समाचार

बङ्करमा फसेका नेपाली विद्यार्थीको उद्धार : आउन चाहनेलाई नेपाल ल्याइने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय शोकको घडीमा राजनीतिक दल, नागरिक समाज एकाकार भएर सरकारप्रति ऐक्यबद्धता प्रकट गरेकोमा सबैप्रति कृतज्ञता ज्ञापन गर्नुभएको छ । सिंहदबारमा आज भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले इजरायलमा भएको आतङ्कवादी आक्रमणका कारण त्यहाँका विभिन्न स्थानमा अलपत्र परेका नेपालीको उद्धारका लागि सरकारले आवश्यक सबै तयारी गरिसकेको जानकारी दिँदै धन्यवाद ज्ञापन गर्नुभएको हो । उहाँले सरकारको प्रयासका कारण बङ्करमा फसेका नेपाली विद्यार्थीको आज उद्धार भइसकेको र नेपाल फर्कन चाहनेलाई विमान चार्टर गरी ल्याउने मन्त्रिपरिषद्ले निर्णय गरिसकेको बताउनुभयो । “चाँडोभन्दा… पुरा पढौ

इजरायलको बङ्करमा रहेका विद्यार्थीसँग प्रधानमन्त्रीको संवाद

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलको बङ्करमा रहेका नेपाली विद्यार्थीसँग कुराकानी गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री प्रचण्डले इजरायलको बङ्करमा रहनुभएका नेपाली विद्यार्थी विपिन सुवेदीसँग संवाद गर्नुभएको हो । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्री प्रचण्डले नेपाली विद्यार्थीलाई शीघ्र उद्धार गरिने र त्यसका लागि सरकार लागिपरेकाले नआत्तिन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले सरकार पछिल्लो तीन दिनदेखि नेपाली विद्यार्थीको उद्धारमा लागिपरेको बताउनुभएको थियो । उहाँले सोही विषयमा छलफल गर्न आजै मन्त्रिपरिषद्को बैठक बोलाइएको र सर्वदलीय बैठकमा… पुरा पढौ

इजरायलमा १० जना नेपालीको मृत्यु (नामावली)

काठमाडौं । प्यालेस्टायनीको आक्रमणमा परी इजरायलमा १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि भएको छ । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालका अनुसार इजरायलमा आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार, पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामी छन् । इजरायलमा पढ्न… पुरा पढौ

नयाँ नोट सटही असोज २९ गतेदेखि

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैङ्कले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो । राष्ट्र बैङ्कले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैङ्कअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ । वाणिज्य बैङ्कहरूले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैङ्कबाट त्यस्ता नोट लिनुपर्नेछ… पुरा पढौ

दसैँका लागि असोज २२ देखि अग्रिम टिकट बुकिङ खुल्ला हुने

दसैँका लागि असोज २२ गतेबाट अग्रिम टिकट खुल्ला हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा २२ गतेबाटै दसैँका लागि टिकट खुलाउन व्यवसायी तयार भएका हुन्। यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले सरकारले सडकका खाल्डा खुल्डी पुर्ने र व्यवसायीले बसको व्यवस्थापन गरी टिकट खुलाउने निर्णय भएको जानकारी दिए। ‘पूर्वाधार मन्त्री, यातायात व्यवस्था विभागका महानिर्देशकको समन्वयमा अग्रिम टिकट खुलाउन तयार भएका हौं,’ स्वारले नेपालखबरसँग भने, ‘गाडी थप गर्ने र व्यवस्थापन गर्ने जिम्मेवारी हाम्रो हुन्छ।’ काठमाडौं उपत्यकाबाट दसैँको समयमा… पुरा पढौ

राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न देशका आवासीय तथा गैरआवासीय राजदूतले छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । यसरी प्रमाणपत्र पेस गर्ने राजदूतहरूमा नेपालका लागि स्वीटजरल्याण्डका आवासीय राजदूत डेनियल मेउली मोन्टेलोन र युरोपियन युनियनका लोरेन्जो भेरोनिक हुनुहुन्छ । यसैगरी, नेपालका लागि स्विडेन अधिराज्यका जन थेस्लेफ, हंगेरीका स्तभान स्जाबो र चेक गणतन्त्रका डा. एलिस्का जिगोवा हुनुहुन्छ । समारोहमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो । नवनियुक्त राजदूतको राजधानी होटल रेडिशनदेखि राष्ट्रपति भवनसम्म रिल्लासहित बग्गीमा… पुरा पढौ

