प्रमुख समाचार

ट्रम्पले लगाएको टिकटक माथिको प्रतिबन्ध वाईडेनद्वारा रद्द

अमेरिकी राष्ट्रपति जो वाईडेनले आफ्नो पहिलो विदेश यात्राको लागि प्रस्थान गर्नु अघि एक ठुलो निर्णय गरेका छन्। हालको लागि उनले अमेरिकामा चिनियाँ एप्सहरूमाथिको प्रतिबन्ध हटाएको घोषणा गरेका छन् । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी ५ मा यो प्रतिबन्ध लगाएका थिए। त्यसपछि विच्याट र टिकटक सहित कुल ९ वटा चिनियाँ एप्सहरू प्रतिबन्धित गरेका थिए। ट्रम्पले यी एप्सहरूलाई अमेरिकी नागरिक र अमेरिकाको सुरक्षाका लागि खतरा भन्दै आएका थिए। वाईडेनको यो कदम चीनका लागि सकारात्मक भएपनी ठुलो राहत दिने समाचार भने होइन। वाईडेन… पुरा पढौ

अमेरिकाले फाइजरको ५० करोड डोज खोप अगस्टदेखि वितरण गर्ने

संयुक्तराज्य अमेरिकाले आगामी अगस्ट महिनादेखि विश्वका ९२ मुलुकका लागि फाइजरले उत्पादन गरिरहेको ५० करोड डोज खोप बितरण शुरु गर्ने जनाएको छ । ह्वाइट हाउसका अनुसार राष्ट्रपति जो बाइडेनले न्यून आय भएका र अफ्रिकाका ९२ मुलुकका लागि फाइजरका खोप खरिद गरेर वितरण गर्ने घोषणा गर्नु भएको छ । कोरोना भाइरस महामारी विरुद्ध लड्न यस ऐतिहासिक अभियानले ठूलो मद्दत पुग्ने ह्वाइट हाउसले जनाएको छ । यो खोप सन् २०२१ को अगस्टबाटै विभिन्न मुलुकका लागि ढुवानी हुन थाल्नेछ । यस वर्षको अन्त्यसम्ममा २०… पुरा पढौ

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार, गृहमन्त्रीमा खगराज अधिकारी

जेठ २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार मन्त्रिपरिषद्लाई थप विस्तार गर्नु भएको छ । मन्त्रिपरिषदमा बिहीवार थप भएका मन्त्रीहरुमा सत्तारुढ नेकपा एमालेबाट ६ जना र एक जना राज्यमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक जना मन्त्री रहेका छन्। प्रधानमन्त्रीले खगराज अधिकारी, नैनकला थापा, गणेश पहाडी, नारदमुनी राना, राजकिशोर यादव, ज्वाला कुमारी साह, मोहनबहादुर बानियाँ लगायतलाई मन्त्री नियुक्त गर्नुभएको हो । यससँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । अव २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन जना उपप्रधानमन्त्री भएका… पुरा पढौ

रुसलाई अमेरिकाको चेतावनी : हानि पुर्‍याउने गतिविधिमा संलग्न भए कडा जवाफ दिन्छौं

अमेरिकाले रुसलाई कुनै पनि हानि हुने गतिविधिमा सामेल भए त्यसको दह्रो जवाफ दिने चेतावनी दिएको छ। अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएपछि पहिलो विदेश यात्राका क्रममा बेलायत पुगेका जो बाइडेनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई क्षति पुर्‍याउने खालका गतिविधिमा सहभागी भए त्यसको कडा जवाफ दिने चेतावनी दिएका हुन्। यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले मित्र राष्ट्रसँग मनमुटाव बढाएपछि नवनिर्वाचित राष्ट्रपति बाइडेनले सबैसँग मित्रवत् सम्बन्ध राख्ने प्रतिबद्धता जनाएका थिए। बीबीसीका अनुसार बाइडेन जी–७ देशको शिखर सम्मेलनका लागि बुधबार बेलायत पुगेका छन्। त्यस क्रममा उनले नयाँ… पुरा पढौ

एनआरएनए अमेरिकाको नयाँ निर्वाचितहरुलाई बधाई ज्ञापनसँगै ट्राञ्जिशन प्रक्रिया सुरु

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाले २०२१-२०२३ को निम्ति भएको निर्वाचन सम्पन्न गर्न भूमिका खेल्नुहुने तथा जिम्मेवारी वहन गर्नुहुने सबैप्रति आभार व्यक्त गरेको छ। एनआरएनए एनसीसी अमेरिकाका प्रवक्ता ओम भट्टराइका अनुसार कार्यसमितिको अध्यक्ष सुनील साहको अध्यक्षतामा बैठक बसी वर्ष २०२१ देखि २०२३ सम्मको कार्यकालको निम्ति नवनिर्वाचित अध्यक्ष बुद्धि सागर सुबेदी लगायत सबै पदाधिकारी तथा बोर्ड सदस्यहरुलाई स्वागत तथा वधाई ज्ञापन गरेको छ। यसका साथै अमेरिकी राजनीतिको चलन जस्तै अब एनआरएनए एनसीसी अमेरिकाको निर्वाचित कार्यसमितिले जुलाई ३, २०२१… पुरा पढौ

