पोखरा १२ मा कांग्रेसबाट वडा अध्यक्ष उम्मेदवारमा बास्तोला सर्वसम्मत सिफारिस

-


     नेपालय न्युज    
     वैशाख ३ गते २०७९


काँग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार सन्तोष बास्तोला

पोखरा ३ वैशाख ।
नेपाली कांग्रेस पोखरा १२ को बैठकले आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावको लागि नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा सन्तोष बास्तोलालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ ।
वडा अध्यक्षमा दावी गरेका नेपाली कांग्रेस कास्की क्षेत्र न एक ख का सभापति कृष्ण कोइरला पुर्व वडा सभापति राधेश्याम कोइरला तथा पुर्व वडा सदस्य बल वहादुर कार्कीले दावेदारी छोडिदिए पछि बास्तोला पोखरा १२ को वडा अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट सर्वसम्मत उम्मेदवार भएका हुन् ।
सर्वसम्मत नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको उम्मेदवार भए पछि बास्तोलाले आफु विजयी भएमा पोखरा १२ लाई नमुना वडा बनाउने आफ्नो लक्ष्य रहेको बताए । बास्तोलाले वडा सदस्यको बारेमा दुई तिन दिन भित्रै बैठक बसी सर्वसम्मत निर्णय गरिने बताए ।
बास्तोला हाल नेपाली काग्रेस वडा इकाई समिति पोखरा १२ का सभापति समेत हुन । नेविसंघको राजनितिबाट अगाडि बढेका बास्तोला युवाहरु माँझ लोकप्रिय रहेका छन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com