दसैं टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:२ बजे

-


     नेपालय न्युज    
     असाेज १६ गते २०८०


नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैंको टीकाको साइत सार्वजिनक गरेको छ। समितिका अनुसार दसैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ।

मंगलबार दसैंसँग सम्बन्धित साइतहरू सार्वजनिक गर्दै समितिले यसबारे जानकारी गराएको हो।

दसैंको सुरुवात असोज २८ गतेबाट हुनेछ। घटस्थापनाको साइत असोज २८ गते बिहान ११ बजेर २९ मिनेटमा रहेको समितिले जनाएको छ।

यस्तै कार्तिक ४ गते शनिबार फूलपाती छ। त्यसदिन तुलजाभवानी यात्रा बिहान ८ बजेर २४ मिनेट बजे शुभ रहेको समितिले जनाएको छ।

कात्तिक ७ गते विजया दशमीका दिन बिहान १० बजेर ३७ मिनेटदेखि देवी विसर्जनको साइत रहेको समितिले जनाएको छ।

WP2Social Auto Publish Powered By : XYZScripts.com