नेपाली कांग्रेसको महाधिवेशन भाद्र महिना भित्र हुने

काठमाडौं, जेठ २६ गते । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले पार्टीको महाधिवेशन हुँदैन भनेर कसैले अभिव्यक्ति नदिन आग्रह गर्नु भएको छ ।सभापती देउवाले आज प्रेस बक्तव्य जारी गर्दै महाधिवेशनको कुरालाई लिएर विभिन्न अभिव्यक्तिहरु नेताहरुबाट सुन्दै आएको भन्दै त्यस्तो अभिव्यक्ति किमार्थ उचित नहुने बताउनुभएको छ ।महाधिवेशन हुँदैन भनेर कसैले भ्रममा पार्न र कोही भ्रममा नपर्न पनि उहाँले आग्रह गर्नु भएको छ ।कोरोनाको महामारी विचमा पनि पार्टीको चौधौं महाधिवेशन यही भाद्र महिना भित्र सम्पन्न हुने उहाँले बताउनु भएको छ । असार र… पुरा पढौ

भेडासँग जीवन बिताएका मनबहादुरको अमेरिका जाने इच्छा

रमेश केसी,काठमाडौं, हुम्ला जिल्लाको सिमकोट सेमन्या घर भई करिब ४० वर्षदेखि बझाङको साईपाल गाउँपालिकामा बस्दै आएका मनबहादुर महत अहिले उमेरले ७६ वर्ष पुगे। हातमा चुरोट सल्काउँदै ४० वर्ष अगाडि बझाङ सदरमुकाम चैनपुर झरेको सम्झँदै उनले भने, ‘चैनपुरमा औँलामा गन्ने घरहरु थिए। चैनपुरमा पाठा लिएर आउँदा, पाठा देउ जग्गा लेउ भन्थे, के गर्ने त्यो बेला भेडा, बाख्रालाई हामीले ठूला मान्यौं, त्यो बेला वुद्धि भएन, नत्र जग्गासँग पाठा साटेको भए, आधा चैनपुर हुन्थ्यो होला।’उनका अनुसार त्यतिबेला चैनपुरका धनी भनेकै हरिसाहु थिए। उनका… पुरा पढौ

रिपब्लिकन सिनेटर भन्छन्ः कोरोना भाइरस चीनबाट आयो, उत्कृष्ट खोप अमेरिकामा बन्यो

अमेरिकाका एक वरिष्ठ रिपब्लिकन सिनेटरले कोरोना भाइरस चीनबाट आएको बताउँदा कोरोना भाइरसविरुद्धको उत्कृष्ट खोप भने अमेरिकामा बनेको बताएका छन्। ‘कोरोना भाइरस समाप्त भएको छैन। अमेरिकामा अवस्था ठिक भएता पनि दक्षिण अमेरिका यसबाट प्रभावित छ। अफ्रिका र भारतमा पनि अवस्था नाजुक छ। तथ्यले सबै कुरा भन्छ’ लुजियानाका सिनेटर जोन केनेडीले भनेका छन्,‘म आफ्नो भनाइलाई राजनीतिक बयान बनाउन चाहँदिन तर कोरोना भाइरस चीनबाट आउँदा उत्कृष्ट खोप अमेरिकामा बन्यो।’ उनी हरेक हिसाबमा अमेरिकी नेतृत्व विश्वलाई अदाहरण हुने बताउँछन्।केनेडी भन्छन्,‘हामीसँग अरुको जीवन बचाउन मद्दत… पुरा पढौ

अमेरिकाको सिनेटले पारित गर्‍यो प्रविधि अनुसन्धानमा व्यापक खर्च योजना

वाशिङटन डीसी (अमेरिका) । अमेरिकाको सिनेटले प्रविधि अनुसन्धान र उत्पादनलाई टेवा दिन व्यापक खर्च योजना पारित गरेको छ । अन्तरराष्ट्रिय विशेगषगरी चीनबाट प्रतिस्पर्धा बढिरहेकै समयमा सो प्रस्तावित उपायहरु ल्याइएको हो । चीनको तर्फबाट उत्पन्न भएको जोखिमलाई बढाइचढाइ गरेको भन्दै चिनियाँ अधिकारीले विधेयकको आलोचना गरेका थिए । विधेयकलाई कानूनमा परिणत गर्नुअघि प्रतिनिधि सभाले पनि यसलाई पारित गर्नु पर्नेछ । कंग्रेसको माथिल्लो सदनमा भएको मतदानमा १०० मध्ये ६८ सिनेटरले विधेयकको पक्षमा मत दिएका थिए भने ३२ जनाले विपक्षमा दिएका थिए । चीनको… पुरा पढौ

फाइजरले १२ वर्ष मुनिका बालबालिकामा खोप परीक्षण गर्दै

अमेरिकी खोप निर्माता कम्पनी फाइजरले १२ वर्षमुनिका बालबालिकामा कम डोजको खोप ठूलो संख्यामा परीक्षण गर्ने भएको छ । अमेरिका, फिनल्यान्ड, पोल्याण्ड र स्पेनका ९० भन्दा धेरै स्थानमा ४ हजार ५ सय बालबालिकामा यो परीक्षण सञ्चालन हुने कम्पनीले जनाएको छ । फाइजर र उसको जर्मन साझेदार बायोनटेकले मिलेर तयार गरेको यस खोपले अमेरिका, क्यानडा र युरोपेली युनियनमा १२ वर्ष र त्यसभन्दा माथिको उमेरका मानिसमा आपतकालिन प्रयोगको अनुमति पाइसकेको छ । सबैले ३० माइक्रोग्राम डोज प्रयोग गर्छन् । १२ वर्षमुनीका बालबालिकामा भने… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com