पेन्सन क्याम्पद्धारा रक्तदान, स्वास्थ्य शिविर सम्पन्न

-


     नेपालय न्युज    
     पौष २६ गते २०७८


भारतीय राजदुताबास पेन्सन वितरण कार्यालय पोखराले सोमबार रक्तदान एवं निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकोे छ । रक्तदान कार्यक्रमको शुरुवात गर्दै भारतीय पेन्सन क्याम्पमा प्रमूख कर्णेल शशांक त्रिपाठीले भु.पुहरुको सेवा साथै रचनात्मक कृयाकलापहरुमा क्याम्प सधै सकृय रहने बताए ।
भारतको ७५ औं स्वतन्त्रता दिवसको सन्दर्भमा कार्यक्रम आयोजना गरिएको हो । भारतीय राजदुताबास पोखराले यस अघि अन्य विविध कार्यक्रम धेरै गरेको भए पनि रक्तदान कार्यक्रम पहिलो पटक गरिएको प्रमुख त्रिपाठीले बताए ।भारतीय पेन्सन क्याम्पभित्रै आयोजना भएको कार्यक्रममा निशुल्क स्वास्थ्य परीक्षण, मुख र दाँत परीक्षण, रक्तअल्पता, क्यान्सर र स्वास्थ्य जीवनयापनको लागि जीवनशैली सम्बन्धी सचेतना कार्यक्रम समेत सञ्चालन गरेको थियो ।

भारतीय पेन्सन क्याम्प पोखरामा भित्र रहेका चिकित्सकहरुले बिमारीको स्वास्थ्य परीक्षण साथै बिरामीलाई आवश्यक औषधी निशुल्क वितरण गरिने गरेको थियो ।कार्यक्रममा पोखरा रक्त संचार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले रक्तदानको महत्व संगै स्वास्थ्य सचेतना गराएका थिए । रक्तदाता अभियन्ता सराङ्गकोट बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर थापाले रक्तदानले समाज सेवा सगै व्यक्तिको स्वास्थ्यमा फाइदा पु¥याउने बताए।

१११ पोइण्ट रगत संकलन गरिएको कार्यक्रममा गोर्खा कम्युनीटि गु्रपका अध्यक्ष चोक बहादुर गुरुङ्ग, उपाध्यक्ष दिलमाया गुरुङ्ग, बिज्ञापन बोर्डका अघिकृत हरि नारायण गौतम, पेन्सन वितरण कार्यालयका प्रतिनिधी भरत भुषण पाण्डे, चेत बहादुर खत्री लगाएतले आ आफ्नो धारणा राखेका थिए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com