
पुस २४, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार उक्त अवधिमा ९ हजार ७६२ ओटा पीसीआर परीक्षणमा ६९६ र ३ हजार ५०२ ओटा एन्टिजेन परीक्षणमा २४८ जना गरी जम्मा ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उक्त अवधिमा कोरोना संक्रमणका कारण कसैको मृत्यु भने भएको छैन । यसैगरी उक्त अवधिमा २९७ जना संक्रमणमुक्त भएका छन् ।
संक्रमितमध्ये हालसम्म ८ लाख १८ हजार ६ जना निको हुँदा कुल ११ हजार ६०२ जनाको मृत्यु भएको छ। अहिले देशभर ६ हजार १४० जना सक्रिय संक्रमित रहेको उक्त मन्त्रालयले बताएको छ।
नेपालमा अहिले कुल परीक्षण गराएकामध्ये कोभिड–१९ सङ्क्रमण ८ दशमलव ४९ प्रतिशतमा देखिएको छ ।