नेपाल एयरलाइन्सले सिड्नी, कोलम्बो र सिओल उडान गर्ने

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अष्ट्रेलियाको सिड्नी, श्रीलङ्काको कोलम्बो र दक्षिण कोरियाको सिओलमा सिधा हवाई उडान सञ्चालन गर्ने भएको छ। निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले छिट्टै सिड्नी, कोलम्बो र सिओलमा उडान भर्ने गरी कार्ययोजना बनाइएको जानकारी दिए। नेपाल वायुसेवा निगम र निजी क्षेत्रका नेपाल चेम्बर अफ कमर्सलगायत विभिन्न चारवटा संस्थाबीच आज समझदारीपत्र (एमओयु)हस्ताक्षर कार्यक्रममा अध्यक्ष अधिकारीले अष्ट्रेलिया उडान रोक्न केही पक्ष लागिपरेको भन्दै सबै प्रकारका दबाब र प्रभावका बीच सिड्नीसहितका गन्तव्यमा उडान विस्तार गरिने उल्लेख गरे। ‘निगमले सिड्नीको… पुरा पढौ

धार्मिक तनाव चुलिएपछि नेपालगञ्जमा सेना परिचालन

दुई धार्मिक समूहहरुबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको हो। नेपालगञ्जमा भएको झडप बढ्दै जाँदा सम्भावित दुर्घटना रोक्न सेना उतारिएको हो। मंगलबार मात्रै झडपका क्रममा प्रहरीले दुई दर्जनभन्दा बढी अश्रुग्यास हानेको थियो। मंगलबार साँझसम्म आठजना घाइते भएका छन्। जिल्ला प्रशासन कार्यालय बाँकेकले मंगलबार दिउँसो १ बजेदेखि कर्फ्यु लगाएको छ। तर पनि अवस्था अझै नियन्त्रणमा आउन सकेको छैन। सोमबार मुस्लिम समुदायले गरेको विरोध प्रदर्शन र मंगलबार ओमकार परिवार हिन्दु समाजले निकालेको र्‍यालीपछि त्यहाँको अवस्था तनावग्रस्त भएको हो। नगरका विभिन्न… पुरा पढौ

दसैं टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:२ बजे

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैंको टीकाको साइत सार्वजिनक गरेको छ। समितिका अनुसार दसैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ। मंगलबार दसैंसँग सम्बन्धित साइतहरू सार्वजनिक गर्दै समितिले यसबारे जानकारी गराएको हो। दसैंको सुरुवात असोज २८ गतेबाट हुनेछ। घटस्थापनाको साइत असोज २८ गते बिहान ११ बजेर २९ मिनेटमा रहेको समितिले जनाएको छ। यस्तै कार्तिक ४ गते शनिबार फूलपाती छ। त्यसदिन तुलजाभवानी यात्रा बिहान ८ बजेर २४ मिनेट बजे शुभ रहेको समितिले जनाएको… पुरा पढौ

एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाह निर्वाचित

सुर्खेत, असोज १५ गते । नेकपा (एमाले) कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह विजयी हुनुभएको छ । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा उहाँले तीन सय ६९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिष्पर्धी मिनबहादुर शाहीले दुई सय ७ मत ल्याउनुभयो । अध्यक्षका अर्का उम्मेदवार प्रकाश रोकायले ४ मत ल्याउनुभयो । यस्तै, उपाध्यक्षमा टेकराज पछाई विजयी हुनुभएको छ । उहाँले तीन सय ४२ मत ल्याउनुभयो । हाँका प्रतिष्पर्धी लालबहादुर महतराले एक सय ७६ मत ल्याउनुभयो । सचिवमा धु्रवकुमार शाहीले चार… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com