समाचार

तीज संस्कृति : चेली लिन जाने चलन हरायो, गीत र लय फेरिए

म्याग्दी । भदौरे झरीमा खोला र खहरेमा उर्लेको भेललाई छिचोल्दै तीजकै लागि छोरीचेली र दिदीबहिनी लिन जाने चलन अब हराउँदै गएको छ । हातहातमा मोबाइल र इन्टरनेटको पहुँच तथा यातायातको सुविधाले छोरी चेली र दिदीबहिनीलाई लिन अब घरमै जान नपर्ने अवस्था आएको छ । स–साना छोराछोरी पिठ्युँमा बोक्दै र हातमा डो¥याउँदै भाइको अघिपछि हुँदै साँझपख मात्रै माइतीको आँगनमा पाइलो टेक्दा मिल्ने खुसी अहिले वर्णन नै गर्न नसकिने बेनी नगरपालिका–२ की ६९ वर्षीया यामकुमारी शर्माले बताइन् । तीज आयो जाउन बाबू… पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड अमेरिकामा

भदौ ३० गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका पुग्नुभएको छ। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिका पुग्नुभएको हो। प्रधानमन्त्री प्रचण्डलाई आइतबार जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थाई प्रतिनिधि लोकबहादुर थापा लगायतले स्वागत गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको हो। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका प्रस्थान गर्नुभएको हो। आगामी असोज ४ गते प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुहुने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयले दिएको कार्यसूची… पुरा पढौ

हस्तकलाका सामग्री निर्यात गर्दै थारु महिला : अमेरिका सम्म पुग्छ नेपाली सामान

राँझा (बाँके)। बाँकेका थारु महिलाले उत्पादन गरेका हस्तकलाका सामग्री विदेश निर्यात हुने गरेका छन् । नेपालगञ्जमा सङ्गठितरुपमा उत्पादन हुने थारु महिलाका हस्तकलाका सामग्री डेनमार्क, अमेरिका, जापान, थाइल्यान्डलगायतका मुलुकमा निर्यात गर्दै आएको नेपालगञ्जस्थित पञ्चशील हस्तकला केन्द्रका अध्यक्ष निरु चौधरीले जानकारी दिइन् । “हामीले यहाँ उत्पादन गरेर सामग्री काठमाडौँ पठाउँछौँ । त्यहाँबाट विदेश पठाउने काम हुन्छ”, उनले भनिन्, “हस्तकला झन्झटिलो हुने भएकाले मागअनुसारको सामग्री तयार गर्न सकिरहेका छैनौँ ।” ढकिया, पेनहोल्डर, गमला, हट्केश, ज्वैलरी, डस्टविन, ट्रेलगायतका सामग्रीको धेरै माग हुने गरेको चौधरीले… पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान

काठमाडौं, भदौ ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको छ । उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ संयुक्त राष्ट्रसङ्घको मुख्यालय अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको हो । उहाँलाई सफल यात्राको शुभकामना दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, मन्त्रिपरिषद् सदस्य, कूटनीतिक नियोगका प्रमुख र नेपाल सरकार विशिष्ट व्यक्तित्व पुग्नुभएको थियो । आगामी असोज ४ गते प्रधानमन्त्री… पुरा पढौ

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिने तयारी, निवेदन माग

काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जमिन (जग्गा) उपलब्ध गराउने तयारी अनुसार निवेदन माग गरेको छ । आयोगले यसका लागि ३५ दिनभित्र निवेदन दिन सम्बन्धितलाई आग्रह गरेको आयोगका उपाध्यक्ष एवं प्रवक्ता नहेन्द्र खड्काले जानकारी दिए । आयोगले विभिन्न प्रदेशका विभिन्न जिल्ला र स्थानीय तह तोकेरै ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत सङ्कलनमार्फत पेस गर्न सूचना प्रकाशित गरेको हो । आयोगले कोशी प्रदेशका सोिलुखुम्बु, मोरङ, झापा, इलाम, सुनसरी, सङखुवासभा र उदयपुर तथा मधेश… पुरा पढौ

