समाचार

मन्त्रिपरिषद्का निर्णय : योजना आयोगमा ज्ञावली, शाक्य र शाही नियुक्त, यस्ता छन् अरु निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा तीनजना सदस्य नियुक्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र कुशेन्द्र शाहीलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले परराष्ट्र मन्त्रालयअन्तर्गत नेपाल र बहराइन अधिराज्यका परराष्ट्र मन्त्रालयबीच दुई पक्षीय परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नेसमेत निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सरकारका प्रवक्ता शर्माले भनिन्, “ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत अमरपुर–ढुङ्गेसाँघु १३२ केभी प्रसारण लाइन आयोजनाका… पुरा पढौ

नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुमधुर बनाउनेछौँ : उपविदेशमन्त्री न्युल्याण्ड

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि बढाउने बताउनुभएको छ । उहाँले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरी यस्तो बताउनुभएको हो । उहाँले नेपालको आर्थिक विकासमा अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसि० परियोजनामार्फत सहयोग गरिरहेको पनि बताउनु भयो । उहाँले अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा, साइबर क्राइमका क्षेत्रमा भइरहेको अपराधलाई रोक्न नयाँ टेक्नोलोजीमा सहयोग गर्ने विषयमा आगामी दिनमा झनै सशक्त बनाउँदै जाने प्रतिबद्धता जनाउनु भयो । उपविदेशमन्त्री न्युल्याण्डले नेपाललाई… पुरा पढौ

राजधानीमै नक्कली मदिरा उत्पादन र कालोबजारी

काठमाडौं । काठमाडौं उपत्यका भित्र स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन नक्कली मदिरा उत्पादन र कालोबजारी भइरहेको खुलेको छ। नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले नक्कली मदिरा उत्पादन र कालोबजारीमा संलग्न गिरोह नै फेला पारेको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार लामो अनुसन्धानबाट नक्कली मदिरा उत्पादन र कालोबजारी गर्ने समूहमा संलग्न गिरोह फेला परेको हो। नेपाल प्रहरीको अपराध अनुसन्धानको विशेष टोलीले माघ १३ गते ललितपुर महानगरपालिका- १ कुपण्डोलमा निरज उप्रेतीले सञ्चालन गरेको… पुरा पढौ

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपालमा

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज काठमाडौँ आइपुग्नुभएको छ। दुईदिने नेपाल भ्रमणका क्रममा उहाँले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुहुने यहाँस्थित अमेरिकी राजदूतावासले जनाएको छ। साथै उहाँले नेपालको अनुपम सांस्कृतिक सम्पदाको अनुभव पनि सँगाल्नुहुनेछ। उहाँले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्रीका रूपमा शपथ लिनुभएको हो। त्यसअघि उहाँ वासिङ्टन डिसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज ग्रुपमा वरिष्ठ परामर्शदाताका रूपमा कार्यरत हुनुहुन्थ्यो। उपविदेशमन्त्री नुल्यान्ड ब्रुकिङ्स इन्स्टिच्युसनमा गैरआवासीय सिनियर फेलो, येल विश्वविद्यालयमा बृहत् रणनीतिक… पुरा पढौ

सरकार ढाल्ने र बनाउने क्षमता कांग्रेससँग छ : कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस प्रतिपक्षी दल भएकाले सरकार ढाल्ने र बनाउने क्षमता रहने बताएका छन्। विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले विश्वका अन्य मुलुकको संसदमा समेत प्रतिपक्षीको भूमिका यस्तै हुने टिप्पणी गरे। ‘प्रतिपक्षीको भूमिका भनेकै गभर्मेन्ट इन वेटिङ हो’ कोइरालाले भने, ‘हामी कुनै पनि बेला सरकार गिराउने क्षमता राख्नु पर्छ र सरकार बनाउने पनि। यो विश्वका विकसित मुलुकका पार्लियामेन्टमा हुने खेल पनि यही हो।’ अर्को प्रंसगमा नेता कोइरालाले राष्ट्रपति चुनावमा नेपाली कांग्रेसले उम्मेदवारी दिने बताए। तर उनले… पुरा पढौ

