समाचार

८५ दिनमा भारतमा विद्युत निर्यात गरेर ६ अर्ब आम्दानी : घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्ष २०७९/०८० भित्र नेपाल भारतसँग विजुलीको ‘नेट एक्सपोर्टर’ हुने दाबी गर्नुभएको छ । आइतबार ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताउनुभएको हो । उहाँले चालु आर्थिक वर्षमा भारतबाट आयात हुने भन्दा भारतमा निर्यात हुने बिजुलीको मात्रा बढी हुने बताउनुभएको हो । घिसिङले पछिल्लो ८५ दिनमा भारतमा विद्युत निर्यात गरेर ६ अर्ब रुपैयाँ आम्दानी गरेको बताउनुभयो । उहाँले कात्तिकसम्म नै भारतमा बिजुली निर्यात… पुरा पढौ

भदौ २२ भित्र उम्मेदवार सूची सिफारिस गर्न पार्टी कमिटीलाई निर्देशन

काठमाडौं, भदौ ११ गते । नेकपा (एमाले) ले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार सूची भदौ २२ गतेभित्र सिफारिस गर्न पार्टीको सम्बन्धित निर्वाचन क्षेत्र समन्वय कमिटीलाई निर्देशन दिएको छ । शनिबार सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकले सो निर्देशन दिएको हो । बैठकले उम्मेदवारको अन्तिम टुङ्गो लगाउने जिम्मेवारी केन्द्रीय कमिटीमा रहने गरी सो निर्देशन दिएको हो । सम्बन्धित प्रतिनिधिसभा क्षेत्रीय समन्वय कमिटीले प्रतिनिधिसभा र सम्बन्धित प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले सोही क्षेत्रको उम्मेदवार सिफारिस गर्न बैठकले निर्देशन दिएको पार्टीका प्रचार तथा… पुरा पढौ

स्थापना दिवसको अवसरमा बिशाल सहकारीद्धारा रक्तदान कार्यक्रम

पोखरा । पाेखरा ४ बुद्ध बिशाल बजारमा रहेकाे बिशाल बचत तथा ऋण सहकारी सस्थाको २३ अाै स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४५ युनिट रगत सकंलन भएको छ । बिशाल बचत तथा ऋण सहकारी सस्थाँको स्वास्थ्य उप समिति स‌याेजनमा आयोजित रक्तदान कार्यक्रममा वोल्दै बिशाल बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष भुवन नेम्कुलले सहकारीले विभिन्न समयमा सामाजिक उतर दाहित्वका कामहरु गरिरहेको बताउदै रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरीएको बताए। सहकारीका उपाध्यक्ष शिव शर्माले  सामाजिक उतरदायित्व… पुरा पढौ

गठबन्धन बैठकमा कुन दलले कति सिट दाबी गरे?

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठकमा दलहरुले आ–आफ्नो दाबी पेश गरेका छन्। बिहीबार बसेको बैठकमा नेपाली कांग्रेसले एक सय सिटमा दाबी गरेको छ। यस्तै, नेकपा माओवादी केन्द्रले ६०, नेकपा (एकीकृत समाजवादी) ले ४० र जनता समाजवादी पार्टीले ३५ सिटमा दाबी गरेको कार्यदलका एक सदस्यले जानकारी दिए। राष्ट्रिय जनमोर्चाले जम्मा बाग्लुङ र प्युठान बटमलाइनसहित दुई सिट नघट्ने गरी मागेको छ। सत्तारूढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँटको लागि बनाएको कार्यदलमा पाँच वटै दलले आफ्नो दाबी औपचारिक राखेका हुन्।… पुरा पढौ

राप्रपा नेपाल रिमोटबाट चल्ने पार्टी होइन : कमल थापा

राप्रपा नेपाल पुनर्जागृत गरेपछि अध्यक्ष कमल थापाले पहिलो पटक सोमबार झापामा कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन् । बिर्तामोडमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाल रिमोटबाट सञ्चालन हुने पार्टी नभएको बताए । ‘कुनै अँध्यारो कुना र शक्तिको रिमोटबाट राप्रपा नेपाल सञ्चालित हुँदैन,’ थापाले भने । राप्रपा नेपाललाई मुलुकको राष्ट्रिय राजनीतिमा स्थापित गराएरै छाड्ने दृढता व्यक्त गर्दै थापाले उच्च मनोबलका साथ संगठन निर्माणमा क्रियाशील हुन कार्यकर्तालाई आग्रह गरे । नेपाली जनताले विकल्पको खोजी गरिरहेको भन्दै उनले राप्रपा नेपाललाई नेपाली… पुरा पढौ