१९औं एसियाड टोलीको बिदाइ : खेलाडीको हौसला बढाउन प्रधानमन्त्री चीन जाने

काठमाडौं, भदौ २८ गते । चीनको हाङझाउ सहरमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ (असोज ६ गतेदेखि २१ गते) सम्म आयोजना हुने १९औं एसियाली खेलकुद (एसियाड) मा सहभागीता जनाउने नेपाली टोलीको बिदाइ गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित विशेष समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले एसियाड टोलीको बिदाइ गर्नुभएको हो । एसियाकै ठूलो खेल कुम्भमेलामा नेपालले यसपटक विभिन्न २९ खेलमा सहभागिता जनाउँदैछ । नेपालबाट २ सय ५३ खेलाडीले सहभागिता रहने छ । ४५… पुरा पढौ

इजरायलद्वारा बीपीको दुर्लभ भाषण राष्ट्रपतिलाई उपहार

काठमाडौं, भदौ २६ गते। राष्ट्रपति रामचन्द्र पौडेललाई इजरायले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको दुर्लभ भाषण उपहारस्वरुप प्रदान गरेको छ। इजरायली राजदूत हनन गोदेर गोल्डबर्गरले मंगलबार राष्ट्रपति कार्यालयमा बीपीको सो भाषण उपहारस्वरुप हस्तान्तरण गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको कार्यकालमा सन् १९६० मा इजरायलसँग दौत्य सम्बन्ध स्थापना भएको थियो। सन् १९४८ मा राज्यका रुपमा स्थापित इजरायलसँग बीपी कोइरालाले सिंगो विश्वले स्वतन्त्र अस्तित्व स्वीकार नगरिसकेको अवस्थामा स्वतन्त्र राष्ट्र स्वीकार गर्दै दौत्य सम्बन्ध स्थापना गर्नुभएको थियो।… पुरा पढौ

संविधानसभाका अध्यक्ष नेम्वाङको निधन : यसरी सम्झन्छन् उनका समकालीन-सहकर्मी नेताहरू

काठमाडौ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ । गए राति हृदयघात भएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएका नेम्वाङको उपचारको क्रममा त्यहीं निधन भएको उनका स्वकीय सचिव कृष्णप्रसाद काफलेले जानकारी गराएका थिए । उनको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायतले अस्पताल पुगेर श्रद्धाञ्जली दिएका थिए । विसं २००९ फागुन २८ गते जन्मिएका नेम्वाङले नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जान सक्ने… पुरा पढौ

नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

काठमाडौं । स्वर्गीय संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले नेम्वाङको पार्थिव शरीर भोलि बुधबार दिउँसो १ बजेसम्म च्लासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिने जानकारी दिनुभयो । त्यसपछि पारिवारिक तथा धार्मिक संस्कारका लागि नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवासमा राखिने र उहाँका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ । सरकारले उहाँको… पुरा पढौ

मन्दीको असर चाडबाडमा पनि देखियो : तीजमा सारीको विक्री बढ्दा सस्तो सारीमा आकर्षण बढी

टीकापुर । तीज नजिकिएपछि कैलालीमा सस्तो मूल्यका सारीको कारोबार भइरहेको छ । विगतका तुलनामा यसवर्ष टीकापुर बजारमा ५ सयदेखि १ हजार ५ सयसम्मका सारी किन्ने महिला बढी आउन थालेका छन् । महिला खर्च व्यवस्थापनमा ध्यान दिँदै बजारमा सबैभन्दा सस्तो मूल्यमा पाइने सारी किन्न थालेका हुन । यहाँका व्यापारी पनि ५ सयका सारीको कारोबार सबैभन्दा राम्रो भइरहेको बताउँछन् । टीकापुरकी अनु रतनले पनि ५०० मूल्यकै सारी किनेकी छिन् । उनले हरेक पर्वमा नयाँ सारी लगाउन मनलाग्ने भएकाले सारीमा धेरै खर्च गर्न… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com