बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनको अन्तरक्रिया कार्यक्रम सम्पन्न

-


     नेपालय न्युज    
     पौष २४ गते २०७८


मनोहरि पौडेल
पोखरा २४ पुष ।
बुद्ध विशाल बजार ब्यापारिक एशोसियसन पोखराका अध्यक्ष केशवबहादुर खत्रीले ब्यवसायी साथीहरुको हकहितको लागी आफुले जस्तोसुकै मुल्य पनि चुकाउन तयार रहेको बताए ।
बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनले आयोजना गरेको वनभोज तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष खत्रीले ब्यवसायीहरुको पिर मर्का बुझेको भन्दै आफुले ब्यवसायीको साथीहरुको सकेसम्म समस्या समाधन गर्ने बताए । उनले सबै ब्यवसायीको हकहितको लागी लड्न आफु सधै तयार रहेको बताए । अध्यक्ष खत्रीले बुद्व विशाल बजार लगाएत महेन्द्रपुल क्षेत्रमा ग्राहक बर्गलाई देखिएको पार्किङ समस्यालाई चाडैन समाधान गर्नको लागी एशोशियसनले पहल गरीरहेको बताउदै हाल रहेको एशोसियसनको पार्किङ क्षेत्रलाई ग्राहक मैत्री पार्किङ क्षेत्र बनाइएको बताए । कार्यक्रममा एशोसियसनका सल्हाकार ध्रुव प्रसाद रेग्मीले बुद्ध विशाल बजार ग्राहकहरुको पहिलो रोजाई रहेको बताउदै समय अनुसार बजारलाई पनि ब्यवस्थित गद्र्रे लैजानुपर्ने बताए ।
बुद्ध विशाल बजार ब्यापारिक एशोसियसन अध्यक्ष केशवबहादुर खत्रीको सभापतित्वमा भएको वनभोज तथा अन्तरक्रिया कार्यक्रममा स्वागत मन्तब्य एशोसियसनका सचिव तथा कार्यक्रमका संयोजक राजु के.सीले गरेका थिए भने धन्यवाद ज्ञापन एशोसियसनका महिला उपसमिति संयोजक शान्ति श्रेष्ठ जोशीले गरेकी थिइन् भने कार्यक्रम सन्चालन एशोसियसनका महासचिव बुद्धी कुंवरले गरेका थिए ।
कार्यक्रममा ब्यवसायीहरुले बुद्ध विशाल बजारको ब्यवसाय प्रर्वद्दनको लागी विभिन्न सुझावहरु दिएका थिए । अन्तरक्रिया तथा बनभोज कार्यक्रममा ब्यवसायी साथीहरुको विचमा विभिन्न मनोरन्जन तथा खेलकुदका कार्यक्रमहरु समेत गरिएको थियो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com