प्रमुख समाचार

अमेरिका पुग्ने हङकङका नागरिकलाई अस्थायी बसोवासको अनुमति दिने अमेरिकी निर्णय

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका पुग्ने हङकङका नागरिकलाई अस्थयाी रुपमा अमेरिका बस्नसक्ने बताउनु भएको छ । चीनले हङकङको स्वतन्त्रता हनन गरिरहेको भन्दै राष्ट्रपति बाइडेनले अमेकिार पुग्ने हङकङका नागरिकलाई १८ महिनासम्म त्यहाँ बस्ने अनुमति दिने बताएका छन् । यो प्रस्तावबाट यसअघि नै अमेरिका पुगेका हजारौं हङकङका नागरिक लाभान्वित हुने छन् । गत वर्ष चीनले हङकङमा कडा सुरक्षा कानुन लागू गरेपछि अमेरिकाले हङकङका नागरिकलाई आफ्नो देशमा स्थायी वसोवासका लागि ढोका खुला गरेको थियो । उता चीनले भने अमेरिकाको पछिल्लो निर्णयको चर्को आलोचना… पुरा पढौ

काँग्रेसले बाेलायाे केन्द्रीय समिति बैठक, निर्वाचन निर्देशिका प्रस्तुत गरिने

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्य समितीको बैठक आउदो २८ गते बस्दैछ । काँग्रेसको आगामी बस्ने केन्द्रीय कार्य समितीको बैठकमा पार्टीको चौधौं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने काँग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्तिमार्फत जानकारी गराउनुभएको हो । बैठक ललितपुस्थित काँग्रेसको पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा दिउँसो २ बजे बस्ने जनाएको छ । पुरा पढौ

बाइडेनले सन् २०३० सम्ममा ५० प्रतिशत विद्युतीय गाडी बनाउने आदेशमा हस्ताक्षर गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०३० मा ५० प्रतिशत विद्युतीय गाडी बिक्री हिस्साको लक्ष्य निर्धारण गर्ने कार्यकारी आदेशमा बिहीबारको हस्ताक्षर गर्ने तयारी भएको उहाँको कार्यालयले जानकारी गराएको छ । यस आदेशले अमेरिकामा पूराना तथा बढी प्रदुषण गर्ने डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनलाई क्रमशः हटाउँदै जाने अमेरिकी नीतिलाई सुदृढ पार्ने बताइएको छ । बिहीबार ह्वाइट हाउसद्वारा जारी प्रेस विज्ञप्तिमा बताइएको छ, “आदेशले ‘बिल्ड ब्याक बेटर’ एजेन्डाको पूर्ण आर्थिक लाभ दिन र स्मार्ट ईन्धन दक्षता र उत्सर्जन मानकहरू अघि बढाउन सन् २०३०… पुरा पढौ

मेक्सिकोद्धारा अमेरिकाका ठूला बन्दुक उत्पादक कम्पनी विरुद्ध मुद्दा

मेक्सिकोले अमेरिकाका केही ठूला बन्दुक उत्पादक कम्पनीहरु विरुद्ध १० अर्ब डलर बराबरको मुद्दा हालेको छ । अमेरिकाले लापरवाही ढंगले व्यापारिक फाइदाका लागि रक्तपातलाई बढावा दिएको भन्दै मेक्सिकोले क्षतिपूर्तिको मुद्दा हालेको हो । अमेरिकाका स्मीथ एण्ड वेसन, बारेट फायरआर्म्स लगायतका कम्पनीविरुद्ध मासाचुसेट्स राज्यको अदालतमा मुद्दा दायर गरिएको हो । अमेरिकी हतियार निर्माता कम्पनीहरुले मेक्सिकोका लागुऔषध तस्कर तथा अन्य आपराधिक समूहलाई तस्करीमाफर्त बन्दुक उपलब्ध गराउने गरेको आरोप मेक्सिकोको छ । आफ्ना उत्पादनहरु तस्करी भएर आपराधिक समूहसम्म पुगेको जानकारी भएर पनि ती कम्पनीहरुले… पुरा पढौ

अमेरिकामा आगामी चार हप्ता कोभिड सङ्क्रमित र मृत्यु हुने दर बढ्न सक्ने

अमेरिकामा पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण बढ्ने देखिएको छ । पछिल्ला केही समयमा सङ्क्रमण बढेपछि कतिपय राज्यमा मास्क लगाउन अनिवार्य पनि गरिएको छ । त्यसैगरी कतिपय अस्पतालमा कोभिड सङ्क्रमित बढेका समाचार पनि आइरहेका बताइएको छ । अमेरिकी संस्था “सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन”ले आगामी चार हप्तामा अमेरिकामा कोभिडका सङ्क्रमित बढ्न सक्ने बताइएको छ । सो संस्थाका अनुसार आगामी चार हप्तामा यहाँका अस्पतालमा भर्ना हुने दर बढ्ने तथा उपचारका लागि आएका व्यक्ति मृत्यु दर पनि बढ्न सक्ने अनुमान गरिएको छ… पुरा पढौ

