अमेरिका सेरोफेरो

वैकल्पिक इन्धनबाट सञ्चालित विमानद्वारा पहिलो पटक लन्डनबाट न्यूयोर्क उडान

लन्डन । वैकल्पिक इन्धनबाट सञ्चालित एउटा ठुलो यात्रुवाहक विमानले आज पहिलो पटक लन्डनबाट उडान भर्दैछ । भर्जिन एटलान्टिकद्वारा सञ्चालित यो विमान लन्डनको हिथ्रो विमानस्थलबाट न्यूयोर्कको जेएफके एअरपोर्टका लागि स्थानीय समयअनुसार ११:३० बजे उड्ने तय भएको छ । उक्त विमानको लागि सरकारको समेत सहयोग उपलब्ध छ । लामो परीक्षण र विश्लेषणपछि बेलायतको नियामक निकाय सिभिल एभिएसन अथोरिटीले यसै महिना अनुमोदन गरेपछि उक्त विमानले उडानको लागि अनुमति पाएको हो । यसमा इन्जिन निर्माता कम्पनी रोल्स रोयस र इनर्जी कम्पनी बीपीलगायतका कम्पनीको सहकारी… पुरा पढौ

अमेरिका पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

वैदेशिक राजगारीका लागि अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ का ३६ वर्षीय विशाल श्रेष्ठ र ६४ वर्षीया शान्ति श्रेष्ठ रहेका छन्। उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बानेश्वरबाट पक्राउ गरेको हो। चन्द्रबहादुर रावललाई वैदेशिक रोजगारको लागि अमेरिका पठाईदिन्छु त्यसको लागि प्रति व्यक्ति ४० लाख रुपैयाँ लाग्छ, अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनिमा काम लगाई दिन्छु, मासिक तीन लाख रुपैयाँ तलब हुन्छ भनी विश्वास दिलाई पटकपटक गरी १५ लाख रुपैयाँ रकम लिई… पुरा पढौ

अमेरिकी शिशुको खानामा न्यून मात्रामा कीटनाशक तत्त्व भेटिएको दाबी

न्युयोर्क । संयुक्त राज्य अमेरिकामा बच्चाको खानामा अझै पनि सम्भावित हानिकारक कीटनाशक तत्वहरू भेटिने गरेको दाबी गर्दै यो ३० वर्ष पहिलेको तुलनामा अत्यन्त कम मात्रामा रहेको एक गैर–नाफामुलक अमेरिकी पर्यावरण समूहले गरेको नयाँ अध्ययनले देखाएको छ । वातावरणीय कार्य दल (ईडब्लुजी) ले नोभेम्बरको मध्यमा सार्वजनिक गरेको पछिल्लो अनुसन्धानमा संयुक्त राज्य अमेरिकामा परम्परागत वा गैर–जैविक, बच्चाको खानामा विषाक्त कीटनाशकहरू रहेको पाइएको उल्लेख गरेको छ । “अध्ययन गरिएका ५८ परम्परागत शिशु खाद्यपदार्थमध्ये २२ मा कम्तीमा एउटा कीटनाशक अवशेष भेटिएको छ,” ईडब्लुजीले दाबी… पुरा पढौ

अमेरिकामा मृत्यु भएका नेपालीका परिवारले पाए इन्स्योरेन्सको ३ करोड ३३ लाख

अमेरिकाको न्यूजर्सी राज्यमा ज्यान गुमाएका नेपाली विष्णु शाहको परिवारलाई इन्स्योरेन्स बापतको रकम उपलव्ध गराईएको छ । टेक्सास नेपाली समाजका उपाध्यक्ष तथा न्यूयोर्क लाइफ इन्स्योरेन्स कम्पनीका वित्तीय इन्स्योरेन्स एजेन्ट जनक भण्डारीले मृतक शाहको परिवारलाई इन्स्योरेन्स बापतको रकम हस्तान्तरण गरिएको जानकारी दिए । विष्णु शाहको निधनपछि उनको इन्स्योरेन्स भएको कम्पनी न्यूयोर्क लाइफ इन्स्योरेन्स कम्पनीले त्यसबापत २ लाख ५६ हजार ५ सय ६२ अमेरिकी डलर (तीन करोड तेत्तीस लाख बराबरको नेपाली रुपैयाँ) नेपालमा रहेका उनको परिवारलाई उपलब्ध गराइएको हो । रुकुम पूर्वको सिस्ने… पुरा पढौ

अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरकी पत्नीको निधन

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरकी पत्नी रोजलिन कार्टरको ९६ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो सयम डिमेन्सीया रोगले ग्रस्त रोजलिनको आफनै निवासमा निधन भएको बीबीसीले जनाएको छ । रोजलिन कार्टरको निधनप्रति दुख व्यक्त गर्दै अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरले आफले जीवनमा हासिल गरेका सबै सफलता र प्रगतिको आधा हिस्सा आफनी पत्नीको भएको भन्दै उनको निधनले आफु नितान्त एक्लो भएको प्रतिक्रिया दिनुभएको छ । कार्टर दम्पत्तीले विश्व शान्ति र मानवअधिकारका लागि कार्टर सेन्टर स्थापना गरेका थिए । यही… पुरा पढौ

