समाचार

अमेरिकी सेना भोलि नेपाल आउँदै

काठमाडौं । ‘ज्वाइन्ट कम्बाइन्ड एक्सचेञ्ज ट्रेनिङ’ का लागि अमेरिकी सेना भोलि नेपाल आउने भएको छ । नेपाली सेना र संयुक्तराज्य अमेरिकाको सेनाबीच नियमितरुपमा सञ्चालन हुँदै आएको ‘ज्वाइन्ट कम्बाइन्ड एक्सचेञ्ज ट्रेनिङ’को चालिसौँ संस्करण यही भदौ २४ गते सुरु हुने भएकाले उक्त अभ्यासका लागि अमेरिकी सेना भोलि नेपाल आउन लागेको हो । आउँदो असोज १२ गतेसम्म काठमाडौं उपत्यकामा हुने उक्त अभ्यास सञ्चालन हुने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जानकारी दिएको छ । नेपाली सेनाका ३० जना तथा अमेरिकी सेनाका… पुरा पढौ

क्यानडा पठाउने भनी ३४ लाख ठगी गर्ने दुई पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्राममा प्रचारमार्फत आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीको लागि क्यानडा पठाउने भनी ३४ लाख ५७ हजार ७१० रुपियाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका-६ का ३० वर्षीय लक्ष्मण नेपाली र सप्तरी राजविराज नगरपालिका-४ का ३५ वर्षीय महावीर प्रसाद साहलाई पक्राउ गरिएको छ । उनीहरूले क्यानडा जान वर्कपरमिट भिसा पाइने भनी नक्कली विज्ञापन सार्वजनिक गरेर इन्स्टाग्रामका प्रयोगकर्तासँग पीडितले कुराकानी गर्ने… पुरा पढौ

५३८ करोडको बैंक घोटाला प्रकरणमा जेट एयरवेजका संस्थापक नरेश गोयल गिरफ्तार

नयाँ दिल्ली । ५३८ करोडको बैंक घोटाला प्रकरणमा जेट एयरवेजका संस्थापक नरेश गोयल गिरफ्तार भएका छन् । आर्थिक अपराधविरुद्ध कारबाही गर्दै आएको प्रवर्तन निर्देशनालय (ईडी)ले मनी लान्ड्रिङ प्रकरणमा शुक्रवार गोयललाई गिरफ्तार गरेको हो । भारतीय सञ्चार संस्था टाइम्स अफ इन्डियामा प्रकाशित एक समाचार अनुसार ईडीको मुम्बईस्थित कार्यालयमा गोयललाई घन्टौं सोधपुछ गरिएको थियो । घटनाको जाँचबुझमा गोयलले सहयोग नगरेको ईडी अधिकारीको भनाइ छ । समाचार स्रोतलाई उध्दृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको समाचारमा कैनरा बैंकसँग जोडिएको कर्जा घोटाला प्रकरणमा सोधपुछका लागि… पुरा पढौ

हवाई सेवा सञ्चालनको नयाँ मापदण्ड तयार

काठमाडौं, भदौ १६ गते । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’को दशौँ संशोधन गर्दै नयाँ मापदण्ड तयार गरेको छ । तयार पारिएको नयाँ मापदण्डअनुसार वायु सेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग अब न्यूनतम तीनवटा जहाज अनिवार्य हुनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार सबै वायुसेवा कम्पनीले पाँच वर्षभित्र जहाजको सङ्ख्या न्यूनतम पाँचवटा पुर्‍याउनु पर्नेछ भने यसो गर्न नसक्ने कम्पनी मर्जरमा गए पनि मान्य हुने प्राधिकरणको नीति छ ।… पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी सिनेटर होलेनबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेटवार्ता भएको छ। शुक्रबार दिउँसो काठमाडौं आइपुगेका होलेन प्रधानमन्त्री प्रचण्डलाई भेट्न साँझ बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास पुगेका थिए। अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्यसमेत रहेका सिनेटर र प्रधानमन्त्री प्रचण्डबीच नेपाल र अमेरिकाबीच सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपालस्थित अमेरिकी राजदूतावासले सिनेटको भ्रमणका क्रममा अमेरिका–नेपाल राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारीहरू, युवा नेताहरू, सांसदहरू र उद्यमीहरूसँग भेटघाट… पुरा पढौ

