एमालेमा अध्यक्ष केपी ओलीभन्दा ‘लोकप्रिय’ यी चार नेता


     नेपालय न्युज,     
     मंसिर १४ गते २०७८


नेकपा एमालेको दसौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुने क्रममा केपी शर्मा ओलीले १८३७ मत ल्याए।


एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले मंगलबार साँझ यसको घोषणा गरेका हुन्।


नवौँ महाधिवेशनमा जस्तो प्यान नबनाई एमालेले यो पटक अध्यक्षमा उठेका ओलीले ९० प्रतिशत मत ल्याउँदै जित निकाले।

उनलाई चुनौती दिएका उपाध्यक्ष भीम रावलको पक्षमा २२३ मत मात्रै गएको छ। तर एमालेकै पदाधिकारीमा निर्वाचित अन्य नेताहरुले ओलीभन्दा बढी मत ल्याउन सफल भएका छन्।


यसरी ओलीभन्दा धेरै मत ल्याएर मतदातामाझ लोकप्रियता कायम गर्ने नेताहरु अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट र योगेश भट्टराईसहित छन्। यी तीन नेताले १९ सय माथि मत ल्याउन सफल भएका हुन्।

सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ९६ जनाले मतदान गरेका थिए।

उनीहरु तीनैजना नेता एमालेको आन्तरिक संघर्षका क्रममा माधव नेपाललाई साथ दिएर पार्टी विभाजनका क्रममा एमालेमै बसेका १० जनामध्ये हुन्।

ओलीकी कट्ट आलोचकसमेत रहेकी शाक्यले उपाध्यक्षमा निर्वाचित हुने क्रममा सबैभन्दा धेरै १९७६ मत ल्याएकी छन्।

उपाध्यक्षमै विजयी भएका सुरेन्द्र पाण्डेले पनि १९२५ मत ल्याउन सफल भएका छन्। यो अध्यक्ष ओलीको भन्दा ८६ धेरै मत ल्याएका छन्।

त्यस्तै सचिवमा विजयी भएका गोकर्ण विष्टले १९७६ मत ल्याउन सफल भएका छन्। उनी नवौँ महाधिवेशनमा पनि सर्वाधिक मतसहित सचिवमै विजयी भएका थिए।

एमाले सचिवमा विजयी हुने क्रममा योगेश भट्टराईले पनि लोकप्रिय अर्थात् १९६४ मत ल्याउन सफल भएका छन्।

योगेश पनि एमालेको अन्तरसंघर्षका क्रममा माधव नेपालतिर थिए। तर पछि उनी एमालेमा सक्रिय भएर अध्यक्ष ओलीनिकट भइसकेका छन्।

नेपालखबर

WP2Social Auto Publish Powered By : XYZScripts.com