राजस्थान, तेलंगाना, मध्यप्रदेश र छत्तीसगढको यस्तो छ अन्तिम परिणाम

-


     नेपालय न्युज    
     मंसिर १८ गते २०८०


नयाँ दिल्ली । छत्तीसगढ, मध्य प्रदेश, राजस्थान र तेलंगानामा भएको विधानसभा चुनावको मतगणना सकिएको छ । जसमध्ये तीन राज्यमा भाजपा विजयी भएको छ भने एउटा राज्य कांग्रेसको हातमा पुगेको छ ।

छत्तीसगढमा सत्तारुढ दल कांग्रेसलाई पछि पार्दै भाजपाले ५४ सिट जितेको छ । राजस्थानमा पनि भाजपाले कांग्रेसलाई पराजित गरेको छ । जहाँ भाजपाले १ सय १५ सिट र कांग्रेसले ६९ सिट पाएको छ ।

मध्य प्रदेशमा भाजपाले फेरि सरकार कायम राख्न सफल भएको छ । पार्टीले १६३ सिट जित्यो। जबकि कांग्रेसले ६६ सिट जितेको छ ।

तेलंगानामा कांग्रेसले बीआरएसलाई पछि पार्दै ६४ सिट जितेको छ । जहाँ बीआरएसले ३९ सिट, भाजपाले ८ सिट र असदुद्दीन ओवैसीको एआईएमआईएमले ७ सिट प्राप्त गरेको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com