दसैँका लागि असोज २२ देखि अग्रिम टिकट बुकिङ खुल्ला हुने

-


     नेपालय न्युज    
     असाेज १९ गते २०८०


दसैँका लागि असोज २२ गतेबाट अग्रिम टिकट खुल्ला हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा २२ गतेबाटै दसैँका लागि टिकट खुलाउन व्यवसायी तयार भएका हुन्।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले सरकारले सडकका खाल्डा खुल्डी पुर्ने र व्यवसायीले बसको व्यवस्थापन गरी टिकट खुलाउने निर्णय भएको जानकारी दिए।

‘पूर्वाधार मन्त्री, यातायात व्यवस्था विभागका महानिर्देशकको समन्वयमा अग्रिम टिकट खुलाउन तयार भएका हौं,’ स्वारले नेपालखबरसँग भने, ‘गाडी थप गर्ने र व्यवस्थापन गर्ने जिम्मेवारी हाम्रो हुन्छ।’

काठमाडौं उपत्यकाबाट दसैँको समयमा २० लाख यात्रु बाहिरिने गरेको विगतको तथ्यांक रहेको छ। यात्रुलाई सहजताका लागि प्रहरीसँग समन्वय गरी केन्द्रहरु स्थापना गर्ने निर्णय समेत भएको छ।

व्यवसायीले सडक मर्मत र भाडा बढाएपछि मात्रै अग्रिम टिकट खुलाउने बताउँदै आएका थिए।

WP2Social Auto Publish Powered By : XYZScripts.com