सरकार ढाल्ने खेल सुरु भयो : ओली

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने प्रयास भइरहेको बताएका छन्। अध्यक्ष ओलीले कांग्रेसप्रति संकेत गर्दै सरकारमा नहुनेको ध्यान सरकार ढाल्नेतर्फ गइरहेको बताएका हुन्। बुधबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले सरकार ढाल्ने र टिकाउने खेल भन्दामाथि उठेर देशको हितका लागि ‘डेमोक्रेटिक इक्सरसाईज’ गर्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरे। ओलीले मुलुकको राजनीतिलाई ठिक बाटोमा अघि बढाउन आफूहरुले कोसिस गरिरहेको दाबी समेत गरे। ओलीले… पुरा पढौ

गण्डकीमा मन्त्रिपरिषद्ले पायो पूर्णता, थपिए तीन मन्त्री

गण्डकी, माघ १० गते। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मौजुदा मन्त्रिपरिषदमा हेरफेर तथा कार्यविभाजन गरी सात सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। प्रदेश प्रमुखलाई उहाँले लेख्नु भएको पत्रमा सात सदस्यीय मन्त्रिपरिषद विस्तार गरेर जिम्मेवारी तोकिएको उल्लेख छ। हरिबहादुर चमान भौतिक विकास तथा यातायात मन्त्रालय, सीताकुमारी सुन्दास आर्थिक मामिला, पञ्चराम गुरुङ सामाजिक विकास तथा स्वास्थ्य, रोशनबहादुर गाहा आन्तरिक मामिला तथा कानुन, वेदबहादुर गुरुङ कृषि, ऊर्जा तथा जलस्रोत र रेशमबहादुर जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। अधिकारी गण्डकी… पुरा पढौ

विमान दुर्घटनापछि हवाई यात्रु घटे, भाडा पनि घट्यो

चितवन । माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाको प्रभाव चितवनमा पनि परेको छ । पोखरामा जहाज दुर्घटना भएसँगै हवाई यात्रा गर्नेको सङ्ख्या घटेको हो । भरतपुर नागरिक उड्ययन कार्यालयका अनुसार माघ १ देखि भरतपुरबाट काठमाडौँ जाने र आउनेको सङ्ख्या घट्दै गएको हो । कार्यालयका निमित्त प्रमुख दीपक विकेका अनुसार पुस २८ मा दुई सय ६० जना, पुस २९ मा तीन सय २५ जना, पुस ३० मा दुई सय ६० जना भरतपुरबाट हवाई मार्ग हुँदै काठमाडौँ गएका थिए ।… पुरा पढौ

महाबौद्धका फेन्सी व्यापारी भन्छन् – मध्य जाडोमा बोहोनीसमेत हुँदैन

काेमल शेरचन, काठमाडौं । ओहो, कस्तो जाडो ! अहिले हरेकका मुखबाट यही वाक्य उच्चारण हुने गर्छ । चिकित्सकहरुले पनि न्यानो कपडा लाउन र तातो झोलिलो पदार्थ खाएर जाडोबाट बच्न सुझाएका छन् । तर हिङदेखि हर्दीसम्म पाइने काठमाडौंको प्रमुख व्यवसायीक थलो असन र महाबौद्धका न्यानो लुगाका व्यापारीहरु ग्राहकको अभावमा हाई काढेर बस्नु परेको गुनासो गर्छन । जाडो बढेपछि व्यापारमा पनि केही कमी भएको देखिन्छ । मध्यान्ह महाबौद्धका पसल खाली थिए । सधैं मानिसको ठेलमठेल हुने यस क्षेत्रका व्यापारी ग्राहकको प्रतिक्षामा बसिरहेका… पुरा पढौ

बैंकमा पैसा थुप्रियो, एकैदिन १२ अर्ब निक्षेप थपियो

बैंक तथा वित्तीय संस्थामा एकैदिन १२ अर्ब रुपैयाँ निक्षेप थप भएको देखिएको छ। जनवरी ११ मा ५३ खर्ब २० अर्ब रुपैयाँ निक्षेप रहेकोमा जनवरी १२ मा ५३ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप देखिएको हो। जसमा ११ अर्ब रुपैयाँ त वाणिज्य बैंकहरुको निक्षेप थप भएको देखिएको छ। अन्य बैंक तथा वित्तीय संस्थाको १ अर्ब थप भएको देखिएको हो। बैंकको कर्जा प्रवाह भने सोही एक दिनको अवधीमा ६ अर्ब रुपैयाँ मात्रै थप भएको देखिएको छ। यो तथ्याङक एक हप्ता अगाडि अर्थात् अर्धवार्षिक… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com