समाचार

विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै शिक्षक महासङ्घ धर्नामा

काठमाडौं । सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना शुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मङ्गलवार दिउँसो ३ बजे बोलाएको वार्तालाई अस्वीकार गर्दै महासङ्घ आन्दोलनमा उत्रिएको हो । महासङ्घले मन्त्रीबाट आफ्ना माग सम्बोधन हुन नसक्ने जनाउँदै धर्ना शुरु गरेको हो । गत वर्षको तथ्याङ्अनुसार हाल मुलुकभर २७ हजार ३४३ सामुदायिक विद्यालय छन् भने स्थायी, अस्थायी र राहत गरी १ लाख ५७ हजार ३५४ शिक्षक… पुरा पढौ

मानिस हराएको सूचना !!!

मानिस हराएको सूचना !!! पोखरा ४ बुद्व विशाल बजार वस्ने वर्ष २६ को मानसिक अवस्था कमजोर भएको बिपेन गुरूङ नाम गरेको ब्यक्ती २०८०/०५/३० गते शनिवार बेलुकी देखी हराईरहेको हुदा कसैले देख्नुभयो भने वा फेला पार्नुभयो भने नजिकको प्रहरी चौकी वा निजको बुवा आश वहादुर गुरूङको मोवाईल नम्वर ९७६२३३६७९६,९८०६५३६१५९ मा खबर गरिदिनुहुन विनम्र अनुरोध गरिन्छ । पुरा पढौ

जनताले प्रत्यक्ष अनुभुत हुने खालको काम गर्न चाहन्छु –वडा अध्यक्ष लामिछाने

पोखरा । पोखरा महानगरपालिका २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले जनताले प्रत्यक्ष अनुभुत हुने खालको विकास निर्माणको काम गर्न चाहेको बताएका छन् । पोखरा महानगरपालिका २८ कालिकामा निर्माण भएको गैराथर सिल्पा सडकको उदघाटन गर्दे वडा अध्यक्ष लामिछानेले भने महानगरपालिका भए पनि पोखरा २८ को अधिकांस भाग भुगोलको हिसावले विकट रहेकोले ग्रामीण क्षेत्रको विकासको मूल आधार भनेकै सडक सञ्जाल भएको संकेत गर्दै हरेक विकास निर्माणमा स्थानीयले चासो दिनुपर्ने बताए । वडा अध्यक्ष लामिछानेले पोखरा २८ को ऐतिहासिकता बुझ्न नयाँ पुस्तालाई आग्रह… पुरा पढौ

कमला ह्यारिसको जीवनी नेपालीमा

काठमाडौं, असोज २ गते। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपाली भाषामा अनुवादित भएको छ। ‘द ट्रुथ वी होल्ड’को नेपाली अनुवाद ‘सत्यको जगमा उभिएर’ सार्वजनिक भएको हो। अनुवादक विप्लव प्रतीक र लेखक/अनुवादक सगुना शाह तथा वी रिडकी सिइओ सुनीति अमात्यले सो पुस्तकको विमोचन गर्नुभयो। विमोचनअघि अनुवादक प्रतीकसँग शाहले संवाद गर्नुभएको थियो। कमला ह्यारिसलाई कसरी सत्यको जगमा उभिएको पाउनुभयो भन्ने प्रश्नमा प्रतीकले सुरुवातीदेखिकै हरेक यात्रा र सङ्घर्षमा कमला सत्मार्गमा हिँडेको आफूले पाएको बताउनुभयो। ‘‘उनको जीवन नै हरेक मानिसलाई प्रेरणा र ऊर्जा दिने… पुरा पढौ

भू–उपयोग नियमावलीमा अस्पष्टताले जग्गा कारोबारमा समस्या

काभ्रेपलाञ्चोक । सरकारले भू–उपयोग (पहिलो संशोधन) नियमावली, २०८०, जारी गरेपछि पनि काभ्रेपलाञ्चोकमा जग्गाको कारोबार ठप्प छ । सरकारले एक वर्षअघि जग्गा वर्गीकरणपछि मात्रै कारोवार गर्ने अनिवार्य व्यवस्था लागू गरेसँगै घरजग्गा कारोबारमा आएको मन्दीपछि भूमि व्यवस्थापन तथा अभिलेख विभागले एक सय ३५ ओटै मालपोत कार्यालयलाई भदौ ३ गते नियमावली कार्यान्वयनका लागि परिपत्र गरेको थियो । घरजग्गाका जिल्लास्थित सरोकारवाला निकायले अस्पष्ट नियमावलीका कारण जग्गा कारोवार चलायमान हुन नसकेको जनाएका छन् । मूल नियमावलीको नियम १२ मा गरिएको संशोधनको २ को (क)मा सम्बन्धित… पुरा पढौ

