प्रमुख समाचार

उपत्यकाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई भोलिबाट खोप लगाइने

काठमाडौं, पुस २६ गते । सरकारले काठमाडौं उपत्यकाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै मंगलबार (भोलि)देखि उपत्यकाका तीन वटै जिल्लाका विद्यालयहरूमा खोप लगाउने जानकारी दिएको हो ।मन्त्रालयका अनुसार उपत्यकाका यी तीन जिल्लाका केही स्थानीय तहमा भने केही दिन अघिदेखि नै खोप कार्यक्रम सूरु भइसकेको छ।खोप कार्यक्रम सुरु नभएका स्थानमा भोलिबाट लगाइने मन्त्रालयले जनाएको छ। बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने मन्त्रालयले जनाएको छ। बालबालिकाहरुलाई उमेर… पुरा पढौ

हिटरका कारण न्युयोर्कको एक भवनमा आगलागी, ९ बालबालिकासमेत १९ को मृत्यु

न्युयोर्कको एक अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ जसमा ९ बालबालिका समावेश छन् । न्युयोर्कका मेयर एरिक एडम्सले उक्त घटनामा घाइते भएका ३२ जनालाई अस्पताल भर्ना गराइएको जसमध्ये धेरैको अवस्था गम्भीर भएको भएको जानकारी दिए । दमकल विभाग कमिश्नर डेनियल निग्रोले १९ तले भवनको प्रत्येक तलामा पीडित भेटिएको बताए । घटनाका बेला अत्यधिक धुँवा निस्किएको उनले बताए । उनले एनबीसी न्युजलाई दिएको जानकारी अनुसार ३० वर्षको अवधिमा यस्तो प्रकृतिको घटनाका कारण यति धेरैको मृत्यु भएको यो पहिलो… पुरा पढौ

सलमानकी नयाँ प्रेमिका समान्था !

बलिउड अभिनेता सलमान खानको बेला बेलामा बलिउड र हलिउडका अभिनेत्रीहरुसँग नाम जोडिने गरेको छ । सलमानको प्रमिकाको रुपमा सगीता बिजलानी, सोमी अली, फरीया आलम, ऐश्वर्या राय, कट्रिना कैफ, लुलिया भन्तुर लगायतका कलाकारहरुसँग नाम जोडिएको थियो । पछिल्लो समय सामन्था लोकवुडसँग सलमानको प्रेम सम्बन्ध रहेको समाचार बाहिरीएको छ । अब सबैको मनमा एउटै प्रश्न रहेको छ के सलमानको नयाँ प्रेमिका समान्था नै हनु त ? सलमान प्रेम प्रसंगका विषयले चर्चामा तानियपनि अहिलेसम्म सिंगल रहेको बताउछन् । तर अहिले समान्थासँगको सम्बन्ध चर्चाको… पुरा पढौ

पेन्सन क्याम्पद्धारा रक्तदान, स्वास्थ्य शिविर सम्पन्न

भारतीय राजदुताबास पेन्सन वितरण कार्यालय पोखराले सोमबार रक्तदान एवं निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकोे छ । रक्तदान कार्यक्रमको शुरुवात गर्दै भारतीय पेन्सन क्याम्पमा प्रमूख कर्णेल शशांक त्रिपाठीले भु.पुहरुको सेवा साथै रचनात्मक कृयाकलापहरुमा क्याम्प सधै सकृय रहने बताए ।भारतको ७५ औं स्वतन्त्रता दिवसको सन्दर्भमा कार्यक्रम आयोजना गरिएको हो । भारतीय राजदुताबास पोखराले यस अघि अन्य विविध कार्यक्रम धेरै गरेको भए पनि रक्तदान कार्यक्रम पहिलो पटक गरिएको प्रमुख त्रिपाठीले बताए ।भारतीय पेन्सन क्याम्पभित्रै आयोजना भएको कार्यक्रममा निशुल्क स्वास्थ्य परीक्षण, मुख र दाँत… पुरा पढौ

केजरीवालले भने, ‘दिल्लीमा लकडाउन हुँदैन’

