समाचार

सुदूरपश्चिममा नागरिक उन्मुक्ति : माओवादीलाई मौका, एमालेलाई धोका!

गोकुल जोशी , कञ्चनपुर २७ पुसमा नागरिक उन्मुक्ति सहितको समर्थनमा नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र सिंह रावल मुख्यमन्त्री नियुक्त भए। उनले एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरिसक्नुपर्थ्यो। विश्वासको मतको समय सीमाको उत्तरार्ध बिहीबार (२६ माघ) मा प्रदेश सभामा उनले विश्वासको मत सिद्ध गर्न सकेनन्। एक महिनाअघि मुख्यमन्त्री समर्थन गरेको नागरिक उन्मुक्तिले नेकपा एमालेलाई धोका दियो। विश्वासको मत नदिएर उन्मुक्तिका सांसद काठमाडौँमै बसेपछि रावल नेतृत्वको एमाले प्रदेश सरकार २९ दिनमै ढलेको थियो। यसअघि नागरिक उन्मुक्तिले सभामुख चयनमा पनि गठबन्धनका… पुरा पढौ

सरकारमा जाने कुरा छैन, समर्थन जारी रहन्छ : सम्मानित नेता खनाल

काठमाडौं, माघ २६ गते। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूहरु सरकारमा अहिल्यै नजाने बताउनुभएको छ। बिहीबार निर्वाचन प्रणाली सुधारको सम्बन्धमा निर्वाचन आयोगले राखेको छलफलमा उपस्थित हुन सिंहदरबार आउनुभएका खनालले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सरकारमा जानेकुरा नभएको बताउनुभएको हो। उहाँले सरकारलाई आफूहरुले दिएको समर्थन जारी रहने बताउनुभयो। सरकारले राम्रो काम गरुञ्जेल आफूहरुको समर्थन रहने उहाँको भनाइ छ। उहाँले भन्नुभयो, ‘समर्थन हामीले गरेकै छौँ। समर्थन जारी नै रहन्छ। सरकारले राम्रो काम गरुन्जेल समर्थन रहन्छ। तर अहिले सरकारमा जानेकुरा केही… पुरा पढौ

देउवाको गृहप्रदेशबाट कांग्रेसको सत्तारोहण,मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त

धनगढी, माघ २६ गते। सत्ता बाहिर रहेको डेढ महिनामै कांग्रेसले सत्तामा ‘कमब्याक’ गरेको छ। देउवाको गृहप्रदेश सुदूरपश्चिमबाट कांग्रेसले सत्ता यात्रा सुरु गरेको छ। सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा एमाले नेतृत्वको सुदूरपश्चिम सरकार विश्वासको मत नपाएर एक महिनामै ढलेपछि एमाले देउवाको प्रदेशको नेतृत्वबाट बहिर्गमन परेको हो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त हुनुभएको छ। निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बहुमत गुमाइ पदमुक्त भएपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नेपाली कांग्रेसका संसदीय दलको नेता शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो।… पुरा पढौ

नेपाल र यादवसँग प्रधानमन्त्री प्रचण्डको दुई घण्टा छलफल, सरकारमा आउन आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) पार्टीलाई संविधानको रक्षा र स्थिरताको लागि सरकारमा सहभागी हुन आग्रह गरेका छन्। मंगलबार सत्ता घटक जसपाका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो विकसित राजनीतिक परिस्थिति बताएका हुन्। स्रोतका अनुसार सत्ता साझेदार दलभित्र समस्या आउन नदिन प्रचण्ड लागिपरेका छन्। गैर सांसदका रुपमा गृहमन्त्री बन्ने योजना असफल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको छ। रास्वपाको सत्ता बहिर्गमनपछी कुनैपनि… पुरा पढौ

राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न जारी छ : मन्त्री शर्मा

काठमाडौं, माघ २४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न भइरहेको बताउनुभएको छ । मङ्गलबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको उत्तर दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिसकेकाले सरकार सङ्कटमा नरहेको बताउनु भयो । उहाँले सरकार छोड्नु पार्टीको स्वतन्त्र अधिकार भएकाले अहिले पार्टीलाई पुनः सरकारमा ल्याउन राजनीतिक ढङ्गबाट पहल गरिएको बताउनु भयो । मन्त्री शर्माले भन्नुभयो, ‘‘राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेर जानुभएको… पुरा पढौ

टर्कीमा गएको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ गुणा बढ्न सक्ने

सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ गुणा बढ्न सक्ने विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले जनाएको छ । सोमबार बिहान पहिलो पटक भूकम्प गएयता हालसम्म ४,३०० जनाको मृत्यु भएको जनाइएको छ । पहिलो धक्काको करिब १२ घण्टा पछि अर्को शक्तिशाली भूकम्प उत्तरी भेगमा गएको थियो । उद्धारकर्मीहरूले अत्यधिक चिसो र हिउँका बाबजुद भग्नावशेषको थुप्रोमा जीवितहरूको खोजी गरिरहेका छन् । विश्वभरबाट विज्ञ समूह, तालिमप्राप्त कुकुर र विविध उपकरणहरूसहित उद्धारका लागि सहयोग पठाउने क्रम जारी छ ।… पुरा पढौ

नेपाललाई साढे सात अर्ब सहयोग दिने युएसएआइडी प्रमुखको घोषणा

नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग नियोग युएसएआइडीकी प्रमुख प्रशासक समान्था पावरले ७ अर्ब रुपैयाँभन्दा धेरै आर्थिक सहयोगको घोषणा गरेकी छन्। नेपालका लोकतान्त्रिक संस्था र नागरिक समाजको सुदृढीकरणका लागि उनले मंगलबार ५ करोड ८५ लाख अमेरिकी डलर (साढे ७ अर्ब रुपैयाँभन्दा बढी) को आर्थिक सहयोग घोषणा भएको हो। उक्त घोषणाको रकममध्ये ४ करोड २ लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश हो। यसै वर्ष आमनिर्वाचन सम्पन्न भएसँगै सङ्घीयता सुदृढ गर्ने, महिला… पुरा पढौ

अङ्ग्रेजी वर्षको पहिलो एक महिनामा भित्रिए ५५ हजार पर्यटक

काठमाडौं । अङ्ग्रेजी वर्ष सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको पहिलो महिना हवाई मार्ग भएर ५५ हजार बढी विदेशी नागरिकले नेपाल भ्रमण गरेका हुन्। पर्यटक आगमन उत्साहवद्र्धक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो। उहाँले अफ सिजनमा पनि उल्लेख्य सङ्ख्यामा पर्यटक भित्रिनु सकारात्मक सुरुआत भएको उल्लेख गर्नुभयो। जनवरीमा भारतबाट १६ हजार चार यस ३६ पर्यटक आएका छन्। अमेरिकाबाट छ हजार पाँच सय ६१ पर्यटकले नेपाल भ्रमण गरेका… पुरा पढौ

पार्टीमा व्यक्तिवाद हावी भएको भन्दै रास्वपाका चितवन सभापतिले दिए राजीनामा

चितवन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन सभापति धर्मेन्द्र सापकोटाले पार्टी भित्र व्यक्तिवाद चरम रुपमा हावी भएको भन्दै राजीनामा दिएका छन् । पार्टी महामन्त्री मुकुल ढकाललाई काठमाडौंमा राजीनामा बुझाएका सापकोटाले पार्टी व्यक्तिवादी हैकम र अराजकतामा चलेकोले त्यस्तोमा बसेर काम गर्न नसकिने निष्कर्षसहित राजीनामा दिएको अनलाइनखबरसँग बताए । गत कात्तिकमा चितवन जिल्ल सभापति बनेका सापकोटाले गत मंसिर ४ गतेको निर्वाचन पनि जिल्ला समितिलाई पूर्णयता वाइपास गरेर एकाध झुण्डलाई लिएर चुनावमा परिचालन गरिएको आरोप लगाए । ‘पार्टी सभापति रविलाई नै… पुरा पढौ

प्रचण्ड–ओलीका लागि राष्ट्रपति निर्वाचनको ‘खड्गो’ टार्ने दुई उपाय

सीताराम बराल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको नेपाली कांग्रेसलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्य कुनै उदेश्य राखेर ‘ढोक्सा नथाप्न’ चेतावनी दिएका थिए, २६ पुसमा। ओलीको यो चेतावनी राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसले अपेक्षा गरेको माओवादी केन्द्रको साथप्रति लक्षित थियो। निर्वाचन आयोगले २५ फागुनका लागि राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ। जसअनुसार १३ फागुनमा राष्ट्रपतिका उम्मेदवारहरुले मनोनयन पत्र दाखिला गर्नेछन्। र, २५ फागुनमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संघीय संसद् र प्रदेश सभाका सदस्यहरुबाट मतदान… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com