कमल थापा र झ्याम्पा जोडी ५५ वर्ष माथिको च्याम्पियन

-


     नेपालय न्युज    
     पौष १५ गते २०७८


कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी १८ औं माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा ५५ वर्ष माथिको डबल्स स्पर्धामा नेपालका भेट्रान्स च्याम्पियन कमल थापा र झ्याम्पा ढुण्डुपको जोडी प्रथम हुन सफल भयो । अत्यन्तै प्रतिस्प्रधात्मक खेलमा थापा जोडीले कृष्ण घले र राजु श्रेष्ठको जोडीमाथि २–६, ६–२ र ११–९ संघर्षपूर्ण जित दर्ता गरे । ६५ वर्ष माथिको फाइनलमा विदुर विष्टले विष्णु गुरुङ्गलाई ४–०, ४–१ को सोझो सेटमा पराजित गर्दै प्रथम स्थान हाँसिल गर्न सफल भए ।

नेपालकै शिर्ष वरियताकी सलोनी तामाङ्गले पोखरामा एकैपटक दुई वटा उपाधीमा आफ्नों नाम लेखाएकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी १८ औं माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा उनले उमन्स सिंगल र डबल्स गरि दुई वटा उपाधीमा कब्जा जमाइन ।

बिहीबार भएको उमन्स सिंगलमा उनले गंगा शर्माको चुनौतीलाई ६–२, ६–० को सहज सेटमा पार लगाइन् । त्यस्तै उमन्स डबल्सतर्फ सलोनी र माहिका राणा जोडीले सुभाङ्गि लक्ष्मी शाह र अभिलाषा विष्टको जोडीमाथि ६–१, ६–३ को नतिजा निकाल्दै उपाधी रक्षा गर्न सफल भए ।

प्रतियोगितामा मेन्स डबल्सतर्फको उपाधी अक्कि जुवेन रावत र आरब सम्राट हाडाको जोडीले जितेको छ । फाइनल खेलमा सो जोडीले प्ररण खनाल र जितेन्द्र परियारको जाडीलाई ७–६ र ६–१ को सेटमा पन्छ्याउँदै उपाधी जित्न सफल भएको हो ।

३५ वर्ष माथिको डबल्समा कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले प्रथम स्थान हाँसिल गरे । राजु क्षेत्री र सुदर्शन विष्ट जोडीसंगको अन्तिम भेटमा भण्डारी जोडीले ६–४ र ७–६ को नतिजा निकाल्दै अव्वल हुन सफल भए । ५५ वर्ष माथिको एकलतर्फ कृष्णराज घलेलाई ६–३, ६–३ को सोझो सेटमा पराजित गर्दै बिमल गुरुङ्गले उपाधी आफ्नों पोल्टामा पारे ।

प्रतियोगिताको मुख्य इभेण्ट मेन्स ओपनको टाइटलका लागि पोखरेली खेलाडी प्रदिप खड्का र आरब सम्राट हाडा भिड्ने भएका छन् । शुक्रबार हुने फाइनल भेटका लागि प्रदिपले अकि जुवेन रावतलाई ७–५, ६–२ ले तथा आरबले प्ररण खनाललाई ६–२, ६–४ ले पराजित गर्दै उपाधी भिडन्त निश्चित गरेका हुन् । ३५ वर्ष माथिको एकलतर्फ सन्तोष खत्री र भिष्म गुरुङ्गविच उपाधी भिडन्त हुने भएको छ । सन्तोषले दावा शेर्पालाई ६–१, ६–१ ले तथा भिष्मले निरज थापालाई रोमाञ्चक खेलमा ३–६, ६–३ र १०–२ ले पराजित गरेका हुन् । ४५ वर्ष माथिको एकलतर्फ बिमल गुरुङ्ग र चन्द्र शाहीविच फाइनल खेल हुने छ । बिमलले विनोद कायस्थलाई ६–०,६–२ ले तथा चन्द्रले उत्तम लामालाई ६–१–६–१ ले पराजित गरे । ४५ वर्ष माथिको डबल्सतर्फ उपाधीका लागि पोखरेली खेलाडी विनोद कायस्थ र विकास गुरुङ्गको जोडीले हिमाल शाह र राजु क्षेत्री जोडीसंग उपाधीका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक नविन चालिसेजे जानकारी दिए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com