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा लकडाउन नहुने जानकारी दिएका छन् । तर यसका लागि उनले एउटा शर्तसमेत राखेका छन् । उनका अनुसार मानिसले मास्क लगाए लकडाउन लगाइने छैन । केजरीवालले आइतबार सोसल मिडियामार्फत् यसबारे कुरा गरेका छन् । यसका साथै उनले आफ्नो स्वास्थ्य स्थितिबारे पनि जानकारी दिए । उनले आफू कोरोनाभाइरसको संक्रमणबाट निको भइसकेको पनि बताएका छन् । उनले भने, ‘७–८ दिन म होम हाइसोलेशनमा बसेँ । तपाईंहरुले प्रार्थना गरिदिनुभयो, त्यसका लागि धन्यवाद । मलाई दुई दिन ज्वरो आएको थियो,… पुरा पढौ

सीसीएमसीको निर्णय :मेला महोत्सव रोक्न सिफारिस, सार्वजनिक स्थलमा २५ जना भन्दा धरै भेला हुन रोक

कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले सार्वजनिक स्थलमा २५ जना भन्दा धरै भेला हुन नपाउने व्यवस्था गर्न गृह मन्त्रालयलाई सिफारिस गर्ने भएको छ । आइबार बसेको सिसिएमसीको बैठकले अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव गर्न रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको छ। माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने छ । सीमानाकामा कोभिड परीक्षणलाई… पुरा पढौ

खोप कार्ड नहुनेहरुले माघ ३ पछि सार्वजनिक स्थलमा प्रवेश नपाउने

काठमाडौं, २५ पुस । २०७८ माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को आइतबारको बैठकले सरकारसमक्ष यस्तो सिफारिस गरेको हो । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सुनिता नेपालका अनुसार विभिन्न सार्वजनिक स्थलमा प्रवेश गर्दा खोप लगाएको पास देखाउनु पर्ने छ । कार्यालय, होटेल, सिनेमा हल, रंगशाला, हवाइ यात्रा गर्दा खोप लगाएको प्रमाण देखाएर मात्रै सेवा लिन पाउने छन् । पुरा पढौ

एघारौ पोखरा महोत्सवको तयारी पुरा

पोखरा २५ पुष ।एघारौ पोखरा महोत्सवको तयारी पुरा भएको छ । युनाईटेड क्लवको आयोजनामा आगामी पुषको २८ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौ संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । पत्रकार सम्मेलनमा वोल्दै युनाईटेड क्लवका अध्यक्ष तथा एघारौ पोखरा महोत्सव मुल आयोजक समारोह समितिका संयोजक राजु श्रेष्ठले महोत्सवको तयारी पुरा भएको वताएका हुन । कोरोना महामारीको विषम परिस्थितीलाई मध्येनजर गरी स्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गरी महोत्सव सञ्चालन… पुरा पढौ

नेपालमा बढे कोरोना संक्रमित, एकैदिन ९ सय ४४ जनामा संक्रमण पुष्टि

पुस २४, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार उक्त अवधिमा ९ हजार ७६२ ओटा पीसीआर परीक्षणमा ६९६ र ३ हजार ५०२ ओटा एन्टिजेन परीक्षणमा २४८ जना गरी जम्मा ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा कोरोना संक्रमणका कारण कसैको मृत्यु भने भएको छैन । यसैगरी उक्त अवधिमा २९७ जना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये हालसम्म ८ लाख १८ हजार… पुरा पढौ

प्रचण्डलाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्रीसहित को को परे ‘कन्ट्याक्ट ट्रेसिङ’मा?

काठमाडौं, पुस २४ गते । प्रधानमन्त्री शेरबहादुर देउवा शनिबारदेखि आइसोलेशनमा बस्नु भएको छ । प्रधानमन्त्रीको सचिवालयका उपसचिव जनकराज भट्टका अनुसार शनिबारदेखि प्रधानमन्त्री आइसोलेशनमा बस्नु भएको हो । उहाँको कोरोना परीक्षण आइतबार हुने भट्टले जानकारी दिनुभयो शुक्रबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेशनमा बस्नु भएको हो । दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै बस्नु भएको थियो । आइसोलेशनमा बस्नु अघि शनिबार बिहान मात्र प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले)… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com