समाचार

अस्ट्रेलियामा बेरोजगारी दर ३.९ प्रतिशत पुग्यो

अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबिएस) ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम तथ्याङ्कमा आधिकारिक बेरोजगारी दर अक्टोबरमा तीन दशमलव आठ प्रतिशतबाट बढेर तीन दशमलव नौ प्रतिशत भएको उल्लेख छ । यो सन् २०२२ अप्रिलपछिको सबैभन्दा उच्च बेरोजगारी दर हो । यद्यपि अक्टोबर र नोभेम्बरबीच रोजगारीमा रहेका अस्ट्रेलियालीहरूको सङ्ख्या ६१ हजारले बढेको एबिसीको आँकडामा उल्लेख छ । उक्त वृद्धिको भर्पाइ सहभागिता दरमा भएको वृद्धिबाट भएको छ र यसले कामकाजी उमेरको जनसङ्ख्याको अनुपातलाई मापन गर्दछ । कार्यरत वा सक्रियरूपमा कामको खोजीमा रहेका मानिसको… पुरा पढौ

खुम्चियो बेलायतको अर्थतन्त्र

लन्डन । अक्टोबरमा बेलायतको अर्थतन्त्र खुम्चिएको छ । सरकारले बुधबार सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । योसँगै अर्थतन्त्र मन्दीमा जाने जोखिम बढेको छ । यसले महँगी विरोधी लडाइमा अडिग रहिरहने केन्द्रीय बैंक ‘बैंक अफ इंगल्यान्ड’ (बीओई)को अडानमा ठूलै झट्का दिने विश्लेषण गर्न थालिएको छ । सेप्टेम्बरको तुलनामा अक्टोबरमा बेलायतको अर्थतन्त्र शून्य दशमलव ३ प्रतिशतले खुम्चिएको त्यहाँको तथ्यांक कार्यालय ओएनएसले बताएको छ । अघिल्लो महिनाको तुलनामा अर्थतन्त्र खुम्चिएको यो जुलाईयता पहिलो पटक भएको ओएनएसले बताएको छ । अर्थतन्त्र खुम्चिएको भएपनि… पुरा पढौ

चितुवाले रित्यायो कालिज फार्म, १३ लाखको क्षति

पोखरा । गोरखाको पालुङटारस्थित एक कालिज फार्ममा आइतबार राति चितुवा पसेर ठूलो नोक्सानी पुर्‍याएको छ । पालुङटार नगरपालिका वडा नं. ९ लामागरास्थित गोरखा अर्गानिक एग्रो फार्ममा आइतबार राति चितुवा पसेर उक्त नोक्सानी पुर्‍याएको हो । चितुवाको आक्रमणबाट सोही फार्ममा काम गर्ने गोरखा सिरानचोक गाउँपालिका वडा नं.१, केराबारीका ४३ वर्षका रवीलाल बस्ताकोटीसमेत घाइते भएका छन् । उनको गोरखा अस्पतालमा प्राथमिक उपचार र चितवनमा थप उपचारपछि अहिले घर फर्किएका छन् । बस्ताकोटीको हात खुट्टामा चोट लागेको छ । सञ्चालक जीवन ढकालका अनुसार… पुरा पढौ

गाउँमा फस्टाउँदै कोदो खेती

गलेश्वर । म्याग्दीको मालिका गाउँपालिका-२ रुमकी तिला बिकले यस वर्ष सात मुरी कोदो घरमा भित्र्याइन् । विगतका वर्षहरुमा खेती गर्ने जाँगर नहुँदा भएको बारी पनि बाँझै छोड्ने गरेकी विकले यस वर्ष भने आफ्ने करिब पाँच रोपनी बारीमा कोदो रोपेकी थिइन् । गत वर्ष तीन मुरी कोदो भित्र्याएकी विक यस वर्ष सात मुरी कोदो घरमा भित्र्याउन पाउँदा दङ्ग भइन् । त्यसैगरी, मालिका गाउँपालिका-१ निस्कोटका मनवीर सुनरले पनि विगतका वर्षमा भन्दा तीन मुरी बढी कोदो घरमा भित्र्याएको बताए । विगतका वर्षहरुमा मुस्किलले… पुरा पढौ

अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने

सिड्नी । अस्ट्रेलिया सरकारले आउँदो दुई वर्षभित्र आफूले स्वीकार गर्ने विदेशी आप्रवासीको सङ्ख्या आधा घटाउने जनाएको छ। देशको बिग्रिएको आप्रवासन प्रणालीलाई लयमा फर्काउने उद्देश्यले त्यसो गर्न लागिएको उसको भनाइ छ। अस्ट्रेलियाले सन् २०२५ को जुन महिनाभित्र देशमा वार्षिक भित्रिने आप्रवासीको सङ्ख्या घटाएर अढाई लाख बनाउने लक्ष्य राखेको छ। त्यो सङ्ख्या कोभिड महामारीअघिको जस्तै छ। नयाँ योजनाअनुसार अन्तर्राष्ट्रिय विद्यार्थी र न्यून सीप भएका कामदारलाई भिसा दिने नियममा पनि त्यति सहज हुने छैन। अस्ट्रेलियामा आप्रवासन अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हुनाले आवास तथा… पुरा पढौ

