कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’: इङ्ल्यान्डमा मास्क प्रयोग अनिवार्य बनाइयो, इजरायलमा विदेशीमाथि रोक

-


     नेपालय न्युज    
     मंसिर १२ गते २०७८


कोरोना भाइरसको नयाँ प्रजाती ‘ओमिक्रोन’ फैलन थालेपछि इङ्ल्यान्डमा मंगलबारदेखि मास्क प्रयोग अनिवार्य बनाएको छ। बेलायती सरकारी अधिकारीलाई उदृत गर्दै बिबिसीले पसल र सार्वजनिक यातायातमा मास्क प्रयोग अनिवार्य बनाइएको उल्लेख गरेको छ।

‘रेड लिस्ट’मा रहेका १० वटा देशबाट आउने यात्रुले इङ्ल्यान्डमा अनिवार्य १० दिन क्वारेन्टिन बस्नुपर्ने छ। उनीहरुको पीसीआर परीक्षणसमेत हुने छ। इङ्ल्यान्ड सरकारले घरबाट काम गर्न समेत अनुरोध गरेको छ।

यता इजरायलले सबै विदेशी यात्रुलाई प्रवेशमा रोक लगाउने तयारी गरेको छ। १४ दिनका लागि इजरायल सरकारले रोक लगाउन लागेको बिबिसीले जनाएको छ। दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ प्रजाती ओमिक्रोनका एक जना संक्रमित इजरायलमा पनि भेटिएका छन्।

धेरै देशले दक्षिण अफ्रिका र उसका छिमेकी देशहरुको भ्रमणमा रोक लगाएका छन्।

WP2Social Auto Publish Powered By : XYZScripts.com