प्रमुख समाचार

कुख्यात डन अल चापोकी श्रीमती जन्मकैदबाट बाँचिन्, पश्चाताप देखेर अदालतले दियो शुभकामना

अमेरिकामा जन्मकैदको सजाय काटिरहेका मेक्सिकोका कुख्यात डन ‘अल चापो’ की श्रीमतीलाई यो गिरोहको मद्दत गरेको अपराधमा तीन वर्षको जेल सजाय सुनाइएको छ । ३२ वर्षकी एमा कोरोनेल एसपुरोले यस वर्ष जुनमा आफ्नो अपराध स्विकारेकी थिइन् । उनले आफ्ना श्रीमानलाई मेक्सिकोको जेलबाट भगाउन मद्दत गरेको आरोप पनि स्विकारेकी थिइन् । अल चापो हाल अमेरिकाको कोलोराडो राज्यको जेलमा जन्मकैदको सजाय काटिरहेका छन् । एमालाई यी आरोपका लागि श्रीमानलाई झैं आजिवन कारावासको सजाय हुन सक्थ्यो तर सरकारी वकिलले उनको पश्चाताप देखेर सजाय काम… पुरा पढौ

यसकारण भीम रावल जिते, केपी ओली हारे

रूपबहादुर विश्वकर्मा, शीर्षक देखेर अचम्मै लाग्यो होला मात्र होइन, कतिपय पाठकलाई हाँसै उठ्यो होला। तर एकछिन धैर्य धारण गर्नुस्। वास्तवमा तोकिए (मंसिर १०–१२) भन्दा २ दिन बढी अर्थात् ५ दिन लगाएर चितवनको सौराहामा मंगलबार (मंसिर १४) सम्पन्न एमालेकाे दसौं महाधिवेशन आफैंमा केपी शर्मा ओलीको हार हाे भने भीम रावलको जित! किनकि एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनु नै ओलीको पराजय हाे भने भीम रावलको विजय। कसरी? ओलीले निर्वाचन हुनै नदिन ‘सर्वसम्मत’का लागि कति प्रयास गरे? सम्भवतः सञ्चारमाध्यमको पहुँचमा रहेका… पुरा पढौ

अष्ट्रेलियाले रोक्यो सीमानाका, विदेशी विद्यार्थीलाई पनि प्रवेश निषेध

एजेन्सी । अष्ट्रेलियाले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण हुनसक्ने भन्दै २ साताका लागि सीमानाका बन्द गर्ने निर्णय गरेको छ। जसको प्रत्यक्ष असर नेपालीसहित अन्य मुलुकका बिद्यार्थीहरुमा परेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले डिसेम्बर १ देखि बिदेशी बिद्यार्थीलाई भित्रिन नदिने निर्णय समेत गरेकाले अष्ट्रेलिया अध्ययनका लागि जाने तयारी गरेकाहरु अलपत्र परेका छन् । अहिलेको निर्णय अनुसार उनीहरु डिसेम्बर १५ सम्म अष्ट्रेलिया जान पाउने छैनन् । पुरा पढौ

ओमिक्रोनका कारण अहिले नै लकडाउन गरिहाल्नुपर्ने स्थिति छैनः बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले ओमिक्रोन भेरियन्टका कारण अहिले नै लकडाउन लगाइहाल्नै पर्ने स्थिति नभएको बताएका छन् । बाइडेनले ओमिक्रोन कोभिड भेरियन्ट चिन्ताको कारण त हो त तनावको कारण नभएको बताएका छन् । यो बयान बाइडेनले उत्तरी अमेरिकामा ओमिक्रोनको संक्रमण देखिएपछि दिएका हुन् । उनले भने, ‘यदि मानिसहरुले भ्याक्सिन लगाएका छन् र मास्क लगाइरहेकमा छन् भने अहिले नै लकडाउन गर्नुपर्ने स्थिति छैन ।’ क्यानडामा ओमिक्रोन भेरियन्ट भेटिएको छ र अमेरिकाले सावधानी स्वरुप आठ अफ्रिकी देशमाथि यात्रा प्रतिबन्ध लगाएको छ । राष्ट्रपति… पुरा पढौ

एमालेमा अध्यक्ष केपी ओलीभन्दा ‘लोकप्रिय’ यी चार नेता

नेकपा एमालेको दसौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुने क्रममा केपी शर्मा ओलीले १८३७ मत ल्याए। एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले मंगलबार साँझ यसको घोषणा गरेका हुन्। नवौँ महाधिवेशनमा जस्तो प्यान नबनाई एमालेले यो पटक अध्यक्षमा उठेका ओलीले ९० प्रतिशत मत ल्याउँदै जित निकाले। उनलाई चुनौती दिएका उपाध्यक्ष भीम रावलको पक्षमा २२३ मत मात्रै गएको छ। तर एमालेकै पदाधिकारीमा निर्वाचित अन्य नेताहरुले ओलीभन्दा बढी मत ल्याउन सफल भएका छन्। यसरी ओलीभन्दा धेरै मत ल्याएर मतदातामाझ लोकप्रियता कायम गर्ने नेताहरु अष्टलक्ष्मी शाक्य,… पुरा पढौ

