समाचार

काठमाडौँ महानगरले सार्वजनिक स्थलमा कुकुर-बिरालोलाई दिशा पिसाब गराए ५ हजार जरिवाना तिराउने

काठमाडौँ । घरपालुवा कुकुर-बिरालोलाई सार्वजनिक स्थानमा दिशा पिसाब गराउनेलाई महानगर प्रहरी बलले कारबाही गराउन थालेको छ । काठमाडौँ महानगरपालिका कुकुर/बिरालो बन्ध्याकरण, भ्याक्सिनेसन तथा अभिलेख कार्यविधिबमोजिम जरिवाना तिराउन थालेको हो । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र भएका कुकुर र बिरालाहरुको सुरक्षा र व्यवस्थापनका लागि कार्यविधि बनाइएको हो । जसअनुसार ५ हजारसम्म जरिवाना हुने व्यवस्था छ । कार्यविधिले घरपालुवा कुकुर बिरालालाई दर्ता गराउनु पर्ने, तिनीहरुको रेखदेख, हेरचाह, नियमित खोप, औषधि उपचारको व्यवस्था गर्ने दायित्व जसले पालेको छ, उसैले गर्नुपर्ने प्रबन्ध गरेको छ । महानगरपालिकाले… पुरा पढौ

फ्रान्समा ३४ वर्षीय अत्ताल बने प्रधानमन्त्री

फ्रान्समा ३४ वर्षीय ग्याब्रियल अत्ताल प्रधानमन्त्री नियुक्त भएका छन्। उनी फ्रान्सका हालसम्मकै कान्छो प्रधानमन्त्री हुन्। राष्ट्रपति इम्यानुएल म्याक्रोँले उनलाई सो पदमा नियुक्त गरेका हुन्। यसअघिकी प्रधानमन्त्री एलिजावेथ बोर्नले २० महिना पदमा रहेपछि राजीनामा दिएकी हुन्। अत्ताल यसअघि शिक्षामन्त्री थिए। अब उनले जुन महिनामा हुने युरोपेली संसदको निर्वाचनको नेतृत्व गर्नुपर्ने छ। अत्तालको उदय तीव्र गतिमा भइरहेको छ। १० वर्षअघि उनी स्वास्थ्य मन्त्रालयका सल्लाहकार मात्र थिए। २०१७ मा उनी सांसद बने। २९ वर्षको उमेरमा उनी सबैभन्दा कान्छो मन्त्री बने। उनी फ्रान्सको पहिलो… पुरा पढौ

ट्रम्पलाई सन् २०२४ को मतदानमा रोक लगाउने विपक्षीको प्रयास असफल

सन् २०२१ मा अमेरिकी संसद भवनमा भएको आक्रमणमा डोनाल्ड ट्रम्पको भूमिकालाई लिएर आगामी वर्ष हुने पहिलो चरणको मतदान डोनाल्ड ट्रम्पलाई सहभागी हुनबाट रोक्ने विपक्षीहरूको प्रयासलाई असफल भएको छ । सन् २०२० मा आफ्नो पराजय उल्टाउने ट्रम्पको प्रयास र वासिङ्टनमा भएको दङ्गाले उनलाई पुनः चुनाव लड्न अयोग्य बनाउने कि नबनाउने भन्ने निर्णय गर्न न्यायाधीशहरूले निर्वाचन अधिकारीहरूलाई बाध्य पार्नुपर्ने पूर्व राष्ट्रपति ट्रम्पका विरोधीहरूको माग थियो । तर उच्च अदालतको संक्षिप्त फैसला भनिएको छ, ‘मिचिगनमा फेब्रुअरी २७ मा हुने राष्ट्रपतीय प्राइमरीको पूर्वसन्ध्यामा प्रस्तुत… पुरा पढौ

बक्यौता नतिर्ने उद्योगको लाइन काट्दै जान्छौँ : कार्यकारी निर्देशक घिसिङ

काठमाडौं, पुस १२ गते । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ट्रंक र डेडिकेटेड लाइनको महसुल नतिर्ने उद्योगको लाइन सामूहिक निर्णयबाट काटिएको दाबी गर्नुभएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्नुहुँदै कार्यकारी निर्देशक घिसिङले सरकार, अदालत र संसदीय समितिको निर्णय र निर्देशनमा काटेको महसुल नतिर्नेहरूको लाइन काटेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘‘२०७७ चैत्र १७ मा निर्देशन दिइएको छ । लेखा समितिले दुई तीन वटा निर्देशन कडा रूपमा दिएको छ । नेविप्राबाट डेडिकेटेड लाइनको हकमा प्राधिकरणका सञ्चालक समितिको ७२–३–१२… पुरा पढौ

