सलमानकी नयाँ प्रेमिका समान्था !

-


     नेपालय न्युज    
     पौष २६ गते २०७८


बलिउड अभिनेता सलमान खानको बेला बेलामा बलिउड र हलिउडका अभिनेत्रीहरुसँग नाम जोडिने गरेको छ ।

सलमानको प्रमिकाको रुपमा सगीता बिजलानी, सोमी अली, फरीया आलम, ऐश्वर्या राय, कट्रिना कैफ, लुलिया भन्तुर लगायतका कलाकारहरुसँग नाम जोडिएको थियो । पछिल्लो समय सामन्था लोकवुडसँग सलमानको प्रेम सम्बन्ध रहेको समाचार बाहिरीएको छ । अब सबैको मनमा एउटै प्रश्न रहेको छ के सलमानको नयाँ प्रेमिका समान्था नै हनु त ? सलमान प्रेम प्रसंगका विषयले चर्चामा तानियपनि अहिलेसम्म सिंगल रहेको बताउछन् । तर अहिले समान्थासँगको सम्बन्ध चर्चाको विषय बनेको छ ।

बलिउड हंगामालाई अन्तरर्वार्ता दिर्दै समान्था भन्छिन् -‘मलाई लाग्छ मानिसहरु केहि नभए पनि धेरै कुरा गर्छन् । मैले सलमानलाई भेटेको छु । उहाँ धेरै राम्रो मान्छे हुनुहुन्छ । मलाई थाहा छैन मानिसहरु यति धेरै बिचार काहाँबाट ल्याउछन् ।’ उनी थप्छिन् मैले सलमानलाई मात्र होइन ऋतिक रोसनलाई पनि भेटेको छु तर उनीसँग नाम जोडेर कसैले केहि भनेनन् । त्यसैले मलाई थाहा छैन यस्तो खबर कहाँबाट आउँछ । अन्तरर्वार्तामा सलमानको सुल्तान फिल्म आफ्नो मनपर्ने बलिउड फिल्म रहेको बताइन् ।

समान्था केहि दिन अगाडि सलमानको जन्मदिन पार्टीमा गएकी थिइन् । उनले सलमानलाई मात्र चिनेकी थिइन् तर त्यो पार्टीमा गएपछि अरु कलाकारलाई पनि चिन्ने मौका पाइन । पार्टीमा सबैको तारीफ गरेकी थिइन् ।

केहि समय अगाडि समान्था भारत आउदा ऋतिकसँग भेट्दै आफ्नो इन्स्टाग्रममा तस्बिर सार्वजनिक गरेकी थिइन् ।एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com