समाचार

नेपालबाट चार महिनामा करिब डेढ अर्बको चिया निर्यात

चार महिनाको अवधिमा नेपालमा उत्पादित करिब डेढ अर्ब रुपैयाँ बराबरको चिया निर्यात भएको छ । नेपाली चिया मुख्य रुपमा भारत निर्यात हुने गरेको छ । पछिल्लो समय समुद्र पारका मुलुकमा पनि नेपाली चिया लोकप्रिय बन्दै आएको छ । आन्तरिक बजारमा नेपाली चियाको खपत न्यून मात्रामा हुने गरेको छ । चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो चार महिनामा ५७ लाख ७५ हजार किलोभन्दा बढी चिया निर्यात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक महिनामा… पुरा पढौ

अमेरिकामा मृत्यु भएका नेपालीका परिवारले पाए इन्स्योरेन्सको ३ करोड ३३ लाख

अमेरिकाको न्यूजर्सी राज्यमा ज्यान गुमाएका नेपाली विष्णु शाहको परिवारलाई इन्स्योरेन्स बापतको रकम उपलव्ध गराईएको छ । टेक्सास नेपाली समाजका उपाध्यक्ष तथा न्यूयोर्क लाइफ इन्स्योरेन्स कम्पनीका वित्तीय इन्स्योरेन्स एजेन्ट जनक भण्डारीले मृतक शाहको परिवारलाई इन्स्योरेन्स बापतको रकम हस्तान्तरण गरिएको जानकारी दिए । विष्णु शाहको निधनपछि उनको इन्स्योरेन्स भएको कम्पनी न्यूयोर्क लाइफ इन्स्योरेन्स कम्पनीले त्यसबापत २ लाख ५६ हजार ५ सय ६२ अमेरिकी डलर (तीन करोड तेत्तीस लाख बराबरको नेपाली रुपैयाँ) नेपालमा रहेका उनको परिवारलाई उपलब्ध गराइएको हो । रुकुम पूर्वको सिस्ने… पुरा पढौ

काठमाडौं महानगरका उपप्रमुख डङ्गोल अष्ट्रेलिया प्रस्थान

काठमाडौं, मङ्सिर ८ गते । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोल शुक्रबार अष्ट्रेलिया प्रस्थान गर्नुभएको छ । उपप्रमुख डङ्गोलकी सचिवालय प्रमुख सौरभ गौतमका अनुसार अष्ट्रेलिया सरकारको वैदेशिक मामिला मन्त्रालय र नेपालस्थित अष्ट्रेलिया दूतावासबाट २०८० वैशाख १८ गते प्राप्त निमन्त्रणामा सिंगापुर एयरलायन्सको (एसक्यु ४३९) को विमानबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उहाँले अष्ट्रेलियाका विभिन्न सहरहरुमा रहेका खनिज तथा उर्जा, कृषि, पर्यटन, विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय क्षेत्रहरुको अवलोकन, परम्परागत संस्कृति, सहरी विकास, नवीकरणीय उर्जा उत्पादन तथा व्यवस्थापनका क्षेत्रको अवलोकन भ्रमण गर्ने तथा… पुरा पढौ

सर्वोच्चले माग्यो काठमाडौँमा निषेधित क्षेत्र घोषणा गर्नुको कारण

काठमाडौँ , सर्वोच्च अदालतले सरकारसँग काठमाडौँका विभिन्न ठाउँमा निषेधित क्षेत्र घोषणा गर्नुको कारण देखाउन आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले सो आदेश जारी गरेको हो। सर्वोच्चले रिट निवेदकको माग बमोजिम किन आदेश दिनु नपर्ने हो? भन्दै जवाफ मागेको हो। काठमाडौं जिल्ला प्रशासन कार्यालयले गत मंसिर ५ गते माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो। सो घोषणाविरुद्ध अभिवक्ता स्वागत नेपालले सर्वोच्चमा रिट दायर गरेका थिए। उनले स्थानीय प्रशासनको निर्णय रोक्न भन्दै अन्तरिम आदेश हुनुपर्ने माग… पुरा पढौ