अमेरिका र मेक्सिकोका राष्ट्रपति बीच अवैध आप्रवासन रोक्नेबारे छलफल

अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेन र मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोर बीच शुक्रबार छलफल भएको छ । सो छलफलमा दुई राष्ट्रपति बीच संयुक्त राज्य अमेरिकामा अवैध फेन्टानिल तस्करीको नियन्त्रण गर्न र दुई देशको बीचको सीमामा उत्तरतर्फ जाने आप्रवासीहरूको बढ्दो संख्यालाई व्यवस्थित गर्न एकसाथ काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । नेपाली सहित हजारौं आप्रवासीहरू अवैध बाटो हुँदै मेक्सिको पुग्ने र अमेरिका प्रवेश गर्दै आएका छन् । "मेक्सिको र संयुक्त राज्य अमेरिका सँगै उभिएर सँगै काम गरेमा मेरो विचारमा… पुरा पढौ

सी–बाइडेन वार्ता : सुध्रिने छैन बिग्रँदो सम्बन्ध

हल ब्रान्ड्स जनवादी गणतन्त्र चीन लेनिनवादी राज्य हो, जसलाईसत्ता–संघर्ष निरन्तर र कठोर हुन्छ भनेर विश्वास गर्ने पार्टीले चलाइरहेको छ। यो कुरा बुझ्ने हो भने हालै अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको शिखर बैठकको अर्थ के हुन्छ र के हुँदैन, स्वतः थाहा हुन्छ। यसको अर्थ के हो भने सीसँग पनि बाइडेनसँग जस्तै वार्तामा बस्नुपर्ने गतिलो कार्यनीतिक कारण छ। तर, यसको अर्थ के होइन भने विश्व व्यवस्थाका सर्तहरू तय गर्ने मुलुकका रुपमा अमेरिकालाई विस्थापित गर्ने चीनको दृढतामा कुनै कमी… पुरा पढौ

शिखर सम्मेलनमा एसिया–प्रशान्त सहयोगीका लागि बाइडेन र सीबीच प्रतिस्पर्धा

सान फ्रान्सिस्को । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी जिनपिङले बिहीबार सान फ्रान्सिस्कोमा एक शिखर सम्मेलनमा एसिया–प्रशान्त सहयोगीहरूको मन जित्न प्रतिद्वन्द्वी प्रयास गरेका छन् । दुई महाशक्तिबीचको तनाव कम गर्न दुवै नेताबीच भेट भएको एक दिनपछि उनीहरूले त्यस्तो प्रयास गरेका हुन् । “हामी कतै जाँदैनौँ”, एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा यस क्षेत्रका २१ मुलुकका लागि अमेरिकी प्रतिबद्धताबारे आश्वस्त पार्ने प्रयास गर्दै सहभागी व्यापारिक नेताहरूलाई बाइडेनले भने । उनले सीसँग आफ्नो कुराकानीबाट क्षेत्रीय र वैश्विक लाभ हुने… पुरा पढौ

न्युयोर्कको सिटी हल च्याम्बर्समा वक्ताको रूपमा भाषण गर्ने पहिलो नेपाली अमेरिकी बने घिमिरे

न्युयोर्क शहरको सिटी हलमा पहिलो दीपावली कार्यक्रमको आयोजना न्युयोर्क सिटी काउन्सिलकी अध्यक्ष एड्रिएन एडम्सले गर्नु भएको थियो भने सिटी काउन्सील मेम्बर शेखर कृष्णनको प्रमुख सक्रियतामा वॅंहाले आफै संचालन गर्नु भएको यस कार्यक्रममा गिरीजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे न्युयोर्कको सिटी हल च्याम्बर्समा पहिलो दीपावली कार्यक्रममा वक्ताको रूपमा भाषण गर्ने पहिलो नेपाली अमेरिकी बने। अध्यक्ष घिमिरेले आजको दीपावली उत्सव यस वर्ष विशेष गरी रमाइलो र ऐतिहासिक छ भने किनभने यो पर्व अब सन २०२४ बाट दिपावलीका लागी १ दिन… पुरा पढौ

अमेरिकाको ‘साझेदार र मित्र’ बन्न चीन तयार छ : सी

सान फ्रान्सिस्को, ३० कात्तिक (रासस/एएफपी)। चीनका राष्ट्रपति सी जिनफिङले बुधबार चीन अमेरिकाको साझेदार र मित्र बन्न तयार रहेको बताउनुभएको छ। चीनको सुस्त अर्थतन्त्रप्रति चिन्ता बढिरहेको बेला उहाँले अमेरिकी व्यापारिक नेतासमक्ष उक्त कुरा बताउनुभएको हो। “यदि एउटा मुलुकले अर्को मुलुकलाई प्रमुख प्रतिस्पर्धी र सबैभन्दा परिणाममुखी भू–राजनीतिक चुनौतीको रूपमा हेर्छ भने यसले गलत नीति निर्माण, भ्रमपूर्ण कार्य र अवाञ्छित परिणाम मात्र निम्त्याउने छ”, एसिया–प्रशान्त आर्थिक सहयोग (एपिइसी) शिखर सम्मेलनका क्रममा एक रात्रिभोजमा उहाँले भन्नुभयो। राष्ट्रपति सीको उक्त टिप्पणी अमेरिकी राष्ट्रपति जो बाइडेनसँग… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com