अमेरिकाको टेक्ससमा भ्यान दुर्घटना, १० जनाको मृत्यु

टेक्ससमा आप्रावासी चढेको भ्यान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । घटनामा २० जना घाइते भएका छन् । मेक्सिकोबाट आप्रवासीको रुपमा टेक्सस प्रवेश गरेको भ्यान तीव्र गतिका कारण बिजुलीको पोलमा ठोक्किदा दुर्घटना भएको हो । क्षमता भन्दा बढी यात्रु भएकै कारण भ्यान दुर्घटना भएको हुनसक्ने आंकलन गरिएको छ । यसअघि गत मार्चमामा पनि आप्रवासी चढेको गाडी ट्रकसँग ठोक्किंदा भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो । घाइतेहरुको अवस्था गम्भीर रहेकै कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।एजेन्सी पुरा पढौ

न्यूयोर्कका गभर्नरले ११ महिलालाई यौन दुर्व्यवहार गरेको दावी, राष्ट्रपति बाइडेनसहितका नेताले भने राजीनामा देउ

अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर एन्ड्रयू कुमोले ११ जना महिलालाई यौन दुर्व्यवहार गरेको रिपोर्ट सार्वजनिक भएपछि अमेरिकी राजनीतिमा तरंग पैदा गरेको छ । प्रतिवेदन आएसँगै राष्ट्रपति जो बाइडनले आरोपी डेमोक्र्याटिक पार्टीका गभर्नर कुमोले राजीनामा गर्नुपर्ने धारणा सार्वजनिक गरिसक्नुभएको छ । पार्टीका अरु नेताले पनि कुमोले राजीनामा दिनुपर्ने माग गरेका छन् । गभर्नर कुमोले कार्यस्थलमै दुर्व्यवहार गरेको एक जना महिलाले सार्वजनिक गरेपछि अनुसन्धान थालिएकामा मंगलबार राज्यकी महान्यायाधिवक्ता लेतितिया जेम्सले पाँच महिना लामो अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । प्रतिवेदनमा ६३ वर्षीय कुमोले… पुरा पढौ

जापानबाट शनिबार ८ लाख ४० हजार डोज खोप आउने

जापानले अनुदान दिएको कोभिड–१९ विरुद्धको ८ लाख ४० हजार डोज खोप शनिबारसम्म नेपाल आइपुग्ने भएको छ। काठमाडौंस्थित जापानी दूतावासले बिहीबार र शुक्रबार दुई खेपमा कोभिड–१९ को खोप बोकेको जहाज काठमाडाैंका लागि उड्ने जनाएको छ। दूतावासले जापानमै उत्पादन भएको अस्ट्राजेनेका खोपको पहिलो खेप शुक्रबार नेपाल आइपुग्ने जनाएको छ। जापानमा उत्पादन गरिएको अस्ट्राजेनेकाको १६ लाख डोज मध्य करिब आधा शुक्रबार र शनिबार गरेर दुई खेप नेपाल ल्याइने छ। बाँकी आधा पछि आउने नेपालस्थित जापानी दूतावासले जनाएको छ। ‘बाँकी खोप सम्बन्धित संस्थाहरूसँग समन्वयमा… पुरा पढौ

भदौ पहिलो साताबाट स्थानीय अधिवेशन

काठमाडौँ । नेपाली काँग्रेसले देशभरका सबै जिल्लाको क्रियाशील सदस्यताको सूचीलाई अन्तिम रूप दिएर भदौ पहिलो साताबाट स्थानीय तहको अधिवेशन सुरु गर्ने भएको छ । पार्टीको शीर्ष नेतृत्वले बिहीबारसम्ममा क्रियाशील सदस्यताको सूचीलाई अन्तिम रूप दिने बताइएको छ ।सदस्यता टुङ्गो लागेपछि स्थानीय तह अधिवेशनको कार्यतालिका सार्वजनिक गरिने भएको छ । महाधिवेशन तयारीबारे जानकारी दिँदै पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले महाधिवेशनको मतदाता रहेका क्रियाशील सदस्यताको विवाद मिलेपछि अधिवेशन सम्पन्न गर्न सहज हुने बताउनुभयो । यसअघि बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यताको विवाद… पुरा पढौ

मनाङ जिल्लामा १८ वर्षमाथिका सबै नागरिकले कोरोना खोप लगाए

हिमाली मनाङका १८ वर्षमाथिका सबै नागरिकले कोभिड-१९ विरुद्धको खोप दुवै मात्रा लगाएका छन्। १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए। १८ वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको छ। उनका अनुसार जिल्लाका चार हजार १९८ नागरिकलाई कोभिडविरुद्धको खोप लगाइएको छ। तीमध्ये एक सय ६५ जनाले कोभिसिल्डको दोस्रो खोप लगाउन बाँकी रहेको आचार्यले बताए। मनाङमा दुई हजार ९६ जनाले एस्ट्राजेनेकाको कोभिशिल्ड खोप, दुई हजार २७ जनाले जोन्सन एण्ड जोन्सनको खोप र ७५ जनाले… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com