जनताद्वारा फ्याँकिएको राजतन्त्र आउँदैन : अध्यक्ष ओली

काठमाडौं, मंसिर ८ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले वाक्कदिक्क भएर फ्याँकेको राजतन्त्र पुनः आउने कुनै सम्भावना नरहेको बताउनुभएको छ । शुक्रवार पार्टी मुख्यालय च्यासलमा राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटी बैठकमा उहाँले सो कुरा बताउनुभएको हो । कतिपय देशहरुले विभिन्न सम्झौताका कारण राजतन्त्र मानेको भए पनि नेपालमा राजनीतिक, वैचारिक, सैद्धान्तिक कुनै हिसावले पनि राजतन्त्र उपयुक्त नरहेको उहाँले बताउनुभयो । एउटा मान्छेको छोरो जन्मिदै राष्ट्र प्रमुख हुने कुरा चेतना नभएका मुर्खहरुले मात्र गर्ने… पुरा पढौ

हरिबोधिनी एकादशी पर्व : तुलसी र दामोदरको विवाह गरी मनाइयो

काठमाडौँ । औषधीय गुणले युक्त तुलसीको विवाह दामोदरसँग गरी हरिबोधिनी एकादशी पर्व आज देशभर मनाइएको छ । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोादरसँग विवाह गरिएको हो । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विशेष पूजा आराधना गरिन्छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझिने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरिशयनी एकादशीका दिन… पुरा पढौ

संयुक्त अभ्यासका लागि सैनिक टोली भारत प्रस्थान

काठमाडौँ । भारतको पिथौरागढमा भोलिदेखि हुने संयुक्त सैन्य अभ्यासमा सहभागी हुन नेपाली सेनाको एउटा टोली त्यसतर्फ प्रस्थान गरेको छ । नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को १७औँ संस्करणमा सहभागी हुन नेपाली सेनाका प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा तीन सय ५४ सदस्यीय फौज बुधबार त्यसतर्फ प्रस्थान गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जनाएको छ । हरेक वर्ष नेपाल र भारतबिच सैन्य अभ्यास हुँदै आएको छ । गत पुसमा रुपन्देहीको सालझण्डीमा उक्त अभ्यास भएको थियो । यही मङ्सिर… पुरा पढौ

एमालेको एकल सरकार आवश्यक : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना साकार गर्न एमालेको एकल सरकार आवश्यक भएको बताउनुभएको छ । एमाले पर्साद्वारा मंगलबार वीरगन्जको पोखरियामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन आफ्नो पार्टीको एकल सरकार अपरिहार्य भएको बताउनुभयो । आगामी निर्वाचनमा एमालेलाई बहुमत प्राप्त हुनेगरी आ–आफ्नो क्षेत्रबाट इमानदारीपूर्वक काम गर्न पार्टीका नेता कार्यकर्तालाई उहाँको निर्देशन थियो । अध्यक्ष ओलीले केही वर्षअघि तराई मधेसका जिल्लामा सञ्चालन गरिएको ‘मेची–महाकाली यात्रा’जस्तै जागरण अभियान यही मङ्सिर… पुरा पढौ

मंसिर ७ को कार्यक्रम व्यवस्थापनमा दुर्गा प्रसाईंका ८६ जना संयोजक

काठमाडौँ । मंसिर ७ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईं र युवा संघले एकै दिन प्रदर्शनको कार्यक्रम गर्दै छन् । जिल्ला प्रशासन कार्यालयले माइतीघरमा निषेधाज्ञा जारी गरेर दुई समूहलाई फरक–फरक ठाउँमा प्रदर्शन गर्न ठाउँ तोकेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतसँगको समन्वयमा दुर्गा प्रसाईं बल्खुमा कार्यक्रम गर्न सहमत भएका छन् । युवा संघ तीनकुनेमा कार्यक्रम गर्न राजी भएसँगै सम्भावित ‘मुठभेट’ टरेको सुरक्षा अधिकारीहरू बताउँछन् । प्रसाईंले लघुवित्त र सहकारी पीडितहरूको साथ लिएर प्रदर्शन गर्दै छन् । पूर्व राजा र… पुरा पढौ

टिकटकको मुद्दामा अन्तरिम आदेश भएन : सरकारसँग लिखित जवाफ माग

काठमाडौं, मङ्सिर ५ गते। टिकटक प्रतिबन्धविरुद्धको रिटमा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ भएको छ। सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले मंगलबार सुनुवाइ गर्दै विपक्षीको माग बमोजिम अन्तरिम आदेश नदिएको हो। अन्तरिम आदेश नदिएको इजलासले सरकारलाई १५ भित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ । यो मुद्दाको पूर्ण सुनुवाइका लागि मङ्सिर १९ गतेका लागि पेसी तोकिएको छ । टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएका थिए। उक्त रिटमाथि सोमबार प्रारम्भिक सुनुवाइ भएको हो। सोमबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com