हाम्रो पर्यटकीय स्थललाई विश्वबजारमा प्रवर्द्धन गर्नुपर्छ : राष्ट्रपति पौडेल

गलकोट, पुस ११ गते । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भएकाले त्यसमा लगानी गर्न उद्यमी-व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “विश्व पर्यटन बजारमा नेपालका पर्यटकीय स्थलको प्रवर्द्धन गरी यस क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारका रूपमा स्थापित गर्न सकिन्छ ।” बागलुङ उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको सातौँ बागलुङ महोत्सवको उद्घाटन समारोहमा राष्ट्रपति पौडेलले पर्याप्त भौतिक पूर्वाधार निर्माण गरी पर्यटक भित्र्याएर आयआर्जन गर्न सकिने प्रशस्त सम्भावना रहेको बताउनुभयो । राष्ट्रपति पौडेलले मध्यपहाडी लोकमार्गको काम… पुरा पढौ

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन घट्यो

लमजुङ । जिल्लाको बेंसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाट क्षमताको मध्य–मर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटेको छ । मर्स्याङ्दी नदीमा पानीको मात्रा घटेपछि हाल आयोजनाबाट ४० मेगाावाट मात्र बिजुली उत्पादन भइरहेको छ । मध्य–मस्र्याङ्दी जलविद्युत् आयोजनाका प्रमुख पवन बस्नेतका अनुसार मर्स्याङ्दीमा आयोजनालाई आवश्यक पानी नहुँदा ३० मेगावाट बिजुली उत्पादन घटेको हो । गत मङ्सिरको शुरुआतदेखि नै विद्युत् उत्पादन घट्न थालेको उनले बताए । ‘आगामी फागुनसम्म नै बिजुली उत्पादन घट्दै जाने देखिन्छ,’ उनले भने । मध्य–मर्स्याङ्दी आयोजना सन् २००८ मा निर्माण सम्पन्न… पुरा पढौ

एउटै वडामा करीब तीन करोडको सुन्तला उत्पादन

दमौली (तनहुँ) । तनहुँको एक पालिकाको एउटै वडाबाट यो वर्ष करीब रु तीन करोड बराबरको सुन्तला उत्पादन भएको छ । देवघाट गाउँपालिका–३ का विभिन्न ठाउँबाट यस वर्ष उक्त मूल्य बराबरको सुन्तला उत्पादन भएको हो । उक्त वडाको नौ वटा टोलमा व्यावसायिकरूपले सुन्तला खेती भइरहेको छ । गत वर्ष पनि रु तीन करोड बराबरको सुन्तला विक्री गरेका यहाँका कृषकले अहिले पनि सोही हाराहारीमा सुन्तला विक्री गर्ने तयारी गरेको सुन्तला उत्पादक कृषक भीमबहादुर थापाले जानकारी दिए । यहाँका कृषकको मुख्य आम्दानीको स्रोत… पुरा पढौ

रास्वपाको नारायणगढ-बुटवल दबाब यात्रा

नवलपुर, पुस ९ गते । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नारायणगढ-बुटवल खण्ड विस्तारमा ढिलाइ भएको भन्दै ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा सुरु गरेको छ । पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा आज नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटस्थित भृकुटीचोकबाट दबाबमूलक पदयात्राको सुरुवात गरिएको हो । दबाब यात्रा सुरु हुनु अगाडि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले निर्धारित समयमा सडक विस्तार नहुँदा स्थानीयलाई समस्या परेको भन्दै सडक चाँडो निर्माण गराउन दबाब दिन यात्रा सुरु गरिएको बताउनुभयो । “यो बाटो बनेको छैन, विकास… पुरा पढौ

गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको बताउनुभएको छ। आइतबार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्मदिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले गणतान्त्रिक लोकतन्त्रको सुदृढीकरण गर्दै अघि बढ्न आवश्यक रहेको बताउनुभयो। उहाँले राजनीतिक दलहरूले यसबारेमा विशेष जोड दिई गम्भीर बन्नुपर्ने बताउनुभयो। उहाँले नेता स्व. भट्टराई कुनै पनि बद्नामले नछोएको व्यक्ति भएको बताउनुभयो। उहाँले नेता भट्टराईको विषयमा खोजेर पुस्तक लेख्नुपर्ने र सबैलाई बुझाउन सक्नुपर्ने बताउनु भयो। उहाँले भन्नुभयो, ‘‘भट्टराईजीका बारेमा… पुरा पढौ

विश्वभर कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि

नयाँदिल्ली । पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । डब्लुएचओले जारी गरेको पछिल्लो प्रेस विज्ञप्तिमा भनिएको छ, “पछिल्लो २८ दिनमा कोभिड सङ्क्रमितको मृत्यु सङ्ख्या आठ प्रतिशतले कमी आई विश्वभर कूल तीन हजारभन्दा बढी थप मृत्यु भएको छ । डिसेम्बर १७ सम्ममा कोभिड–१९ सुरु भएयता विश्वभर ७७ करोड २० लाखभन्दा बढी सङ्क्रमित पुष्टि भएका छन् भने करिब ७० लाख कोभिड सङ्क्रमित व्यक्तिको मृत्यु भइसकेको छ ।कोभिड–१९ का एक… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com