कांग्रेस महाधिवेशन कार्यतालिका सार्वजनिक

काठमाडौं / नेपाली कांग्रेस, केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको कार्यतालिका सार्वाजनिक गरेको छ । सोमबार बसेको समितिको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार प्रदेश अधिवेशन मंसिर १६ गतेदेखि सुरु हुने छ । केन्द्रीय महाधिवेशन मंसिर २४ गतेदेखि सुरु हुने सार्वजनिक कार्यतालिकामा उल्लेख छ । कार्यतालिका अनुसार मंसिर २४ गते बिहान १० बजे मतदाताको नामावली प्रकाशन गरिनेछ । उम्मेदवारले २५ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ता गर्न सक्ने छन् । यस्तै २६ गते दिउँसो… पुरा पढौ

कांग्रेस महाधिवेशन : ५२ मध्ये कुन जिल्लामा कुन पक्षका सभापति ?

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनहरू भइरहेका छन् । कांग्रेसले मंसिर १० भित्र सबै जिल्लाको अधिवेशन सक्ने भने पनि विविध कारणले केही जिल्लाका अधिवेशन हुन सकेको थिएन । अझै पनि तराईका ८ जिल्लासहित २५ जिल्लामा अधिवेशनको हुन सकेको छैन । हालसम्म ७७ मध्ये ५२ जिल्लाको परिणाम आएको छ । जसमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवारले बराबरी हैसियतमा २५–२५ जिल्लामा सभापति जितेका छन् । २ जना भने कतै खुलेका… पुरा पढौ

कोरोनाको नयाँ रुप ओमिक्रोन फैलिन नदिन निगरानी

काठमाडौं, मङ्सिर १३ गते । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस नेपालमा पनि फैलन सक्ने आँकलन गरिएपछि सतर्कता अपनाउन थालिएको हो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा अहिलेसम्म कोरोना भाइरसको नयाँ रुप ओमिक्रोन देखापरेको पुष्टि नभएको बताउनुभयो । उहाँले नेपालमा अहिलेसम्म नदेखिए पनि फैलिने सम्भावना रहेको जानकारी दिनुभयो । “नेपालमा पनि उक्त भाइरस फैलिने सम्भावना उच्च छ”, सहप्रवक्ता डा. अधिकारीले भन्नुभयो, “तर हामी फैलिन… पुरा पढौ

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’: इङ्ल्यान्डमा मास्क प्रयोग अनिवार्य बनाइयो, इजरायलमा विदेशीमाथि रोक

कोरोना भाइरसको नयाँ प्रजाती ‘ओमिक्रोन’ फैलन थालेपछि इङ्ल्यान्डमा मंगलबारदेखि मास्क प्रयोग अनिवार्य बनाएको छ। बेलायती सरकारी अधिकारीलाई उदृत गर्दै बिबिसीले पसल र सार्वजनिक यातायातमा मास्क प्रयोग अनिवार्य बनाइएको उल्लेख गरेको छ। ‘रेड लिस्ट’मा रहेका १० वटा देशबाट आउने यात्रुले इङ्ल्यान्डमा अनिवार्य १० दिन क्वारेन्टिन बस्नुपर्ने छ। उनीहरुको पीसीआर परीक्षणसमेत हुने छ। इङ्ल्यान्ड सरकारले घरबाट काम गर्न समेत अनुरोध गरेको छ। यता इजरायलले सबै विदेशी यात्रुलाई प्रवेशमा रोक लगाउने तयारी गरेको छ। १४ दिनका लागि इजरायल सरकारले रोक लगाउन लागेको बिबिसीले… पुरा पढौ

जोसँग विवाह गर्दै छिन् ‘नागिन’

भारतीय टेलिभिजनको ‘नागिन’ भनेर परिचित अभिनेत्री मौनी रायले बिहे गर्ने भएकी छन्।भारतीय सञ्चारमाध्यमका अनुसार उनले प्रेमी सुरज नाम्बियारसँग आगामी जनवरीमा विवाह गर्ने भएको कुरा उनकी बहिनीले खुलासा गरेकी हुन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहका उनीहरू जनवरी २७ मा वैवाहिक बन्धनमा बाँधिने भएका हुन्। मौनीकी बहिनीले विवाह इटाली वा दुबईमध्ये एक स्थानमा हुने बताएकी छन्। दुबई निवासी सुरज बैंकर हुन्। मौनीले कस्तुरी, नागिन, नागिन २, टसन ए इस्क, जुनुन, ऐसी नफरत तो कैसा इस्क, झलक दिखला जा, एक था राजा एक… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com