गैर आवासीय नेपालीलाई नागरिकता दिने नियमावली मन्त्रिपरिषद्‌बाट पास

गैर आवासीय नेपालीलाई नागरिकता दिनेगरी नियमावली मन्त्रिपरिषद्ले पास गरेको छ। भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले गैर आवासीय नेपालीलाई राजनीतिक बाहेकका अधिकार प्रदान गरी नियमावली स्वीकृत गरेको हो। ‘नेपाल नागरिकता तेस्रो संसोधन नियमाली २०८० स्वीकृत’ मन्त्रिपरिषद् बैठकका निर्णयमा भनिएको छ। गैर आवासीय नेपाली संघका कार्यकारी अध्यक्ष बद्रि केसीले सरकारले नागरिकता दिने गरी बनाएको नियमावली स्वीकृत गरेको बताए। एनआरएनएले स्थापना कालदेखीनै गैर आवासीय नेपाली नागरिकता उपलब्ध गराउने व्यवस्था गर्न माग गर्दै आएको थियो। ‘हामी २० वर्षदेखी गैर आवासीय नेपालीले नागरिकता पाउनुपर्छ… पुरा पढौ

तीज संस्कृति : चेली लिन जाने चलन हरायो, गीत र लय फेरिए

म्याग्दी । भदौरे झरीमा खोला र खहरेमा उर्लेको भेललाई छिचोल्दै तीजकै लागि छोरीचेली र दिदीबहिनी लिन जाने चलन अब हराउँदै गएको छ । हातहातमा मोबाइल र इन्टरनेटको पहुँच तथा यातायातको सुविधाले छोरी चेली र दिदीबहिनीलाई लिन अब घरमै जान नपर्ने अवस्था आएको छ । स–साना छोराछोरी पिठ्युँमा बोक्दै र हातमा डो¥याउँदै भाइको अघिपछि हुँदै साँझपख मात्रै माइतीको आँगनमा पाइलो टेक्दा मिल्ने खुसी अहिले वर्णन नै गर्न नसकिने बेनी नगरपालिका–२ की ६९ वर्षीया यामकुमारी शर्माले बताइन् । तीज आयो जाउन बाबू… पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड अमेरिकामा

भदौ ३० गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका पुग्नुभएको छ। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिका पुग्नुभएको हो। प्रधानमन्त्री प्रचण्डलाई आइतबार जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थाई प्रतिनिधि लोकबहादुर थापा लगायतले स्वागत गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको हो। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका प्रस्थान गर्नुभएको हो। आगामी असोज ४ गते प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुहुने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयले दिएको कार्यसूची… पुरा पढौ

हस्तकलाका सामग्री निर्यात गर्दै थारु महिला : अमेरिका सम्म पुग्छ नेपाली सामान

राँझा (बाँके)। बाँकेका थारु महिलाले उत्पादन गरेका हस्तकलाका सामग्री विदेश निर्यात हुने गरेका छन् । नेपालगञ्जमा सङ्गठितरुपमा उत्पादन हुने थारु महिलाका हस्तकलाका सामग्री डेनमार्क, अमेरिका, जापान, थाइल्यान्डलगायतका मुलुकमा निर्यात गर्दै आएको नेपालगञ्जस्थित पञ्चशील हस्तकला केन्द्रका अध्यक्ष निरु चौधरीले जानकारी दिइन् । “हामीले यहाँ उत्पादन गरेर सामग्री काठमाडौँ पठाउँछौँ । त्यहाँबाट विदेश पठाउने काम हुन्छ”, उनले भनिन्, “हस्तकला झन्झटिलो हुने भएकाले मागअनुसारको सामग्री तयार गर्न सकिरहेका छैनौँ ।” ढकिया, पेनहोल्डर, गमला, हट्केश, ज्वैलरी, डस्टविन, ट्रेलगायतका सामग्रीको धेरै माग हुने गरेको चौधरीले… पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान

काठमाडौं, भदौ ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको छ । उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ संयुक्त राष्ट्रसङ्घको मुख्यालय अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको हो । उहाँलाई सफल यात्राको शुभकामना दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, मन्त्रिपरिषद् सदस्य, कूटनीतिक नियोगका प्रमुख र नेपाल सरकार विशिष्ट व्यक्तित्व पुग्नुभएको थियो । आगामी असोज ४ गते प्रधानमन्त्री… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com