गोर्खा सैनिकका माग सम्बोधन गर्नुपर्छ : उपप्रधानमन्त्री

काठमाडौं, भदौ १५ गते । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेनबीच शुक्रबार शिष्टाचार भेटघाट भएको छ । गृह मन्त्रालयमा राजदूत फेनलाई स्वागत गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र बेलायतबीच मैत्री सन्धि भएको सय वर्ष पुगेकोमा गर्व व्यक्त गर्दै राजदूतको कार्यकाल सफलताको शुभकामना दिनुभयो । त्यसक्रममा राजदूत फेनले समेत मैत्री सन्धि भएको सय वर्ष पुगेकोमा आफूलाई गर्व लागेको र दुई देशबीचको सम्बन्धलाई अझ आधुनिकीकरण गर्नु जरुरी रहेको बताउनुभयो । बेलायतमा नेपालबारे बेग्लै पहिचान स्थापित भएको,… पुरा पढौ

बुद्धि, विवेक पुर्‍याएर काम गर्न नगर प्रहरीलाई प्रमुख साहको निर्देशन

काठमाडौं, भदौ १४ गते। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बुद्धि, विवेक पुर्‍याएर काम गर्न नगर प्रहरी बललाई निर्देशन दिनुभएको छ। बिहीबार महानगरपालिकाको नगर प्रहरी बलको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख साहले बुद्धि, विवेक पुर्‍याएर काम गर्न प्रहरीलाई निर्देशन दिनुभएको हो। उहाँले संवेदनशील हुनुपर्ने ठाउँमा संवेदनशील भएर काम गन आग्रह गर्नुभयो। उहाँले नगर प्रहरीलाई हिम्मतले काम गर्न आग्रह गर्नुभयो। प्रमुख साहले नगर प्रहरीले कुनै पनि प्रकारको नातावाद, कृपावाद र राजनीतिक दबाबबिना काम गरिरहेको उल्लेख गर्दै यसप्रति महानगरपालिकाको सबै… पुरा पढौ

राष्ट्रपति पौडेलसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको भेट

काठमाडौं, भदौ १४ गते। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राज्य अमेरिकाको संसदीय प्रतिनिधिमण्डलले बिहीबार भेटवार्ता गरेको छ। मार्क पोकनको नेतृत्वमा आएको अमेरीकी सांसदको प्रतिनिधिमण्डलसँग राष्ट्रपति कार्यालयमा भेटवार्ता भएको हो। भेटमा राष्ट्रपति पौडेलले समाजमा मानवीय मूल्य कायम गर्नका लागि सबैभन्दा पहिले लोकतन्त्र स्थापित हुन जरुरी रहेको बताउँदै पछिल्लो समय लोकतन्त्रको स्थापनासँगै नेपालमा नयाँ संविधानले समावेशी प्रावधानसहितका मानवीय मूल्यलाई स्थापित गरेको धारणा व्यक्त गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। राष्ट्रपति पौडेलले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका कारण विभिन्न सिमान्तकृत समुदायका… पुरा पढौ

नेपाल भ्रमणमा आउँदै अमेरिकी सिनेटर होलेन

वासिङ्टन डिसी– अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले नेपालको भ्रमण गर्ने भएका छन्। होलेन सेप्टेम्बर पहिलो साता काठमाडौं आइपुग्ने कार्यतालिका सार्वजनिक गरिएको हो। सिनेटर भ्यान होलेनको अफिसले दिएको जानकारीअनुसार नेपाल भ्रमणका क्रममा उनले सरकारी अधिकारी, युवा नेता, सांसद, नागरिक समाजका प्रतिनिधि, गैरनाफामूलक संस्थाका प्रतिनिधि र व्यवसायीलगायतसँग भेट गर्नुहुने जनाइएको छ। उनले अमेरिकी सहयोगमा सञ्चालित प्रोजेक्ट र स्थानीय सांस्कृतिक महत्त्वका क्षेत्रमा भ्रमण गर्नेछन्। उनको भ्रमणले नेपाल र अमेरिकाको राजनीतिक तथा व्यावसायिक साझेदारी मजबुत हुने विश्वास… पुरा पढौ

भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने

काठमाडौं, भदौ ११ गते । भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्नेभएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार भुटानको पारा अन्तर्राष्ट्रिय विमानस्थलबाट यही भदौ २३ गते (सेप्टेम्बर ९) सिधा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरले उडान गर्ने भएको हो । यो उडान चार्टर उडान हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि सेप्टेम्बर २३ मा सिँधै उडान गर्ने छ । यो उडान चार्टर्ड उडान हुनेछ ।” ड्रक एयरको विमान पोखराबाट सिधा… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com