ढाकाका कपडाले पाएनन् बजार

तेह्रथुम । म्याङलुङ बजार कारागार टोलकी मञ्जु लिम्बू ढाकाको सारी बुनेरै दुई जनाको परिवारको पालनपोषण गरिरहेकी छन् । आठ वर्षअघि श्रीमान्को मृत्युपछि १४ वर्षीय छोरोको पढाइ खर्चसहित घरको खर्च धानिरहेकी उनको समय हरेक दिन बिहान ५ बजेदेखि राति अबेरसम्म ढाकाको सारीको तानमै बित्ने गर्छ । एउटा सारी बुनिसक्न उनलाई सातदेखि १० दिन लाग्छ । बाक्लो बुट्टा भएको सारी बुन्न १० दिन र पातलो बुट्टा भएको सारी बुन्न सात दिन लाग्ने गरेको उनको भनाइ छ । बजारमा एउटा सारीको मूल्य रु… पुरा पढौ

हार्वर्ड युनिभर्सिटीकी अध्यक्षलाई बौद्धिक चोरीको आरोप

हार्वर्ड युनिभर्सिटीकी अध्यक्ष क्लुडिन गेमाथि बौद्धिक चोरीको आरोप लागेको छ। आइतबार साँझ दक्षिणपन्थी खेमाको म्यानहटन इन्स्टिच्युटका क्रिस्टोफर रुफोले सामाजिक सञ्जालमार्फत गेले १९९७ को पीएचडी थेसिसमा चोरी गरेको आरोप लगाएका थिए। त्यसपछि केही सञ्चारमाध्यमले पनि उनले चार वटा पेपरमा बौद्धिक चोरी गरेको उल्लेख गर्दै समाचार छापेका थिए। सो आरोपको गेले खण्डन गरेकी छन्। उनका थेसिस एड्भाइजर ग्यारी किङले पनि सो आरोपलाई हास्यास्पद भनेका छन्। विवादहरुबाट घेरिएकै बेला गेमाथि यस्तो आरोप लागेको हो। उनी गतसाता अमेरिकी युनिभर्सिटीहरुमा यहुदी घृणाका विषयमा संसदीय समितिको… पुरा पढौ

देश बनाउने काम एमाले बाहेकले गर्न सक्दैन : अध्यक्ष ओली

लमजुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई स्थिर बनाउने काम एमाले बाहेकले नसक्ने बताउनुभएको छ । शुक्रबार पार्टीको मध्यपहाडी यात्रा अन्तर्गत लमजुङमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले जति वटा पार्टी मिले पनि देश बनाउने काम एमाले बाहेकका राजनीतिक दलहरुले नसक्ने जिकिर गर्नुभयो । अध्यक्ष ओलीले राजनीतिलाई स्थिर बनाउने, लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने, विकास निर्माणलाई अघि बढाउने, अर्थतन्त्र अघि बढाउने, समाजलाई एकतावद्ध बनाउने, समाजमा आशा, भरोषा, उत्साह र विश्वास जगाउने काम नेकपा एमाले… पुरा पढौ

सन् २०२४ मा राष्ट्रपति पदमा पुनः लड्ने पुटिनको भनाइ

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा पुनः लड्ने शुक्रबार घोषणा गरेका छन् । यसबाट सत्तामा उनको दशकौँ पुरानो पकडलाई सन् २०३० को दशकसम्म बढाउने अनुमति प्राप्त हुनेछ । एकहत्तर वर्षीय पुटिनले यो शताब्दीको सुरुदेखि नै रुसको नेतृत्व गरेका छन् । उनले चारवटा राष्ट्रपतीय निर्वाचन जितेका छन् र करिब प्रतिपक्षी नै अस्तित्वहीन भएको प्रणालीमा केही समयका लागि प्रधानमन्त्रीका रूपमा सेवा गरेका छन् । पुटिनले उक्त घोषणा सैनिकहरूका लागि आयोजित क्रेमलिनको कार्यक्रममा गरेका हुन् । कार्यक्रममा युक्रेनमा… पुरा पढौ

पोर्चुगलका लागि प्रस्तावित राजदूतमा शनिल नेपालको नाम सर्वसम्मत

संघीय संसद् संसदीय सुनुवाई समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत शनिल नेपाललाई सर्वसम्मतिले अनुमोदन गरेको छ। राजदूतका लागि सरकारले प्रस्ताव गरेको नेपालको नाम समितिको आजको बैठकबाट सर्वसम्मतिले अनुमोदन भएको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिए। प्रस्तावित राजदूत नेपालले समितिमा आफ्नो सोच, अनुभव, अवधारणासहितको कार्ययोजना प्रस्तुत गरेका थिए। समिति बैठकमा सदस्यहरुले राखेको जिज्ञासामा उनले आफ्नो ज्ञान, क्षमता र विवेकले भ्याएसम्म कार्यसम्पादन र जिम्मेवारी गौरव गर्न लायक हुनेगरी पूरा गर्ने बताए। पोर्चुगलबाट हरेक वर्ष नेपालमा १० हजारको सङ्ख्यामा पर्यटक भित्र्याउने गरी काम गर्ने… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com