समाचार

राप्रपाले जन दवावका कार्यक्रम गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जन दवावका कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रिय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले पुस, माघ, फागुन र चैत्र महिनामा जनदबाबका कार्यक्रम आयोजना गर्ने बताउनुभयो । उहाँले कार्यसमितिको बैठकले पार्टीको नियमावली पास गर्ने निर्णय गरेको बताउनुभयो । अध्यक्ष लिङ्देनले निकट भविष्यमा नै राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना राजनीतिक मान्यता स्थापनाका साथसाथै सुशासन र विकासका लागि जन दवावका कार्यक्रम अघि… पुरा पढौ

अन्तर्राष्ट्रिय शान्ति स्थापनामा १० हजार सेना तैनाथ गर्न नेपाल तयार : उपप्रधानमन्त्री खड्का

घाना, मङ्सिर २० गते । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल संयुक्त राष्ट्रसङ्घको अनुरोधमा १० हजारसम्म सेना तैनाथ गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । घानाको आक्रामक भएको अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनमा सम्बोधनका क्रममा उपप्रधानमन्त्री खड्काले नेपालले धेरैजसो प्रतिबद्धता पूरा गरिसकेको र बाँकी केही प्रतिबद्धता पूरा गर्ने क्रममा रहेको समेत बताउनुभयो । मन्तव्यका क्रममा उपप्रधानमन्त्री खड्काले घाना सरकारलाई शिखर सम्मेलन आयोजना गरेकोमा समेत धन्यवाद दिनुभयो । उहाँले संयुक्त राष्ट्रका महासचिवद्वारा पहलमा सुरु गरिएका एक्सन फर पिस र एक्सन… पुरा पढौ

प्रधान सेनापतिसँग अमेरिकी अधिकारी लाउबाचरको शिष्टाचार भेट

प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचरले शिष्टाचार भेट गरेकी छन्। प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जनाएको छ। भेटघाटमा नेपालका लागि संयुक्त राज्य अमेरिकाका महामहिम राजदूत डिन आर थम्पसन उपस्थित थिए। यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ। पुरा पढौ

नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ

नेपाली युवकलाई रुसी सेनामा पठाउने गिरोहका १२ जना पक्राउ परेका छन्। उनीहरूमध्ये ११ जना मंसीर १४ गते र एक जना सोमबार (१८ गते) पक्राउ परेका काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले नेपालखबरलाई बताए। उनीहरुविरुद्ध प्रहरीले अनुसन्धानका लागि म्याद थपसमेत गरिसकेको छ। एसपी ढुंगेलका अनुसार मंसीर १३ गते दिपेन परियार, क्षितिज गिरी, शुभास लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता रावल, सन्तोष रोका र सन्तोष नेपाल पक्राउ परेका थिए भने हिजो (सोमबार) द्रोण डाँगी पक्राउ… पुरा पढौ

बेलायतमा विदेशी विद्यार्थीलाई परिवार ल्याउन कडाइ

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमबार देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदम चालिएको घोषण गरेका छन्। प्रधानमन्त्री सुनकको ती नयाँ कदमलाई अध्यागमन दर घटाउने सरकारको कट्टरपन्थी कार्यका रूपमा वर्णन गर्दै बेलायतलाई फाइदा पुर्‍याउने सुनिश्चित रहेको निष्कर्ष निकालिएको छ। नयाँ उपायहरूको शृङ्खलाका रूपमा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूले जबसम्म स्नातकोत्तर अनुसन्धान पूरा गर्दैनन् तबसम्म उनीहरूको परिवारलाई बेलायतमा ल्याउनबाट रोक लगाइने छ। साथै यो कदमबाट दक्ष विदेशी कामदारले देशमा काम गर्न भिसा थप्न चाहे न्यूनतम पारिश्रमिक बढाउनु पर्ने बाध्यता सिर्जना हुने छ। प्रधानमन्त्री सुनकले भने-… पुरा पढौ

