अमेरिकाको न्युयोर्कमा गायक राजेश पायल राईको उपस्थितिमा भव्य कार्यक्रम हुँदै

-


     नेपालय न्युज    
     पौष १५ गते २०७८


चर्चित गायक राजेश पायल राईलाई न्युर्योकमा भव्य स्वागत गरिएको छ ।
हाल अमेरिकामा रहेका चर्चित गायक राजेश पायल राईको प्रस्तुति सहित न्युयोर्कको क्विन्समा भव्य कार्यक्रमको आयोजना गरिन लागिएको छ ।
बुद्ध ट्याक्स एकाउन्टिङका संस्थापक पशुपति श्रेष्ठको आयोजनामा यहि ३१ डिसेम्बर (शुक्रवार) का दिन बेलुका ६ बजे क्विन्स प्लेस हल at-37-11 57 th street woodside New York मा भव्य सांगितीक कार्यक्रमको आयोजना गरिन लागिएको हो ।
उक्त कार्यक्रममा गायक राईसँगै आदित्य लामा, प्रेम गुरुङ र संयुक्ता श्रेष्ठले पनि आफ्नो प्रस्तुति दिनेछन् ।


सुमन लिम्बु र एलिसा लिम्बुले संचालन गर्ने उक्त कार्यक्रममा अन्य कलाकारको पनि सहभागीता हुने आायोजक कमिटीले जनाएको छ ।
बुद्ध ट्याक्स एकाउन्टीङमार्फत् सबैलाई नयाँ वर्षको शुभकामना दिँदै रमाइलो गराउने र उक्त कार्यक्रमबाट उठेको रकक आवस्यक व्यक्ति वा परिवारलाई सहायता गरिने बुद्ध ट्याक्स एकाउन्टीङका संस्थापक पशुपति श्रेष्ठले जानकारी दिएका छन् ।
कार्यक्रमलाई विशेष सहयोग गर्ने नायक प्रेम गुरुङ र समाजसेवी अन्जीत गुरुङलाई विशेष धन्यवाद दिँदै उक्त उक्त कार्यक्रममा सहभागी भइदिन समेत एकाउन्टीङका संस्थापक पशुपति श्रेष्ठले सबैलाई अनुरोध गरेका छन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com