अष्ट्रेलियाले रोक्यो सीमानाका, विदेशी विद्यार्थीलाई पनि प्रवेश निषेध

-


     नेपालय न्युज    
     मंसिर १४ गते २०७८


एजेन्सी । अष्ट्रेलियाले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण हुनसक्ने भन्दै २ साताका लागि सीमानाका बन्द गर्ने निर्णय गरेको छ। जसको प्रत्यक्ष असर नेपालीसहित अन्य मुलुकका बिद्यार्थीहरुमा परेको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले डिसेम्बर १ देखि बिदेशी बिद्यार्थीलाई भित्रिन नदिने निर्णय समेत गरेकाले अष्ट्रेलिया अध्ययनका लागि जाने तयारी गरेकाहरु अलपत्र परेका छन् । अहिलेको निर्णय अनुसार उनीहरु डिसेम्बर १५ सम्म अष्ट्रेलिया जान पाउने छैनन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com