनले भने, 'अमेरिकाले यस महामारीका विरुद्धमा लड्न चीनसँग सहकार्य गर्नुपर्छ ।' प्रवक्ता यनबिनले यदि यसरी सहकार्य गर्न सकियो…
पुरा पढौ
ओलीले सडकमा फालिदिएपछि क्रान्तिकारी धार समात्न एमाले समाजवादी बनायौँ : माधव नेपाल (अन्तर्वार्ता)
बिनु सुवेदी,एमालेको असन्तुष्ट पक्षले बुधबार माधवकुमार नेपालको अध्यक्षतामा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। यससँगै लामो समयदेखि दुई चिरामा रहेको एमाले औपचारिक रुपमा विभाजित भएको छ। २०४७ सालमा एमाले गठन गर्ने मध्येका एक नेपाल सधैँ एमालेको संस्थापन धारमै थिए। यसपाली आफैँले बनाएको पार्टी छोडेर नयाँ पार्टी गठन गरेका नेपालले नेपालखबरसित कुराकानी गर्दै भनेका छन्, 'एमाले आफैले हुर्काएको नाम हो कसरी छोड्न सकिन्छ र?' एमाले समाजवादी पार्टीका अध्यक्ष नेपालसँग गरिएको कुराकानीको सम्पादित अंश- अन्ततः आफैले निर्माण गरेको…
पुरा पढौ
४२ बर्षसम्म राजनितिक रुपमा सक्रिय भईरहदाँ यो पल निकै पिडादायी भयो – डोवाटे विक(अन्तर्वार्ता)
गण्डकी प्रदेशमा मन्त्रीको शपथ खान शुक्रबार गृहजिल्ला तनहुँबाट हतारिदै पोखरा गएका डोवाटे विकको नाम अन्तिममा काटियो । उनको स्थानमा कास्कीका विन्दुकुमार थापा मन्त्री बनेर सपथ लिए । मन्त्रीको सपथ लिन गएका डोवाटे बिच बाटोमै छोडिए । डोवाटेलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका बुवा गोवर्धन पोखरेलले राजनितीमा ल्याए थिए । २०३६ साल यता सक्रिय राजनीतिमा लागेका डोवाटे विभिन्न राजनीतिक घटनाक्रमका साँक्षी बसे । एकले अर्कालाई खुइल्याउने राजनीतिको साँक्षी बसेका डोवाटे गत शुक्रबार आफै पनि त्यसको सिकार बने । राजनीतिक वृत्तमा प्रधानमन्त्री शेरबहादुर…
पुरा पढौ
माइक्रोसफ्टका अध्यक्षमा भारतीय मूलका नाडेला नियुक्त
विश्वचर्चित माइक्रोसफ्ट कार्पोरेसनका अध्यक्षमा सत्य नाडेला नियुक्त भएका छन् । माइक्रोसफ्टका अध्यक्ष यसअघि जोन थमसन रहेका थिए भने नाडेल माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत (सिइओ) थिए । भारतीय मूलका नाडेला सो चर्चित कम्पनीका अध्यक्षमा निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ । माइक्रोसफ्टका संस्थापक विल गेट्सले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी त्यागेपछि सन् २०१४ देखि लगातार नाडेला नै प्रमुख कार्यकारी अधिकृत थिए । उनी अध्यक्षमा निर्वाचित भए पनि प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी समेत निर्वाह गरिरहने कम्पनीले जनाएको छ । त्यसैगरी कर्पोरेसनका अध्यक्षको जिम्मेवारीबाट…
पुरा पढौ
टिएलसी ड्राईभरहरूको पेशाकर्मीको सुरक्षा र पेशागत हक र अधिकारको पक्षमा कानुन वन्नुपर्नेमा जोड
३,जुन २०२१,न्युयोर्क अमेरीका: न्युयोर्क र आसपासमा रहेका ट्याक्सी, उवर र लिफ्ट ड्राईभरहरूको आम समस्यालाई लिएर न्युयोर्कमा रहेको दक्षिण एशियाई अमेरिकी श्रम संगठन (ASAAL) को संयोजनमा न्युयोर्क स्टेट सिनेटर डायान सविनो (Diane Savino) समेतको सहभागितामा एक वृहत जुम भिडीयो छलफल आयोजना गरीयो। सो कार्यक्रममा असालका केन्द्रीय अध्यक्ष माफ मिस्वा उद्दिन,महासचिव मोहम्मद करीम चौधरी, वरिष्ठ अधिवक्ता अलि नज्मी,जीपी कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरे लगायत दक्षिण एशियालीमुलका चालक पेशाकर्मीहरूको प्रतिनिधित्व गर्दै विभिन्न पेशाकर्मी महानुभावहरूले आ-आफ्नो पेशागत पीडा र अनुभवहरू प्रस्तुत गर्नुभयो।सो कार्यक्रममा…
पुरा पढौ