आप्रवासन कडाइ गर्दै बेलायत : न्यूनतम आम्दानी बढाइने, भिसा कसिलो

बेलायतले आप्रवासनमा कडाइ गर्ने भएको छ। यसका लागि नयाँ अध्यागमन नियम ल्याएर आप्रवासनमा कडाइ गर्न लागेको हो। बेलायती होम सेक्रेटरी जेम्स क्लेभर्लीले नयाँ योजना घोषणा गर्दै आप्रवासन स्तर कटौती र अध्यागमन प्रणालीको दुरुपयोग रोक्ने बताएका हुन्। नयाँ नियमले डिपेन्डेन्टका रुपमा बेलायत आउने संख्यालाई असर गर्ने देखिएको छ। सरकारले आप्रवासन कडाइ गर्न न्यूनतम तलब समेत बढाउने भएको छ। योसँगै विदेशी कामदार र बेलायती वा त्यहाँ बस्नेहरुले प्रायोजन गर्ने पारिवारिक सदस्यले उक्त मापदण्ड पूरा गर्नुपर्ने जनाइएको छ। यसले अध्यागमन प्रणालीको दुरुपयोग रोक्ने… पुरा पढौ

माथिल्लो मुगुको रारा क्षेत्रमा हिमपात, बागलुङ र पूर्वी रुकुम जोड्ने मध्यपहाडी लोकमार्ग पूर्ण अवरुद्ध

मुगु/बाग्लुङ । हिमाली जिल्ला मुगुका विभिन्न उच्च स्थानमा यस वर्षको शुरूवाती हिमपात हुन थालेको छ । आइतबार रातिबाट बदली हुँदै गएपनि आज बिहानैदेखि उच्च भुभागमा हिउँ र बेँसीमा पानी पर्न शुरू गरेको हो । मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने यार्सा पाटन, कोइकी हिमाल मुगु र डोल्फु क्षेत्रमा हिमपात शुरू भएको डोल्फु गाउँका नेग्मा सेराव लामाले जानकारी दिए । उनका अनुसार प्रमुख पर्यटकीय क्षेत्र रारा र मुर्माटपमा पनि बिहानैदेखि हिउँ पर्न शुरू भएको र चिसो असाध्यै बढेको छ । रारा घुम्न आएका… पुरा पढौ

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय

काठमाडौँ, मङ्सिर १८ गते । नेकपा (एकीकृत समाजवादी) पार्टीले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ । सोमबार बसेको नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको हो । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीको राष्ट्रिय महाधिवेशनको सम्बन्धमा भने भोलि(मङ्गलवार) बस्ने बैठकले निर्णय गर्ने जानकारी दिनुभयो । उहाँले पार्टी महाधिवेशनका लागि पूर्व निर्धारित मिति (माघ १४–१८)मा गर्नका लागि देशको अवस्था र… पुरा पढौ

राजस्थान, तेलंगाना, मध्यप्रदेश र छत्तीसगढको यस्तो छ अन्तिम परिणाम

नयाँ दिल्ली । छत्तीसगढ, मध्य प्रदेश, राजस्थान र तेलंगानामा भएको विधानसभा चुनावको मतगणना सकिएको छ । जसमध्ये तीन राज्यमा भाजपा विजयी भएको छ भने एउटा राज्य कांग्रेसको हातमा पुगेको छ । छत्तीसगढमा सत्तारुढ दल कांग्रेसलाई पछि पार्दै भाजपाले ५४ सिट जितेको छ । राजस्थानमा पनि भाजपाले कांग्रेसलाई पराजित गरेको छ । जहाँ भाजपाले १ सय १५ सिट र कांग्रेसले ६९ सिट पाएको छ । मध्य प्रदेशमा भाजपाले फेरि सरकार कायम राख्न सफल भएको छ । पार्टीले १६३ सिट जित्यो। जबकि… पुरा पढौ

आगामी चुनाव कांग्रेस एक्लै लड्छ, हारे हारिन्छ : गगन थापा

बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुवान एक्लै लड्नु पर्ने बताएका छन् । आज बुटवल सुरु भएको पार्टीको लुम्बिनी प्रदेश भेलाको उद्घाटन सत्रमा बोल्दै थापाले आगामी चुनावमा हारे पनि एक्लै लड्नुपर्ने बताएका हुन् । उनले भने, ‘हामीले आगामी २०८४ को चुनावमा एक्लै लड्नुपर्छ, गठबन्धन गरेर होइन । हामीले हारे पनि एक्लै चुनाव लड्नुपर्छ, किन गठबन्धन गर्ने ?सधैँ सोफामा बस्नु पर्ने हो र ? केही समय चकटीमा बसे पनि केही हुँदैन ।’ उनले निर्वाचनमा समानुपातिक कोटाको दुरुपयोग भएको भन्दै… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com