अमेरिकाका नेपालीले सम्झे नेता गिरीलाई

भर्जिनिया (अमेरिका), भदौ ६ गते । नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनप्रति यहाँ एक श्रद्धान्जली कार्यक्रम गरिएको छ । नेपाली जनसम्पर्क समिति, अमेरिकाको भर्जिनिया च्याप्टरले आइतबार आयोजना गरेको श्रद्धान्जली कार्यक्रममा सहभागीहरुले दिवंगत नेता गिरीको बहुआयामिक व्यक्तित्व र योगदानबारे स्मरण गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेसका सह–महामन्त्री एवं खानेपानीमन्त्री उमाकान्त चौधरीले नेता गिरी आफ्नो राजनीतिक गुरुसमेत रहेको भन्दै उहाँको निधनले कांग्रेस पार्टी र सिंगो मुलुकले नै एक असल चिन्तक र विचारक गुमाएको बताउनुभयो । मन्त्री चौधरीले २०६२–६३ सालको… पुरा पढौ

चुनाव प्रचारप्रसारमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारमा २५ जनाभन्दा बढी मानिस सहभागी हुन नपाउने प्रस्ताव गरेको छ । सोमवार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो प्रस्ताव अघि सारिएको बताएका छन् । उनले चुनावमा मतदातालाई अनेकौं प्रलोभन पार्ने तथा सांसदहरूले नै निर्वाचन लड्न कठिन भएको गुनासोका आधारमा आयोगले तोकेको खर्च गर्ने गरी प्रचारप्रसारका लागि २५ जना मात्रै जान मिल्ने आचारसंहिता ल्याउने प्रस्ताव गरिएको बताए । उनले निर्वाचनमा उम्मेदवार नभएको राजनीतिक दलको… पुरा पढौ

चुनावपछि पनि गठबन्धनकै सरकार बन्यो भने त्यसले मान्छे कुट्दै हिँड्छ : ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकार बनेको एक वर्षमा देश तहसनहस भएको दाबी गरेका छन्। उनले मंसिर ४ गतेको निर्वाचनपछि नेकपा एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जाने बताए। शनिबार झापाको बिर्तामोडमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको दोस्रो प्रदेशस्तरीय अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनकै सरकारका कारण बेतिथि उत्कर्षमा पुगेको बताए। ‘परमादेशबाट बनेको सरकारले जनादेश प्राप्त गरेर फेरि पनि अहिले सरकारमा भएका दलहरूकै सरकार बन्यो भने त्यो सरकारले मान्छे कुट्दै हिँड्छ,’ ओलीले भने। झापाको बिर्तामोडमा… पुरा पढौ

न्युयोर्कमा गान्धीको सालिक तोडफोड

भारतीय महावाणिज्य दूतावासले शुक्रबार न्यूयोर्कमा हिन्दू मन्दिर बाहिर महात्मा गान्धीको सालिक तोडफोडको कडा निन्दा गरेको छ । न्युयोर्कस्थित भारतीय कन्सुलेटले ‘घृणित कार्यका’ लागि जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउन अमेरिकी अधिकारीहरूसँग अनुरोध गरेको छ । ‘न्युयोर्कको क्वीन्समा रहेको एक मन्दिर बाहिर महात्मा गान्धीको मूर्ति (सालिक) तोडफोडको कडा निन्दा गर्दछौँ । हामीले यस घृणित कार्यका लागि जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउनको लागि पूर्ण अनुसन्धानको लागि अमेरिकी अधिकारीहरू समक्ष मुद्दा उठाएका छौंँ’, वाणिज्य दूतावासले एक विज्ञप्तिमा भनेको छ । एक व्यक्तिले मंगलबार महात्मा गान्धीको मूर्तिलाई… पुरा पढौ

हरितालिका तीज खर्चिलो तथा भड्किलो नगर्न आग्रह

जिल्ला प्रशासन कार्यालय कैलालीले नजिकिँदै गरेको महिलाहरुको महान चाड हरितालिका तीज कार्यक्रम खर्चिलो तथा भड्किलोरूपमा नगर्न आग्रह गरेको छ । विगत केही वर्षयता हरितालिका तीज पर्व मनाउने नाममा विभिन्न तडकभडकसहितका अत्यन्त खर्चिला कार्यक्रम गर्ने गरेकोमा त्यस्ता क्रियाकलाप नगर्न कार्यालयले आज एक सूचना जारी गर्दै आग्रह गरेको हो । आफ्नो परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा संवद्र्धन गर्नेबाहेक अन्य कुनै खालका खर्चिला तथा महँगा तीजसँग सम्बन्धित कार्यक्रम सञ्चालन नगर्न नगराउन सम्पूर्ण जिल्लावासीहरुमा अनुरोध गरिएको छ । ऐन नियमको विपरीत हुने गरी… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com