एजेन्सी । भारतमा कोरोना संक्रमण बढ्दै गएको छ । एकैदिन १३ हजार बढी संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १३ हजार बढी संक्रमित थपिंदा झण्डै १ हजार ओमिक्रोन भेरिन्टका रहेको जनाइएको छ ।
केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयका अनुसार यस अवधिमा थप २६८ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैबीच, संक्रमण बढ्दै गएपछि मुम्बइमा सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । यहाँ कोरोना भाइरसको प्रकोप बढेपछि यहाँका सार्वजनिक स्थलहरुमा हुने विविध कार्यक्रमहरुमा प्रतिबन्ध लगाइएको बताइएको छ ।
भारतको आर्थिक राजधानी मानिने भारतीय ठूलो सहर मुम्बइमा नयाँ वर्षका कार्यक्रमहरु आयोजना गरिएको र त्यसका कारण झन् संक्रमण बढ्ने आशंका गरेका कारण सरकारले सार्वजनिक स्थलमा जमघट हुने र नयाँ वर्षका कार्यक्रमहरु गर्ने काममा प्रतिबन्ध लगाएको हो ।
रातिमा कफ्र्यु नलगाइने तर पनि मानिसहरु जमघट हुने र समारोहहरु गर्ने काममा प्रतिबन्ध लगाइएको मुम्बई सरकारले जनाएको छ ।